आजका समाचार : एमाले महाधिवेशनमा सुस्त गतिमा मतदान, केही प्रतिनिधि बेहोस्, भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थप्न सरकारलाई आग्रह र थाइल्याण्ड-कम्बोडिया झडपमा १७ जनाको मृत्यु « Khabarhub

आजका समाचार : एमाले महाधिवेशनमा सुस्त गतिमा मतदान, केही प्रतिनिधि बेहोस्, भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थप्न सरकारलाई आग्रह र थाइल्याण्ड-कम्बोडिया झडपमा १७ जनाको मृत्यु


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

विद्युतीय मेसिनमा मत खसाल्दा पनि तनाव : एमालेका प्रतिनिधि असिनपसिन, केही भए बेहोस्

नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहँदा मतदातालाई समस्या भएको छ। कूल ८० वटा विद्युतीय भोटिङ प्रयोग हुँदा पनि अति नै सुस्त गतिमा मतदान जारी छ। कागजमाभन्दा छिटो मतदान हुने भनिए पनि उम्मेदवार धेरै हुँदा मतदातालाई आपत् आइलागेको छ।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले बुधबार साँझ मिडिया सेन्टरमा बोल्दै आफ्नो प्यानलका उम्मेदवार चिन्नै महाधिवेशन प्रतिनिधिलाई मुस्किल परेको बताए ।

बिहान ९ बजेर १२ मिनेटमा मतदान सुरू भएयता साँझ ५ बजेर २ मिनेटसम्म ८०२ मत खसेको छ । ‘मतदान गर्न नसकेर मतदाता असिनपसिन हुनु भएको छ। केही त बेहोस पनि हुनु भयो’, उनले भने, ‘को र कति संख्यामा बेहोस हुनु भयो भन्न मिलेन। तर उहाँहरूलाई मेडिकल टीमले तत्कालै प्राथमिक उपचार गरेको छ।

पोखरेलका अनुसार उम्मेदवारको सूची धेरै लामो हुँदा मतदातालाई आफ्नो र अर्को प्यानलका पहिचान गर्न पनि कठिन भएको छ।

मतदान सुस्त भएपछि लाइनमा जानुअघि एमालेका प्रतिनिधिलाई दिन थालियो मतदाता शिक्षा

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

एमाले महाधिवेशन : यस्तो छ ईश्वर प्यानलको फाइनल सूची

दुई घण्टामा २०० जनाले मत हाले

‘मतदान सम्पन्न भएको दुई घण्टामा नतिजा आउँछ’

प्रतिस्पर्धा हुनु लोकतान्त्रिक अभ्यास, महाधिवेशनपछि पार्टी एकढिक्का भएर अघि बढ्छ : शंकर पोखरेल 

राजसंस्था र हिन्दु राष्ट्र फर्किने सम्भावना बलियो बनेर गएको छ : कमल थापा

अहिलेकै गतिमा चलिरहे बिहीबार दिउँसो मात्रै सकिने छ एमालेमा मतदान

इलेक्ट्रोनिक सिस्टमले प्रतिनिधिलाई मतदान गर्न समस्या : ओलीलाई ५५ मिनेट लाग्यो

एमालेको ११ औँ महाधिवेशनमा पाका नेतालाई मतदानमा समस्या देखिएको छ। मतदान प्रक्रियामा मतबदर हुने अवस्था नरहे पनि पाका नेतालाई इलेक्ट्रोनिक भोटिङ सिस्टमले समस्या ल्याएको हो।

एकजना व्यक्तिलाई मतदान गर्न करिब ३० देखि ३५ मिनेट लाग्ने बताइए पनि करिब एक घण्टा लागेको छ । नयाँ प्रविधिमा अपडेट नभएका प्रतिनिधिलाई मतदानमा समस्या भएको निर्वाचन आयोगका एक सदस्यले खबरहबलाई जानकारी दिए।

‘लेख पढ नभएका र पाका नेताहरूलाई समस्या भएको देखिन्छ। कसैले त एक घण्टामा पनि मतदान गरि सक्नुहुन्न। त्यस्तालाई सहजीकरण गर्ने व्यवस्था पर्याप्त छैन’, निर्वाचन आयोगका एक सदस्यले खबरहबलाई भने, ‘मतपत्र बदर हुने सम्भावना छैन तर मतपत्रमा छाप लगाउने बानी परेकाहरूलाई भने समस्या देखिन्छ।’

एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल बीच प्रतिस्पर्धा भइरहेको छ।

एमाले महाधिवेशन : सुरु भयो मतदान

एमालेमा नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान, ८० वटा भोटिङ मेसिन तयार

अहिलेकै गतिमा चलिरहे बिहीबार दिउँसो मात्रै सकिने छ एमालेमा मतदान

एमाले महाधिवेशन : ४ बजेसम्ममा ७२१ मत खस्यो

यस्तो छ एमाले महाधिवेशनस्थल बाहिरको अवस्था (तस्बिरहरू)

रौनित साह एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएकी छन् ।

आज ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेन-जी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको अवस्थामा आगामी फागुन २१ गते निर्धारित समयभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ अहोरात्र खटेर तयारीका काम अगाडि बढिरहेका बताइन्।

‘निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ । त्यसैले उक्त निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्दछु । मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रासामु रहेको एकमात्र विकल्प भनेको निर्वाचन हो’, उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनुहुँदैन भन्दै शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको बताइन् ।

तस्बिरमा हेर्नुहोस्, ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

एडीबीले नेपाललाई वित्तीय सङ्घीयता सुदृढीकरणका लागि सहयोग गर्ने

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थप्न  सरकारलाई आग्रह

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको भेट

आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुनेमा ढुक्क छु : शेखर कोइराला

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको हो ।

फाइल फाेटाे

रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ।

कांग्रेसको रिटमा संविधानले प्रतिबन्धित गरेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरी असंवैधानिक व्यक्तिको सिफारिसमा संविधानविपरीत प्रतिनिधिसभा विघटन गरिएको दाबी गरिएको छ। त्यसैले प्रतिनिधिसभाको तत्काल पुनर्स्थापनाको माग रिटमा गरिएको छ।

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

जेन-जी आन्दोलनमा भएको क्षतिको ५ अर्ब बढीको दाबी भुक्तानी

श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ निलम्बित

एडीबीले नेपाललाई वित्तीय सङ्घीयता सुदृढीकरणका लागि सहयोग गर्ने

सरकारलाई दबाब दिन भन्दै धर्ना (तस्बिरहरू)

निर्वाचन सफल गराउन सबैले सहयोग गर्नुपर्छ : चिरीबाबु महर्जन

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहाको परिसरभित्र नवनिर्मित दुई तले ब्यारेक भवनको उद्घाटन गरिएको छ ।

सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले आज एक समारोहबीच उक्त भवनको उद्घाटन गरेका हुन् । सो अवसरमा सशस्त्र प्रहरी ढकालले शान्ति र सुरक्षाप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै राज्यको निर्देशन अक्षरशः पालन गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए ।

सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि कडाइका साथ निगरानी बढाउन तथा नागरिकको जिउधनको रक्षा गर्न दिनरात क्रियाशील रहनुपर्ने उनको भनाइ थियो ।

पर्यटकीयस्थल ‘तावा भञ्ज्याङ’लाई प्रवर्द्धनको खाँचो

जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

दिउँसैसम्म हुस्सु-कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो

सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ । यसका साथै पश्चिमी देशहरूबाट हुने नियमित यात्रामा समेत नियमहरू थप कडा पारिएका छन् ।

आप्रवासनप्रति कठोर दृष्टिकोणलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउँदै आएका राष्ट्रपति ट्रम्पले सामूहिक निर्वासनको आदेश जारी गरिसकेका छन् भने गैर–श्वेत आप्रवासीहरूविरुद्धको कडा अभिव्यक्ति पनि तीव्र बन्दै गएको छ ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा ‘अमेरिकीहरूलाई धम्की दिन सक्ने’ विदेशी नागरिकहरूलाई रोक्न प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ । साथै, अमेरिकाको संस्कृति, सरकार, संस्था तथा संस्थापक सिद्धान्तहरूलाई कमजोर पार्न खोज्ने व्यक्तिहरूलाई देशभित्र प्रवेश नदिन चाहिएको भनिएको छ ।

म्यान्मा : चुनाव ‘अवरोध’ आरोपमा सयौँमाथि मुद्दा चलाउने तयारी

भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता





































प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ७ : ५२ बजे

विद्युतीय शवदाह मेसिन खरिद प्रकरणः कागजात झिकाउन र प्राविधिक जाँच गराउन आदेश

काठमाडौं – विशेष अदालतले पशुपति क्षेत्र विकास कोषमार्फत गरिएको विद्युतीय

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई