आजका समाचार : रविलाई नख्खु कारागारमा स्थानान्तरण, कांग्रेसलाई महाधिवेशन चाँडै गर्न दबाब र पुटिन–ट्रम्प वार्ता उपलब्धिमूलक | Khabarhub Khabarhub

आजका समाचार : रविलाई नख्खु कारागारमा स्थानान्तरण, कांग्रेसलाई महाधिवेशन चाँडै गर्न दबाब र पुटिन–ट्रम्प वार्ता उपलब्धिमूलक


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

समर्थकलाई छल्दै नख्खु पुर्‍याइयो रविलाई
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं ल्याइपुर्‍याइएको छ ।

रविको स्वागतमा बसेका कार्यकर्ता र समर्थकलाई छल्दै प्रशासनले रविलाई ललितपुरस्थित नख्खु कारागार पुर्‍याएको छ ।

त्रिभुवन विमानस्थलमा रविको स्वागतमा बसेका समर्थकलाई भेट गर्न नदिई आयल निगम हुँदै नख्खु कारागारतर्फ लगिएको हो ।

सभापति लामिछानेको कारागार सरूवाबारे विस्तृत जानकारी दिइएको छैन : मनिष झा

रविको अड्डासार आकाशबाट, ३:१० को फ्लाइटमा ल्याइँदैछ काठमाडौँ

रविको स्वागतका लागि रास्वपा समर्थक त्रिभुवन विमानस्थलमा जम्मा (तस्बिरहरू)

रुपन्देही कारागारबाट निकालियो रविलाई, नख्खु कारागार ल्याइने

भैरहवामा १२६ दिन बसे रवि, मंगलग्रहमा लगे पनि नडराउने अभिव्यक्ति

पार्टी महाधिवेशनका लागि सबैले दबाब दिन आवश्यक : कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनका लागि पार्टी नेता तथा कार्यकर्ताले दबाब दिनुपर्ने अवस्था आएको बताएका छन् ।

उनले महाधिवेशनका लागि दैनिक सामाजिक सञ्जालमार्फत सभापति शेरबहादुर देउवालाई दबाब दिन र आवाज उठाउन आग्रह गरेका हुन् ।

कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले शनिबार आयोजना गरेको नेपाली ‘कांग्रेसभित्र अपरिहार्यता, सहमति, सहकार्य र एकता आजको आवश्यकता’ विषयक अन्तरक्रियामा नेता कोइरालाले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने र त्यसको प्रत्यक्ष असर देशमा पर्ने भएकाले महाधिवेशन ढिलो गर्न नहुने बताए।

उनले भने, ‘हामी अधिवेशनको सङ्घारमा छौँ । छिटोभन्दा छिटो महाधिवेशन नभए कांग्रेस कमजोर हुँदै जान्छ । त्यसैले सबैले हरेक दिन सामाजिक सञ्जालमा समयमै महाधिवेशन हुनुपर्छ भनेर लेख्न थाल्नुस्, दबाब बढाउनुस् ।’

राष्ट्रपति पौडेलद्वारा भगवान् श्रीकृष्णको पूजाआराधना

निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्छ : मन्त्री पाण्डे

भूमि सम्बन्धी ऐन संशोधन विधेयक अध्ययन गर्न थप समय माग

भारतीय विदेश सचिव मिस्री भोलि नेपाल आउँदै

जनताको जीवनस्तर उठाउने कुरा प्रमुख विषय हो : शंकर पोखरेल

एमाले केन्द्रीय परिषद् सदस्य कुँवर माओवादी केन्द्रमा प्रवेश
सत्तारूढ नेकपा (एमाले)को केन्द्रीय परिषद् सदस्य दिपेन्द्र कुँवर ‘यथार्थ’ नेकपा (माओवादी केन्द्र)मा प्रवेश भएका छन् । बैतडीको कुवाकोटका कुँवर शनिबार माओवादी केन्द्रमा प्रवेश भएका हुन् ।

सशस्त्र द्वन्द्वकालीन अवस्थादेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुँवर नेकपा विभाजनपछि एमालेमा लागेका थिए । कुँवरलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित निवासमा स्वागत गरेका थिए ।

कुँवरलाई माओवादी केन्द्रका बैतडी इञ्चार्ज नरेन्द्र कुँवरले पुनर्मिलनका निम्ति सहजीकरण गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण : सभामुख घिमिरे

