आजका समाचार : सुमनालाई बोल्न दिइएन संसद्‍मा, भारतमा नेपाली विद्यार्थीमाथि ज्यादती र युक्रेनमा सेना पठाउन बेलायत तयार | Khabarhub Khabarhub

आजका समाचार : सुमनालाई बोल्न दिइएन संसद्‍मा, भारतमा नेपाली विद्यार्थीमाथि ज्यादती र युक्रेनमा सेना पठाउन बेलायत तयार


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

हाम्रो देश हामीले नै बनाउने हो
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफै बनाउनुपर्नेमा जोड दिएका छन् ।

लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले हामीले बनाउनुपर्ने बताएका हुन् ।

‘चालीस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मेहनातले सम्पन्न भइसकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैंले देशको विकास गर्नुपर्छ’, उनले भने ।

‘कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठुलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नु पर्छ । उद्योग स्थापना र विस्तार गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि सरकारको तर्फबाट सहजीकरण गर्नुपर्छ । तीनवटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ ।’

सत्र हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारतसँग सहमति

ट्रम्पविरुद्ध गोविन्द केसीले अमेरिकी दूतावास घेर्ने

पूर्वराष्ट्रपति भण्डारी बैंककतिर, एक सातामा फर्किने

परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री र इरानका विदेशमन्त्रीबीच भेट, विपिन रिहाइका लागि सहयोग माग

गभर्नर अधिकारीसँग सम्बन्धित मुद्दामा १७ वटा तारेख, आज पनि भएन सुनुवाइ

मेहनत र परिश्रम गरे देशमै भविष्य छ : उपप्रधानमन्त्री सिंह

लेखा समितिको निर्देशनविरुद्ध कांग्रेस सचेतकलाई गुहार्‍यो इप्पानले

सौर्यजहाज दुर्घटना सम्बन्धमा संसद्को चासो, छानबिन समिति गठन

सांसद शाहीको भनाइबारे रघु पन्त-राष्ट्रिय सभाले खेद प्रस्ताव पास गर्नु राम्रो होइन
सत्तारढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रतिनिधि सभाका सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित गरिनु दुःखद् भएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यसरी दुई सदनबीच द्वन्द्वको वातावरण बनाउन नहुने बताएका छन् ।

प्रतिनिधि सभाका सदस्य ज्ञानबहादुर शाहीको अभिव्यक्तिलाई लिएर आइतबार राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको थियो ।

सांसद शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रामको संज्ञा दिएपछि विरोध भएको थियो ।

‘प्रतिनिधि सभाका एकजना माननीय सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ । त्यो आफैँमा दुःखद् हो’, उनले भने, ‘हामी यसबाट पाठ सिकौँ, कसै व्यक्तिलाई दोष नदिऊँ । दुवै सदनको काममा द्वन्द्व उत्पन्न हुने गतिविधि नगरौं ।’

सभामुखले बोल्न नदिएपछि जब सुमना रिसाएर संसद्‍बाट हिँडिन्

नेपाल नागरिकता विधेयकमाथि छलफलको प्रस्ताव स्वीकृत

जब संसद्‍ परिसरमै पत्रकारले प्रधानमन्त्रीलाई ‘हिटलर’ र सांसद थापालाई ‘हनुमान’ भने

अध्यादेश संसदबाट पारित हुन्छ : प्रधानमन्त्री ओली

हात र घाँटीमा ब्यान्डेजसहित डिस्चार्ज भए अर्थमन्त्री (तस्बिरहरू)

ज्यादतीपूर्वक निकालिएका ७ सय नेपाली विद्यार्थीले भारतीय कलेजमै फर्किन पाउने
भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले ज्यादतीपूर्ण व्यवहारसहित धरपकड गरेर सोमबार निकालिएका नेपाली विद्यार्थीलाई छात्रावासमा फर्काउने भएको छ ।

आइतबार नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणमा आन्दोलित ७ सयभन्दा बढी नेपाली विद्यार्थीलाई कलेजले प्रहरीसमेत लगाएर धरपकड र लाठीचार्ज गर्दै निकालेको थियो।

तर अब उनीहरूलाई छात्राबासमा राखेर पढाउन उक्त कलेज तयार भएको हो । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले सोमबार एक वक्तव्य निकाल्दै अनुरोध भएबमोजिम उक्त विश्वविद्यालयले नेपाली विद्यार्थीलाई छात्रावासमा बस्न दिएर कक्षा सञ्चालन गर्ने जानकारी दिएको जनाएको छ ।

लैनचौरस्थित भारतीय दूतावास घेरेर विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

साथीको शंकास्पद मृत्युबारे बोल्दा ७ सयभन्दा बढीलाई कुटपिट गर्दै कलेजबाट निकालियो

ओडिसामा नेपाली विद्यार्थीमाथि ज्यादतीबारे परराष्ट्रमन्त्री भन्छिन्-तदारुकताका साथ कूटनीतिक पहल भइरहेको छ

ग्यास सिलिन्डर लिक हुँदा आगलागी, सात करोड बढीको क्षति
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा सात करोड ३० लाख बढीको क्षति भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट गयराति सुरु भएको आगोले चार वटा घर, तीन वटा होटेल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालयलगायत जलेर नष्ट भएको हो ।

आगलागीमा पदमशेरको काठ र जस्तापाताले बनेका तीनतले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा सञ्चालित निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालयलगायत सामग्री जलेर नष्ट हुँदा करिब चार करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हीराधन राईले जानकारी दिएका छन्।

काठमाडौं महानगरका २ हजार ४० मार्ग र गल्लीको डिजिटल नक्सांकन

कोशीमा अव्यवस्थित बसोबासलाई व्यवस्थित गरिने

एकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा

बन्दीपुर-६ का वडाध्यक्षको कुटपिटबाट वडासचिव गम्भीर घाइते

‘चुरे दोहनका कारण मधेशमा विकराल समस्या आउन सक्छ’

कामपाले छात्रावासहरूको अनुगमन गर्ने

पेट्रोलियम पाइपलाइनबाट आयात सुरु

चिनियाँ राष्ट्रपति सी र ज्याक मालगायतका उद्यमीबीच भेटवार्ता
चीनका राष्ट्रपति सी चिनफिङले सोमबार अलिबाबाका सह संस्थापक ज्याक मालगायत निजी क्षेत्रका शीर्ष व्यापारिक नेतृत्वसँग भेटवार्ता गरेको चिनिया सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

एक दशकभन्दा बढी समयअघि सत्तामा आएदेखि नै सीले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा राज्यका उद्यमहरूको भूमिकालाई निरन्तर बढावा दिन खोजेका छन् र निजी क्षेत्रको ‘अव्यवस्थित’ विस्तार बिस्तार हुन नदिन चाहन्छन्।

उनले प्रमुख व्यापारिक दिग्गजहरूलाई भेट्ने तयारी गरिरहेको समाचार गत हप्ता सार्वजनिक भएको थियो ।

देशले रियल स्टेट संकट, निरन्तरको कम खपत र उच्च युवा बेरोजगारीले घेरिएको सुस्त अर्थव्यवस्थासँग जुधिरहेका अवस्थामा राजनीतिक नेतृत्व र उद्यमीबीच भएको भेटवार्तालाई उच्च महत्वका साथ हेरिएको छ ।

२०२४ मा पाकिस्तानमा ६ पत्रकारको हत्या

संसद्मा झुट बोलेको अभियोगमा सिङ्गापुरका विपक्षी नेतालाई जरिवाना

जापानको आर्थिक वृद्धिदर सुस्त

श्रीलंकाका बजेट : डिजिटल अर्थतन्त्रको विकासमा जोड

युक्रेनको रक्षाका लागि सेना पठाउन बेलायत तयार

अमेरिकामा रहेका अवैध भारतीय आप्रवासीहरूको तेस्रो समूह उत्तरी भारतमा अवतरण

बंगलादेशको अन्तरिम सरकारलाई ह्युमन राइट्स वाचले भन्यो-निष्पक्ष भएर कानुन कार्यान्वयन गर्नू

चिनियाँ हतियार निर्माता कम्पनीका उपमहानिर्देशकमाथि भ्रष्टाचारको आरोप

गाजाबाट प्यालेस्टाइनी हटाउने ट्रम्पको योजनामा नेतान्याहुको समर्थन

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ८ : १२ बजे

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौं– सरकारले मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक

बङ्गलादेश र पाकिस्तानबीच सिधा व्यापार सुरु

ढाका– बङ्गलादेश र पाकिस्तानले दशकौँदेखिको तनावपूर्ण सम्बन्धपछि सरकार–सरकारबीच प्रत्यक्ष व्यापार

राजनीतिको केन्द्र जनता हुनुपर्छ : राष्ट्रपति 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको आकांक्षा अनुसारको सुशासन, विकास र

ज्ञानेन्द्र शाहीले संसदमा बोल्दा एमाले माओवादीको प्रतिवाद

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र बहादुर शाहीले

उपचारमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी