शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।
भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको सचिवालयले भट्टराईको राजीनामा पत्र आइसकेको जानकारी खबरहबलाई दिएको छ।
२० दिनदेखि देशभरका सामुदायिक र सरकारी विद्यालयका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका बेला भट्टराईको राजीनामा आएको हो ।

विद्यालय शिक्षा ऐनलगायतका विभिन्न माग राखी राजधानीमा आन्दोलित शिक्षकका माग पूरा गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली अनुदार बनिरहेका बेला विभागीय मन्त्रीले पद त्यागेकी हुन् ।
शिक्षकहरूले उठाएका मागहरूबारे यसअघि वैशाख २ गते शिक्षामन्त्री भट्टराई र सभामुख देवराज घिमिरेबीच वार्ता पनि भएको थियो । सभामुखले त्यसदिन मन्त्री भट्टराई र विद्यालय शिक्षा उपसमितिका संयोजक छविलाल विश्वकर्मासँग संवाद गरेका थिए ।
त्यसबेला मन्त्री भट्टराईले मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसद्को आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक संसदमा पेस गर्ने गरी शिक्षक र सरकारबीच संवाद भइरहेको बताएकी थिइन् । तर उनले यसो भने पनि शिक्षकका माग पूरा गर्ने दिशमा प्रधानमन्त्री ओली अझै सकारात्मक छैनन् ।
प्रधानमन्त्रीले ‘बाइपास’ गरेपछि असन्तुष्ट थिइन् मन्त्री भट्टराई
शिक्षा मन्त्रीको राजीनामा- मुख्य कारण शिक्षक आन्दोलन, देखाइन् स्वास्थ्य समस्या
प्रधानमन्त्रीले शिक्षकलाई भने- सम्भव हुने माग पूरा गर्छौँ, विद्यालय फर्किनू
विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन स्थगित हुँदैन : अध्यक्ष सुवेदी
शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री
आन्दोलनमा घुसपैठ गरेको आरोपमा एक जनालाई शिक्षकले प्रहरीको जिम्मा लगाए
योगेशको चुनौती- पोखरा र भैरहवा विमानस्थलमा मेरो हस्ताक्षरमा भएको निर्णयको प्रमाण देखाउनू
दुर्गा प्रसाईंको बैंक खाताबाट शंकास्पद कारोबार भएको दाबी, तत्काललाई सर्वोच्चको राहत
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा झण्डै नौ महिनादेखि छलफलमा रहेको सङ्घीय निजामती विधेयक अन्तिम चरणमा पुगेको छ ।
समिति सभापति रामहरि खतिवडाका अनुसार प्रस्तावित विधेयकमा कर्मचारीको उमेरहद, कुलिङ पिरियड, अतिरिक्त सचिव तथा प्रदेश र स्थानीय तहमा १० वर्षसम्म सङ्घले सचिव र कार्यकारी खटाउनेलगायतका विषय निष्कर्ष नजिक पुगेको छ ।

‘धेरै कुरा सम्बोधन भएका छन्, आउँदो अधिवेशनमा सदनमा निजमती विधेयक प्रस्तुत गर्ने तयारी छ’, उनले भने। नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति बनाएरै विधेयकमाथि छलफल गरिएको थियो ।
समितिले विज्ञ, कर्मचारी, संवैधानिक आयोग, ट्रेड युनियन तथा सरोकारवाला पक्षसँग पटकपटक घनिभूत छलफल गर्दै आइरहेको छ । प्रशासनिक सङ्घीयता कार्यान्वयनका सन्दर्भमा महत्वपूर्ण मानिएको यो विधेयक समितिमा नौ महिनादेखि गहन छलफलमा थियो ।
निजामती कर्मचारीले दोहोरो सुविधा नपाउने, लिएमा सरकारी बाँकीसरह असुलिने
राससले व्यावसायिकता निर्वाह गर्ने प्रयत्न गरेको छ– प्रचण्ड
गभर्नरको दौडमा रहेका गुणाकर भट्टविरुद्धको रिट दोस्रो दिन पनि ‘हेर्न नभ्याइने’
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युत्मन्त्री नेपाल आउँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भन्छन्- समावेशी लोकतन्त्रको अभ्यास गर्दैछौँ
शिक्षकसँगको वार्ता एक-दुई दिनभित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु : नैनसिंह महर
प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेट, प्रदेशको विकास बारे छलफल
प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेट भएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार प्रधानमन्त्री ओली र मुख्यमन्त्री शाहबिच भेट भएको हो ।

भेटमा सुदूरपश्चिम प्रदेशको विकासका सन्दर्भ कुराकानी भएको थियो । मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी असोज १ र २ गते गर्न लागेको लगानी तथा विकास सम्मेलन तयारीका बारेमा प्रधानमन्त्री ओलीलाई सोही अवसरमा जानकारी गराएका थिए ।
उनले आर्थिक वर्ष २०८२र८३ को बजेटमा सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखिदिन प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । भेटमा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल उपस्थित थिए ।
सवारीसाधन आगलागी घटनामा चारजनाको निधनप्रति कोशीका मुख्यमन्त्रीबाट दुःख व्यक्त
शिक्षकसँगको वार्ता एक-दुई दिनभित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु : नैनसिंह महर
भीम रावललाई निकालेपछि गरिँदै एमाले अछामको अधिवेशन, धेरै आकांक्षी हुँदा सहमति जुटाउन सकस
गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण
बाजुराको बिच्छ्याका बस्तीमा पुग्यो बिजुली, दुर्गम गाउँ बने झिलिमिली
तीनकुने घटनामामा संलग्न थप एक जना पक्राउ
चैत १५ गते काठमाडौंस्थित तिनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न थप एक जना पक्राउ परेका छन् ।
काठमाडौं जिल्ला परिसरका प्रवक्ता अपिल बोहराका अनुसार झापा जिल्ला अर्जुनधारा नगरपालिका ५ घर भई वर्ष ४८ ओमप्रकाश लुँइटेल पक्राउ परेका हुन् । उनी राजावादीको आन्दोलनमा आगजनी र तोडफोडमा संलग्न रहेको पाइएको छ ।

काठमाडौं जिल्ला अदालत बाट चार दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ दुर्गा थापा नेतृत्वको आन्दोलनमा सहभागी थिए ।
यो सँगै तीनकुने हिंसात्मक घटनामा पक्राउ पर्नेको सङ्ख्या ८३ पुग्यो । जसमा ८ जना हाजिरी जमानीमा छुटेका छन् ।
लेक लागेर बिरामी परेका दुई पर्यटकको हेलिकोप्टरमार्फत उद्धार
कूल निर्यातमा भटमास तेलको हिस्सा एक तिहाइ, साढे ६२ अर्ब बढीको निर्यात
रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर मामाभाञ्जा बेपत्ता
सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ
वैवाहिक बलात्कार मुद्दामा सफाइ दिएको भन्दै अदालतविरुद्ध अर्धनग्न अनशन
शिक्षक आन्दोलनबाट घर फर्किरहेका प्रधानाध्यापकको दुर्घटनामा मृत्यु
पोप फ्रान्सिसको निधन
रोमन क्याथोलिक इसाईका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ । भ्याटिकनस्थित होली सीले विज्ञप्ति जारी गर्दै पोपको निधन भएको जानकारी दिएको हो । उनी ८८ वर्षका थिए । पोपको स्थानीय समयअनुसार ७ बजेर ३५ मिनेटमा भ्याटिकनस्थित कासा सान्टा मार्थामा निधन भएको भ्याटिकन न्यूजले जनाएको छ ।
यसअघि आइतबारमात्रै पोप सार्वजनिक रुपमा देखा परेका थिए । उनले ईस्टर सन्डेका दिन अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गरेका थिए ।

सन् १९३६ मा अर्जेन्टिनाको ब्युनर्स आयर्समा जन्मेका उनी सन् २०१३ देखि रोमन क्याथोलिक इसाईका सर्वोच्च धर्मगुरुका रुपमा निर्वाचित भएका थिए ।
उनी लामो समयदेखि निमोनिया र फोक्सको समस्याबाट ग्रसित थिए । हालैमात्र उनले लामो समय अस्पतालमा बिताएका थिए ।
‘गाजाको ६९ प्रतिशत भूभागमा इजरायलको निकासी आदेश’
रुस-युक्रेन युद्ध विराम : सहमति पालना नगरेको दुवै पक्षको आरोप प्रत्यारोप
अमेरिकाको गोप्य ग्रुप च्याटमा रक्षा मन्त्रीका पारिवारिक व्यक्ति ! तीन वरिष्ठ अधिकारी बर्खास्त
व्यावसायिक असफलताले १५ जना कार्यकर्ताको ज्यान गएको इजरायली फोर्सको ठहर
प्रतिक्रिया