प्रसूतिगृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर : मन्त्री पौडेल

कांग्रेसको राष्ट्रिय मगर संघको अध्यक्षमा इच्छुराम चयन

नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित

कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : ऊर्जामन्त्री खड्का

कृष्ण जन्माष्टमी स् इस्कोन मन्दिर भक्तजनहरूको भीड
कृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि काठमाडौंको बुढानीलकण्ठस्थित इस्कोन मन्दिर भक्तजनले भरिएको छ। मन्दिरभित्र अभिषेक, अर्पण र हरिनाम भजन भइरहेको छ ।

भने बाहिर दर्शन गर्न आएका मानिसहरू लाममा उभिएका र साथी–परिवारसँग उत्सव मनाइरहेका देखिन्छन्। कसैले हातमा प्रसाद बोकेका छन्, कसैले गीत र भजन गाउँदै बसेको देखिन्छ ।

कतिपय भक्तजन मुस्कुराउँदै फोटो खिचिरहेका छन् भने कतिपय शान्त मुद्रामा भगवानको दर्शनको प्रतीक्षा गर्दैछन्। मन्दिरभित्रको गतिविधि र बाहिरको उत्साह मिसिएर बुढानीलकण्ठ आज पूर्ण रूपमा जन्माष्टमीमय बनेको छ।

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, चार घाइते

सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अवरुद्ध

चालु आवको पहिलो महिना : सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध

भक्तपुरमा मनाइयो नारायण दीप यात्रा (तस्बिरहरू)

चितवनमा चीन–नेपाल कृषि तालिम : हाइब्रिड धानबाट उत्पादन बढाउने आशा

पुटिनसँगको वार्तापछि ट्रम्प भन्छन् – छलफल उपलब्धिमूलक भए पनि कुनै सम्झौता भइसकेको छैन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको विषयमा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँगको वार्ता उपलब्धिमूलक भएको बताएका छन् । वार्ता उपलब्धिमूलक भएको बताए पनि वार्तामा कुनै सम्झौता नभएको उनको भनाइ छ ।

तीन घण्टा लामो वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै रुसी राष्ट्रपति पुटिनले आफू युद्ध अन्त्यका लागि सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। उनले अन्य थप केही कुरा बताएनन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ता भइरहेको समयमा पनि रुसी सेनाले युक्रेनमा मान्छे मारी रहेको बताए।

पुटिनले यो युद्धको मूल कारणको पहिचान हुनु आवश्यक रहेको बताएका छन् । उनले आफू युद्ध अन्त्यका लागि सचेत रहे पनि युक्रेन र युरोपेली देशदेशलाई यो प्रक्रिया नबिथोल्न चेतावनी दिएका छन् ।

उनले शान्ति स्थापनाका लागि सुरुवाती बिन्दुको रूपमा यो बैठक रहने बताए । ट्रम्पले धेरै कुरामा एक आपसमा सहमति भए पनि केही कुरा मिल्न बाँकी रहेको बताए । तर, उनले यसलाई बुँदागत रूपमा भन्न चाहेनन् । ट्रम्पले यस विषयमा जेलेन्स्की र युरोपेली नेतालाई जानकारी गराउने बताए । उनले रुसी समकक्षीलाई फेरि भेट्ने आशा गरेका छन् । त्यो भेट मस्कोमा हुनसक्ने छ ।

पुटिनलाई स्वागत : अलास्कामा बी- २ बमवर्षक उडाएर ट्रम्पले दिन खोजेको सन्देश

पुटिनले भने- अर्को पटक मस्कोमा, ट्रम्पको जवाफ- त्यो सम्भव छ

गुडिरहेको बस पुलबाट खस्दा अल्जेरियामा १८ जनाको मृत्यु

रुसद्वारा युक्रेनमाथि ८५ ड्रोन र मिसाइल आक्रमण

सीमा मुद्दामा वार्ताका लागि चिनियाँ विदेशमन्त्री भारत आउँदै

एयर क्यानडाका उडान सहायकहरूको हडतालले सेवा ठप्प, यात्रुहरू प्रभावित

रसियाको कारखानामा भीषण आगलागी, मृतक सङ्ख्या ११ पुगेको पुष्टि

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प



























प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ७ : ४८ बजे

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना

नेपाललाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन

मकवानपुर – मकवानपुरको काठमाडौं–हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका–९ लामिडाँडामा