प्रधानमन्त्रीले भने- बहुविवाहलाई मान्यता दिन लागियो भनेर हल्लाको पछि कुद्नेहरू पनि छन्, यस्तो कुरा सोच्न पनि सकिँदैन
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने स्पष्ट गरेका छन् ।
मुलुकी संहिता दिवस, २०८२ का अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान र कानुन कार्यान्वयनका लागि सबै निकायको सन्तुलित र शक्ति पृथकीकरणको सिद्धान्तबमोजिमको भूमिका हुनुपर्नेमा जोड दिए ।

‘हामीले कार्यान्वयन र अनुभवका आधारमा विभिन्न कानुन संशोधन र नयाँ कानुन ल्याउने काम गरिरहेको छौँ । धेरै विधेयकहरू संसद्को यसै अधिवेशनमा ल्याएका छौँ । यो सिलसिला अगाडि बढिरहन्छ’, उनले भने, ‘हामी केवल राजनीतिक लोकतन्त्रमा मात्रै सीमित नभई परिपूर्ण लोकतन्त्रका पक्षमा छौँ । यसमा कहीँ पनि असमानता, भेदभाव र थिचोमिचोका कुराहरूलाई मानिँदैन ।’
‘मुलुकी संहितामा देखिएका कमीकमजोरीहरूलाई संशोधन गर्नुपर्छ तर यहाँ बहुविवाहलाई मान्यता दिन कानुन आउन लाग्यो भनेर हल्लाको पछि कुद्नेहरू पनि छन् । यस्तो मान्यता आजको समाजले दिन्छ भनेर सोच्न पनि सकिन्न ।
ओलीलाई १४ महिनापछि मोदीको ‘हरियो झण्डा’
प्रधानमन्त्री भेट्दा मिस्रीको बसाइको आसन भाइरल, अरूसँग कसरी भेटे ? (तस्बिरहरू)
विष्णु पौडेलको नजरमा अस्थिरता ल्याउने तीन शक्ति : राजावादी, रास्वपा र माओवादी
केपी ओलीको नेतृत्वमा एमाले एकजुट छ, कुनै गुट छैन : योगेश भट्टराई
अर्थमन्त्रीको दाबी- रास्वपा बर्खाको खहरे जस्तै हो, चाँडै सुकेर जान्छ
एमालेको विधान महाधिवेशनमा दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
भारतीय विदेश सचिवसँग मन्त्री राणाले उठाइन् नयाँ हवाई रुटदेखि नेपाली सामान निकासीमा अवरोधसम्मका कुरा
परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेशसचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता गरेका छन् ।
त्यस भेटवार्ताका क्रममा नेपाल-भारत सम्बन्धका विविध आयामहरूको चर्चा गर्दै आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयहरूमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटका क्रममा मन्त्री डा राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैँ उच्च महत्त्व दिँदै आएको बताइन् । उनले नेपालको एक महत्त्वपूर्ण विकास साझेदारका रूपमा आर्थिक, प्राविधिकसहित विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिइन् ।
त्यस अवसरमा मन्त्री डा. राणाले दुई देशका बीचमा पछिल्ला समयमा कनेक्टिभिटी बढाउने कामका साथै विभिन्न क्षेत्र र तहमा द्विपक्षीय भेटवार्ता, उच्चस्तरीय भ्रमण तथा कूटनीतिक ’इङ्गेजमेन्ट’ बढेकामा खुसी व्यक्त गरिन् ।
भारतीय विदेश सचिव मिस्री काठमाडौंमा
माधव र झलनाथपछि एकीकृत समाजवादीको युवासंघमा भाँडभैलो, बन्यो समानान्तर कमिटी
‘मैले एक पैसो घुस लिएको छैन, पैसा कमाउन राजनीति गर्ने होइन’
शंकर पोखरेलको जिकिर : पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा ल्याएर माओवादीले गम्भीर भूल गर्यो
मनोहराको सुकुम्बासी बस्तीमा महानगरको डोजरबारे माओवादीनिकट चार जनसंगठनले भने, ‘अमानवीय र जनविरोधी’
ज्ञानेन्द्र शाहीले मागे परराष्ट्र मन्त्री डा. देउवाको राजीनामा
एमाले विधान महाधिवेशनको तयारी तीव्र, १९ दिन बाँकी, २३ सय ९२ जना सहभागी हुने
सामान्य प्रशासनमन्त्री न्यौपानेको एक महिना : कर्मचारी सरुवासम्बन्धी मापदण्डको अन्तिम मस्यौदा तयार
माओवादी अध्यक्ष प्रचण्डसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता
विदेश सचिव मिस्रीसँग राष्ट्रपतिले भने- भारतबाट नेपालले अझै बढी लाभ लिन चाहन्छ
औचित्य नदेखिएका सरकारी संस्था खारेजी, समायोजन र हस्तान्तरणका विषयमा छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकले औचित्य नदेखिएका सरकारी संस्था खारेजी, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले यसअघिका विभिन्न आयोग–कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेजी, गाभ्ने र हस्तान्तरण हुन सिफारिस भएका सरकारी निकायबारे विस्तृत अध्ययन गरी ठोस प्रस्ताव ल्याउन आयोगको कार्यान्वयन समितिलाई जिम्मेवारी दिएको छ ।
आयोगमा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा कार्यान्वयन समिति रहेको छ । आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले उद्देश्य अनुकूलको सकारात्मक परिणाम ल्याउने विकल्पसहित १५ दिनभित्र प्रतिवेदनसहितको प्रस्ताव ल्याउन कार्यान्वयन समितिलाई निर्देशन दिए ।
भाषागत समावेशिताले सङ्घीयताको मर्मलाई सम्बोधन गरेको छ : सञ्चारमन्त्री
गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रको ‘हब’ बनाउन लक्ष्य
माघ महिनाभित्र काठमाडौं र पोखराबाट फाइव जी सेवा शुभारम्भ गर्छौँ : सञ्चारमन्त्री
२४ घण्टा सुरक्षित र भरपर्दो विद्युत् आपूर्ति गर्न प्राधिकरण सक्षम हुनुपर्छ : मन्त्री खड्का
चाडपर्वको पूर्व सन्ध्यामा सडक यातायात र पूर्वाधारमा सुधार गर्न सरकारलाई निर्देशन
डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले युवा परिचालन गर्ने
विदेश यात्रामा हुने विकृति रोक्ने अध्यागमनको प्रयास, ट्राभल एजेन्सीदेखि विमान कम्पनीसम्मलाई ७ बुँदे निर्देशन
अध्यागमन विभागले विशेष विदेश यात्रामा हुने अनियमितता, टिकट ओभरबुकिङ, दलाली र ठगीजस्ता गतिविधि रोक्न कडा निर्देशन जारी गरेको छ।

