आजका समाचार : विद्याले एमालेमा दुई लाइन संघर्ष चर्काउने, लिपुलेकमा चीन-भारत मिल्दा नेपालमा तरंग र गाजामा इजरायलको अत्याचार, ६० हजार जगेडा सैनिक परिचालन गरिँदै | Khabarhub Khabarhub

आजका समाचार : विद्याले एमालेमा दुई लाइन संघर्ष चर्काउने, लिपुलेकमा चीन-भारत मिल्दा नेपालमा तरंग र गाजामा इजरायलको अत्याचार, ६० हजार जगेडा सैनिक परिचालन गरिँदै


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

पूर्वराष्ट्रपति भण्डारीले भनिन् : संसद् निरीह भयो, दलहरूमा समस्या छ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संसद् र दलहरूको कार्यशैलीप्रति कडा टिप्पणीसहित आलोचना गरेकी छन् । मदन भण्डारी फाउन्डेसनको हीरक जयन्ती आयोजन समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बिहीबार बोल्दै उनले संसद् निरीह थलोमा परिणत भएको बताइन् ।

‘हामी पूर्ण लोकतन्त्रमा छौँ, तर जनताको आकांक्षा पूरा हुन सकेको छैन। राजनीतिक दलहरूमा समस्या छ, दलहरू प्रणालीमा चल्न सकिरहेका छैनन्,’ उनले भनिन् ।

भण्डारीले ठूला दल कांग्रेस र एमाले संविधान संशोधनमा सहमत भए पनि संशोधनको आवश्यकता के हो भन्ने विषयमा गम्भीर छलफल नभएको उल्लेख गरिन् ।

उनले सांसदसहितका जनप्रतिनिधिमाथि आरोप पुष्टि नहुन्जेल निलम्बन गर्नु गलत भएको बताइन् । ‘कसैलाई आरोप लगाउँदैमा तुरुन्त निलम्बन गर्नु लोकतान्त्रिक होइन,’ उनले भनिन् ।

विद्याका अघि ईश्वर पोखरेलले भने, ‘हेक्का राखिएन भने दुर्घटनाग्रस्त हुन पुगिन्छ…’

थापागाउँबाट च्यासललाई पूर्वराष्ट्रपति भण्डारीको जवाफ : म एमाले कार्यकर्ता हुँ, संघर्ष गरिरहन्छु

एमाले सरकारमा गइरह्यो, अब समीक्षा गरौँ : भण्डारी

मोरङबाट च्यासललाई चुनौती दिएपछि थापागाउँमा उत्साहित देखिएकी विद्या

सम्पर्क कार्यालयको बार्दलीमा हात हल्लाउँदै पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

माधव नेपाललाई पूर्वराष्ट्रपतिको सहानुभूति : आरोप लाग्दैमा जनप्रतिनिधिलाई निलम्बन गर्नु राम्रो होइन

विद्या भण्डारीलाई ईश्वर पोखरेलको ढाडस- चुनौती आए भनेर मनोबल कमजोर नबनाउनू

विद्या भण्डारीको कार्यालय उद्घाटनमा सुरेन्द्र पाण्डे, कर्ण थापा र विनोद ढकाल पनि

पूर्वराष्ट्रपति भण्डारीले खोलिन् सम्पर्क कार्यालय

विद्या भण्डारीलाई साथ दिन पुगे ईश्वर पोखरेल र युवराज ज्ञवाली  

विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटनमा यस्तो देखियो (तस्बिरहरू)

माओवादीले सरकारलाई भन्यो- बलियो गरि खुट्टा टेकेर चीन र भारतसँग वार्ता गर्नू
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सार्वभौमिकता र अखण्डताको रक्षाका लागि दह्रोसँग उभिएर चीन र भारतबीच भएको पछिल्लो व्यापार सम्झौतामा आवश्यक प्रभावकारी कूटनीतिक पहल अगाडि बढाउन आग्रह गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नेपाली भूमि लिपुलेक भएर व्यापार गर्न भारत र चीनले गरेको पछिल्लो सम्झौतामा आवश्यक प्रभावकारी कूटनीतिक पहल अगाडि बढाउन आग्रह गरेका हुन् ।

‘नेपाललाई जानकारी नदिई गरिएको भनिएको सहमति प्रति आपत्ति प्रकट गर्दछौँ । विरोध गर्दछौँ,’ उनले भने, ‘कुनै पनि सरकारको राष्ट्रिय सावैभौमिकता र अखण्डताको रक्षाको यस प्रकारको काममा दह्रोसँग उभिन, दुवै छिमेकी मित्रराष्ट्रहरूसँग आवश्यक प्रभावकारी कूटनीतिक, राजनीतिक पहल अघि बढाउन यो सदनको प्रमुख विपक्षी दलको तर्फबाट हामी नेपाल सरकारलाई हार्दिक आग्रह गर्दछौँ ।’

माओवादी केन्द्रले भारत र चीनबीच भएको पछिल्लो व्यापार सम्झौताबारे सदनलाई आवश्यक जानकारी गराउन पनि माग गरेको छ ।

प्रधानमन्त्रीलाई एकीकृत समाजवादीले भन्यो– लिपुलेक विवाद समाधान नहुँदासम्म भ्रमण स्थगित गर्नुस् 

गगन थापाको गुनासो- सरकार सफल हुनुपर्छ भन्नेमा छु तर संयन्त्रको बैठकमा कुरा सुन्दैनन् 

प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध कायमै

संसद्‌मा उठ्यो लिपुलेक प्रकरण : चीन र भारतसँग वार्ता गर्न सरकारलाई सुझाव 

ठूला दल भ्रष्टाचारको ‘भ’ सुन्दा डराउँछन्, तस्करीको ‘त’ सुन्दा काँप्छन् : शिव नेपाली

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह- राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्नुहोस्

उपसभामुख रानाको विषय आचरणसँग जोडिएकाले संवैधानिक परिषद्को अङ्कगणितसँग नजोडौँ : योगेश भट्टराई

किसानलाई मल र सिँचाइ उपलब्ध गराउन सांसदको माग

‘लिपुलेकबारे भारत र चीनसँग सरकारले गम्भीर वार्ता गर्नुपर्छ’

नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले अतिक्रमित नेपाली भूभागबारे सरकारले अतिक्रमणकारी मुलुकसँग गम्भीर वार्ता गर्नुपर्ने बताएका छन्।

सामाजाकि सञ्जाल एक्समार्फत् उनले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालका अतिक्रमित भूभागबारे सम्बन्धित देशसँग सरकारले गम्भीर वार्ता गर्नुपर्ने बताएका हुन्।नेता रावलले केवल वक्तव्य दिएर मात्रै नपुग्ने पनि उल्लेख गरेका छन्।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न अङ्ग हो।लिपुलेक क्षेत्रबाट व्यापार सञ्चालन गर्ने भनी भारत र चीनले पुनः सहमति गरेको कुरा बाहिर आएको छ,’ रावलले लेखेका छन्, ‘कूटनीतिलाई समेत स्वार्थ साधनाको माध्यम बनाउने खेलको अन्त्य गरी नेपालको हित, स्वाधीनता र अखण्डताको रक्षातर्फ सरकार लागोस् ।’

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित

लिपुलेक सम्झौता खारेज गर्न चीनसँग राष्ट्रिय जनमोर्चाको आग्रह

समाजवादी व्यवस्थामा मात्र मजदुरका समस्या समाधान हुनेछन् : प्रचण्ड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न बौद्धिक परिषद्को माग

‘विद्यालय शिक्षा विधेयक’ समितिबाट पारित : माओवादी, रास्वपा र राप्रपाले राखे फरक मत 

पत्रकारहरू खोज पत्रकारितामा सक्रिय भएर लाग्नुपर्छ : अग्नि सापकोटा

संघीयताले नवप्रवर्तनका योजनालाई प्राथमिकता दिएको छ : मुख्यमन्त्री आचार्य

भारत-चीनका राजदूत बोलाएर लिपुलेक उपयोग गरेर व्यापार नाका खोल्ने सम्झौताको प्रतिवाद गरौँ : कमल थापा

लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा
लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गरे ।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१-८२ मा घरधुरी सर्वेक्षणमार्फत १६ देखि २३ महिनासम्मका ७० हजार ५१८ बालबालिकालाई १५ महिनाभित्र पाउनु पर्ने सबै खोप प्राप्त भएको सुनिश्चित गरिएको छ । यस क्रममा शून्य मात्रा भएका ६९ र खोप छुट भएका २ हजार ३ सय ८७ बालबालिकालाई पनि खोजी गरी खोप लगाइएको थियो ।

जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै ड्रप आउट बाँकेमा ७ सय ६२, कपिलवस्तुमा ६ सय ५२ र रुपन्देहीमा ४ सय ४४ रहेको छ भने रुकुमपूर्वमा शून्य ड्रप आउट देखिएको छ ।

अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा

सी जिनपिङ र मोदीको पुत्लामा जुत्ता हान्ने आठ जना माइतीघरमा समातिए (तस्बिरहरू)

तेक्वान्डो खेलाडी विष्णु खत्री र रमिला लामालाई बेथानचोकको सम्मान 

नेपालमा अध्ययनरत तीन इन्डोनेशियाली विद्यार्थी अध्यागमनको निगरानीमा

दार्चुला जीप दुर्घटना अपडेट : एक जनाको मृत्यु

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन हस्तान्तरणको तयारी

रास्वपाको हस्ताक्षर अभियान : पश्चिमदेखि पूर्वी नेपालको ‘देश यात्रा’ मा

शहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनाको मन्त्रालयबाटै अनुगमन गरिने

गाजा क्षेत्रमा स्थल आक्रमण शुरु हुँदै, ६० हजार जगेडा सैनिक परिचालन हुने

गाजा क्षेत्रमा स्थल आक्रमण गर्न इजरायली फौजले दशौँ हजार जगेडा सैनिकलाई बोलाएको छ । समचार संस्था एपीका अनुसार इजरायली प्रतिरक्षा बल आईडीएफले ६० हजारभन्दा धेरै जगेडा सैनिकलाई बोलाएको हो । इजरायलले गाजा शहर र गाजा क्षेत्रका बाक्लो जनसङ्ख्या रहेका अन्य क्षेत्रमा स्थल आक्रमणको योजना बनाएको छ । यसअघि नै इजरायलले गाजा क्षेत्रका ७५ प्रतिशत भूभागमा नियन्त्रण हासिल गरिसकेको बताइएको छ ।

थप स्थल आक्रमणले सो क्षेत्रमा थप विनाश र हताहती निम्त्याउने निश्चित छ । यसले उसै पनि चरम मानवीय सङ्कटको सामना गरिरहेको गाजाको अवस्था थप गम्भीर हुने अन्तर्राष्ट्रिय संघसंस्थाले चिन्ता व्यक्त गरेका छन् । गाजा क्षेत्रमा स्थल आक्रमणलाई विस्तार गर्ने इजरायली सेनाको योजनाको व्यापक विरोध भइरहेको छ । हाल हमासको कब्जामा रहेका बन्धकका आफन्त र परिवारले सैन्य कारवाहीको विरोध गरेका छन् ।

यसअघि इजरायली सेनाका पूर्व सुरक्षा अधिकारीहरुले सैन्य कारवाहीबाट थोरैमात्र लाभ मिल्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । केही दिनअघि लाखौँ इजरायली नागरिकहरु सडकमा उत्रिएर सरकारको कदमको विरोध गरेका थिए ।

‘असल न्यायाधीश’ को निधन

पुनःस्थापनाकर्ताहरु नयाँ दिल्लीको इतिहास जोड्दै

ट्रम्पको कर दबाब : जयशङ्करद्वारा रूसी कम्पनीहरूलाई भारतसँग ‘अझ गहन’ संलग्न हुन आग्रह

इजरायलले गाजा कब्जा गर्न थालेपछि प्यालेस्टाइनबासी पलायन हुन थाले 

ट्रम्प- पुटिन-जेलेन्स्की वार्ता हङ्गेरीको बुडापेस्टमा हुने चर्चा

म्यान्माको जुन्ताद्वारा नयाँ चुनावी विवरण सार्वजनिक

गाजा कब्जा गर्न थालेपछि बेलायतका सयौँ व्यवसायीले भने- इजरायलविरुद्ध कठोर कदम चालौँ

अन्तर्राष्ट्रिय आलोचनाबीच इजरायलले सुरु गर्‍याे गाजा नियन्त्रण अभियान








































प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ७ : ५८ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध