आजका समाचार : बालेनविरुद्ध फेरी खनिए ओली, नेपाली महिला टोली विश्वकप छनोटमा र रुस-युक्रेन युद्धविराम हुन सक्ने | Khabarhub Khabarhub

आजका समाचार : बालेनविरुद्ध फेरी खनिए ओली, नेपाली महिला टोली विश्वकप छनोटमा र रुस-युक्रेन युद्धविराम हुन सक्ने


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

सिंहदरबारमा बालेनको खोजी, प्रधानमन्त्रीले भने- आउँदैनन् भने अर्को पटकदेखि नाम काट्नू

आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउन आयोजित बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नआएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको बैठकमा मूल समारोह समिति गठनका क्रममा सम्बोधन गर्दै पटक पटक बोलाउँदा पनि नआउनेको नाम अब राखिरहनु जरूरी नभएको पनि ओलीले बताए ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र साहले संघीय सरकारका औ‍पचारिक बैठक र छलफलमा सहभागिता जनाउने गरेका छैनन् ।

बेपत्ता आयोगले तीन वर्षमा पायो पदाधिकारी

प्रधानन्यायाधीशले गराए दुई आयोगका अध्यक्षलाई शपथ

कोशीका चार सांसद सवार गाडीलाई डीएसपीले हाँकेको कारले ठक्कर दियो

प्रधानमन्त्रीले भने- ८४ को निर्वाचनमा एमालेको एकल बहुमत आउँछ

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउन असम्भव नरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधरणतया कुनै एक दलको बहुमत आउन गाह्रो भए पनि एमालेको एकल बहुमत आउन असम्भव नरहेको बताएका हुन् ।

संविधानमा समानुपातिकको व्यवस्था गरिसकेकाले अहिलेलाई यही प्रणालीभित्रबाट एमालेलाई एकल बहुमतको पार्टीका रूपमा विकसित गर्ने गरी तयारी गर्नुपर्ने उनले बताए ।

युरोपियन युनियनका राजदूतहरूबाट प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट

नार्क सुधार गर्न प्राडा पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन 

‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

शिक्षा उपसमितिको प्रतिवेदनप्रति शिक्षक महासङ्घको आपत्ति

शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि हतारमा टीकाटिप्पणी गर्नु अनुचित : शिक्षामन्त्री

राधिका शाक्य भन्छिन्- सामान्य नागरिक नै ठिक छु, राजनीति गर्ने रहर छैन

प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले पदमा रहँदा दुरुपयोग गरी कुनै पनि आफन्तलाई अवसर दिएको प्रमाण भए सार्वजनिक गर्न चुनौती दिएकी छन् ।

उनले त्यस्तो गरेको भए प्रमाण ल्याएर आफूहरूलाई गलत सावित गरिदिन भनेकी हुन्। प्रेस चौतारी नेपालले उनीद्वारा लिखित दोस्रो पुस्तक ‘करुणा’बारे सम्पादकहरूसँग आयोजना गरेको सम्वादमा शाक्यले यस्तो आग्रह गरिन् ।

सम्पादकहरूसँगको संवादमा करुणाकी लेखिका शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली राज्यको विभिन्न पदमा हुँदा कोही नातागोता, आफन्तलाई पदको दुरुपयोग गरी भर्ना नगरिएको र अनुचित सुविधा नदिइएको बताइन् ।

कर्णाली प्रदेश सभा बैठकमा प्रतिपक्ष अनुपस्थित भएपछि १८ गतेसम्मका स्थगित 

प्रचण्ड भन्छन्- मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ

नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह

सरकारलाई कांग्रेसकै सांसदले सोधे- ट्रकमा भेटिएको २५ करोडका मालिक को हुन् ?

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले गत चैत ५ गते काठमाडौंको टोखाबाट बरामद २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको मालिकबारे प्रश्न उठाएका छन् ।

उक्त परिणमाको अवैध मुद्राको मालिकलाई सरकारले पत्ता लगाउन नचाहेको भन्दै उनले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आपत्ति जनाएका छन् ।

राज्य व्यस्था समितिका सभापति समेत रहेका खतिवडाले यस्ता मुद्दामा ट्रक चालक र कामदारलाई मात्रै समातेर मालिकलाई जोगाउन नहुनेमा पनि जोड दिएका छन् ।

‘केही महिनाअघि सरकारले काठमाडौंको टोखाबाट २५ करोड बराबरको अवैध रकम समात्यो । एउटा ड्राइभर र व्यापारी पनि पक्रियो, थुन्यो’, उनले भने, ‘तर त्यसलाई मूल संरक्षण कसले गरेको छ ? खास धनी अहिलेसम्म पत्ता लाग्न सकेको छैन । सधैँ ड्राइभर र लोडरलाई थुन्ने, धनी पत्ता नलगाउने । त्यसको कनेक्सन कहाँ–कहाँ छ ? को–को त्यसमा संलग्न छन्, सरकारले सदनलाई जानकारी देओस् ।’

भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने उपसमिति विवादमा, योगेश र अमरेश नबस्ने, मनिष पनि असन्तुष्ट

प्रतिनिधिसभा बैठक : तिलगाउँका बासिन्दाको उद्धार गर्न माग

सरकारले केही काम गर्न सकेन भनेर निराशा बाँड्ने काम भयो : महेश बर्तौला

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

संसदमा गृहमन्त्रीको प्रष्टोक्ति- तीनकुने घटना अपराधकर्म हो, धर्म वा आस्थासँग नजोडौँ 

राष्ट्रियसभा : विपद् व्यवस्थापनको तयारीमा जुट्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाका सदस्यहरूले बर्खायाम सुरु हुनै लागेकाले विपद् व्यवस्थापन र सम्भावित विपद्जन्य घटनाको जोखिम न्यूनीकरणका लागि आवश्यक तयारीमा जुट्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गोपाल भट्टराईले मनसुन सुरुआतको प्रारम्भमै विपद्का घटनाहरू हुन थालेको भन्दै विपद् व्यवस्थापन र क्षति न्यूनीकरणको तयारीमा जुट्न सरकारलाई सुझाव दिए ।

सांसद मायाप्रसाद शर्माले हुम्लाको तिलगाउँ पहिरोको उच्च जोखिममा परेको तथा गत वैशाख ३१ को वर्षापछिको पहिरोले हिल्सा जानेबाटो अवरोध भएको, स्थानीय विद्युत् गृहमा क्षति पुगेको भन्दै पहिरोको जोखिममा रहेको तिलगाउँका बासिन्दालाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरे ।

सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा सांसदको जोड

तोकिएकै समयमा आयोजना सम्पन्न गर्नेतर्फ मन्त्रालय सजग छ : मन्त्री दाहाल

चीन जाँदै पूर्वराष्ट्रपति भण्डारी, उच्च तहको भेटघाट गर्ने तयारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आगामी १० जेठमा उत्तरी छिमेकी चीन भ्रमणमा जाने भएकी छन् ।

चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा हुन लागेको साताव्यापी भ्रमणमा उनले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरूसँग भेटवार्ता गर्ने तयारी छ ।

पूर्वराष्ट्रपति भण्डारीले सकेसम्म माथिल्लो तहकै चिनियाँ नेताहरूसँग भेट गर्ने तयारी छ । स्रोतका अनुसार पूर्वराष्ट्रपति भण्डारीले त्यहाँका प्रधानमन्त्री ली किआङ, उपराष्ट्रपति हान जिङ र राष्ट्रपति सी चिनिफिङलाई समेत भेट्न प्रयास गर्ने छिन् । यदि सीसँग भेट नभए उनले प्रधानमन्त्री र उपराष्ट्रपति तहमा संवाद गर्ने तयारी गरेकी छन् ।

नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकालाई लिएर प्रश्न उठिरहेका सन्दर्भमा भण्डारी चीन जान लागेकी हुन् । दुई कार्यकाल राष्ट्रपति सम्हालेपछि बिदा भएकी उनी एमालेको राजनीतिमा फर्किन जोडबल गरिरहेकी छन् ।

मन्त्रिपरिषद् बैठक स्थगित, ओली र देउवाबीच छलफल हुने

गणतन्त्र दिवस मूल समारोह समिति गठन

रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

रेशमलाई चार घण्टा जेल पठाउने महिमान एक लाख धरौटीमा छुटे

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई चार घण्टाका लागि डिल्ली बजार जेल पठाउने गरी पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट एक लाख धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उनी सोमबार नै धरौटी बुझाएर रिहा भएका छन् ।

विष्टले गत वैशाख १७ गते अनधिकृत रूपमा जिल्ला प्रहरी परिसरलाई पत्र लेखेपछि रेशमलाई प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेर डिल्लीबजार कारागार चलान गरिएको थियो । उक्त पत्र लिएर उनी आफैँ जिल्ला प्रहरी परिसर काठमाडौं पुगेपछि प्रहरीले रेशमलाई तत्कालै पक्राउ गरेर डिल्ली बजार जेल चलान गरेको थियो ।

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँलाई कर्णालीको पनि जिम्मेवारी

प्याब्सनको गैरकानुनी माग : अग्रिम जानकारी नदिई वाणिज्य विभाग अनुगमनमा नआओस्

जलवायु परिवर्तनका असर न्यूनीकरणमा संयुक्त राष्ट्रसंघ सहकार्य गर्न तयार

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले युक्रेनमा गरेको आक्रमणबाट सुरु भएको युद्ध अन्त्य गर्न लामो समयदेखि चलिरहेको प्रयासको हिस्साका रूपमा सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गर्ने भएका छन् ।

ट्रम्पले अमेरिकी चुनाव अभियानका क्रममा पदभार ग्रहण गरेको एक दिनभित्रै द्वन्द्व रोक्ने वाचा गरेका थिए तर उनको कूटनीतिक प्रयासले अहिलेसम्म थोरै प्रगति हासिल गरेको छ ।

रुस र युक्रेनका प्रतिनिधिमण्डलहरूले लगभग तीन वर्षमा पहिलो पटक गत हप्ता इस्तानबुलमा प्रत्यक्ष वार्ता गरे, तर वार्ता युद्ध विरामको प्रतिबद्धता बिना समाप्त भयो ।

‘मैले कहिल्यै चामल किन्नु परेन’ भन्ने जापानी मन्त्रीले मागे माफी

चीनसँग डेनमार्कको ‘खुला’ छलफल

इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु

रोमानिया निर्वाचन : रुस विरोधी निकोसार राष्ट्रपतिमा निर्वाचित

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

नेपाली टोली पहिलो पटक महिला विश्वकपको ग्लोबल छनोटमा

नेपाली टोली पहिलो पटक आईसीसी महिला विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल भएको छ । नेपाली टोलीले एक खेलअघि नै उक्त छनोटमा स्थान बनाएको हो।

आइतबार भएको ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ५ विकेटले हराउन सफल भयो । यो जितपछि नेपाल र थाइल्यान्ड एसियाबाट ग्लोबल छनोटमा पुग्न सफल भए ।

नेपालले अब मंगलबार औपचारिकताका लागि अन्तिम खेल थाइल्यान्डविरुद्ध खेल्दैछ । नेपाली महिला टोली पहिलो पटक ग्लोबल छनोटको यात्रा गर्न सफल भएको हो ।

नेपालले विश्वकपमा पुग्न अन्तिम चरणको छनोट खेल्न बाँकी छ । छनोटमा १० देशबीच प्रतिस्पर्धा हुनेछ। ती १० देशबाट शीर्ष चारदेश विश्वकपमा पुग्नेछन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ८ : १३ बजे

ओलीलाई जवाफ फर्काउँदै बालेनले भने : भ्रष्ट सिस्टमलाई समर्थन गर्दिनँ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी

अचार बेचेरै मासिक ६० हजार कमाइ

कैलाली – यहाँका युवा व्यवसायी करन ऐरले धनगढी उपमहानगरपालिका–९ बङ्राकटानमा

‘साम्बा चोक’ नामाकरणपछि सावित्राले भनिन् : यो भन्दा ठूलो सम्मान के नै हुन्छ र ?

काठमाडौं – मर्स्याङ्दी गाउँपालिकाले आफ्नो नाममा चोकको नामाकरण गरेपछि नेपाली

पर्यटनमन्त्री पाण्डेले गरे हजयात्रीलाई बिदाइ

काठमाडौं — इस्लाम धर्मावलम्बीको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्का र

न्यूयोर्कमा मनाइयो ‘नेपाल उत्सव’

अमेरिका – न्यूयोर्कमा रहेका नेपाली समुदायले आइतबार नेपाल उत्सब (नेपाल