विभागले आइतबार पत्रकार सम्मेलन गरेर विमान सेवाप्रदायक कम्पनी, स्थानीय प्रशासन, सञ्चारमाध्यम, कूटनैतिक नियोग, ट्राभल एण्ड टुर कम्पनी तथा इञ्जिनप्रास संस्थासहितलाई सातवटा बुँदामा विशेष ध्यान दिन भनेको छ ।
१. विमान कम्पनीलाई
यात्रु सुरक्षा, राहदानी, भिसा र टिकटको अवस्थासम्बन्धी अध्यागमन र सुरक्षासम्बन्धी प्रक्रियामा अनावश्यक दबाब नदिनू ।
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मिलन चक्रे छुटेलगत्तै राजु गोर्खाली समातिए
हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी पूरा, उद्घाटन सोमबार
सहिदको बलिदान अमूल्य सम्पत्ति : मुख्यमन्त्री सिंह
हराएका ४१ वटा दुईपाङग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण
पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारणलाइनको विद्युत् विस्तार
बुद्धले ज्ञान लिएको बोधगयामा ओलीलाई मोदीले स्वागत गर्ने, द्विपक्षीय वार्ता पनि त्यहीँ हुने
प्रधानमन्त्रीले भने- नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा छ
पाकिस्तानमा बाढी : ३४४ जनाको मृत्यु, १५० भन्दा बढी बेपत्ता
उत्तरपश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा तीन सय ४४ जनाको ज्यान गएको छ भने एक सय ५० जनाभन्दा बढी बेपत्ता भएको प्रान्तीय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख असफान्डियार खट्टकले आइतबार बताएका छन् ।

हजारौँ उद्धारकर्मी वर्षा र माटोको भारी चपेटाबीच बाँचेका मानिसहरूलाई खोज्दै भग्नावशेषमुनि दबिएका घरहरू उत्खनन गरिरहेका छन् ।
“बुनेर जिल्लामा मात्रै करिब १५० जना अझै बेपत्ता छन् । उनीहरू भग्नावशेषमुनि फसेका वा बाढीले बगाएको हुन सक्छ”, खट्टकले भने । उनका अनुसार साङ्ला जिल्लामा पनि दर्जनौँ मानिस बेपत्ता छन् ।
सबैभन्दा बढी क्षति बुनेरमै भएको छ । त्यहाँ कम्तीमा दुई सय आठ जनाको मृत्यु भएको र करिब १०–१२ गाउँ आंशिक रूपमा पुरिएको प्रान्तीय उद्धार प्रवक्ताले बताए ।
ट्रम्पद्वारा पुटिनलाई मेलानियाको ‘शान्ति पत्र’ हस्तान्तरण
सन् २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने रुसको योजना
चीनमा आएको आकस्मिक बाढीका कारण ८ जनाको मृत्यु, ४ जना बेपत्ता
प्रतिक्रिया