प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार नियुक्त
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्त गरेकी छन् । प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक हुन्।

त्यसैगरी प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन् । समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठ कानुन संकायमा स्नातकोत्तर अध्ययनरत छन्।
नेपालको न्यायपालिकामा लामो समय काम गरेका श्रेष्ठले लगातार तीन जना प्रधान न्यायाधीशहरू रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीको निजी सहायक भएर काम गरेका थिए ।
एकीकृत समाजवादीले माओवादीसँग एकता गरे झनै संकट बढ्छ : घनश्याम भुसाल
पछिल्लो परिस्थितिमा पार्टीहरूको पुनर्गठन जरुरी : घनश्याम भुसाल
मुलुक जोगाउन दलको नेतृत्व युवाहरूलाई दिनुपर्छ : घनश्याम भुसाल
महेश बस्नेत भन्छन्- सरकारले मलाई गिरफ्तार गर्न लागेको भन्दै मिडिया ट्रायल गर्यो
जेन-जीको सम्झनामा प्रधानमन्त्री कार्कीले दशैंको टिका नलगाउने
समृद्ध नेपाल निर्माणको पक्षमा जुट्न दसैँले प्रेरणा दिनेछ : प्रचण्ड
निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
राजनीतिक जटिलताको समाधान संविधानले नै दिनुपर्छ : देउवा
दशैं नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्व : सभामुख घिमिरे
हनुमानढोकामा गोरखाबाट भित्र्याइयो फूलपाती
आज हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट फूलपाती भित्र्याइएको छ। गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले र जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले फूलपाती ल्याउने परम्परा रहेको छ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, नेपाली सेनाको गुर्जुको पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइएको हो।
यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरी समूह र मंगल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको छ। नासलचोकमा पूजा र मूलचोकमा बलिसहित पूजा गरेपछि दशैँघरमा फूलपाती भित्र्याइएको हो।
तनहुँ कालिका मन्दिरमा फूलपाती भित्र्याइयो
मुस्ताङमा बाजागाजासहित सुरक्षाकर्मीले भित्र्याए फूलपाती
मोरङमा विधिपूर्वक भित्र्याइयो फूलपाती
गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो
तलेजु भवानीलाई दशैँ घर भित्र्याउँदै तुलजा यात्रा सम्पन्न
चाडपर्वले एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुर्याउँछ : राष्ट्रपति पौडेल
खुल्यो नारायणगढ–मुग्लिन सडक
नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा आज खसेको सुक्खा पहिरो पन्छाइएको छ ।

अपरान्ह १२ बजे खसेको पहिरो अहिले साँझ छ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए।
तुईन खोलामा पहिरो झर्न अझै रोकिएन (तस्बिरहरू)
छुट्टाछुट्टै दुर्घटनामा १६ जना घाइते, तीन जनाको अवस्था गम्भीर
उपत्यकाबाट बाहिरिनेको सङ्ख्या बढ्यो, विभिन्न राजमार्गमा सवारी चाप
राजमार्ग अवरोध : खसीबोकाको किनबेच यथावत
तुईन खोलामा फेरि पहिरो खस्यो, सडक पूर्ण रुपमा अवरुद्ध
धनगढी–खुटिया सडकखण्डमा दुई पक्की पुल निर्माण
बर्दियामा लहलह झुलेका धानका फाँट (तस्बिरहरू)
अनियमितताको आरोपमा छानबिन समिति गठन
जेन-जीका सहिद परिवारलाई क्षतिपूर्तिबापत रकम हस्तान्तरण
जेन-जी आन्दोलनका क्रममा काठमाडौँमा ज्यान गुमाएका धनगढीका सहिद गौरव जोशीका परिवारलाई क्षतिपूर्तिस्वरूप १५ लाख सहयोग प्रदान गरिएको छ ।

सहिद जोशीका परिवारलाई क्षतिपूर्तिस्वरूप सो रकम आइतबार प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गृह मन्त्रालयमार्फत प्राप्त रकम सहिद जोशीका आमा माया जोशीको खातामा भुक्तानी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारलाई क्षतिपूर्तिबापत उक्त रकम हस्तान्तरण गरिएको बताए।
कञ्चनपुरका दुई पालिकामा १५० छाउगोठ भत्काइए
जेन-जी आन्दोलनका घाइते भन्छन्– होस आउँदा देशमा उथलपुथल भइसकेछ
काठमाडौं उपत्यकाबाट एकै दिनमा एक लाख ११ हजार बाहिरिए
काठमाडौंको भीमसेनस्थान क्षेत्रमा आगलागी, ६ वटा घरमा क्षति
अर्घाखाँचीमा गाडी दुर्घटना, दुईजनाको मृत्यु, २४ जना घाइते
मुस्ताङमा नौ महिनामा एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए
चीन–उत्तर कोरिया सहकार्य बलियो बनाउँदै
चिनियाँ विदेशमन्त्री वाङ यीले उत्तर कोरियाली समकक्षीलाई भेट्दै प्योङयाङसँगको सहकार्यलाई अझ सुदृढ बनाउन र संयुक्त रूपमा ‘आधिपत्यवादको विरोध’ गर्न चाहने स्पष्ट अभिव्यक्ति दिएका छन् ।
यो भेटवार्ता उत्तर कोरियाली नेता किम जोङ उनको दुर्लभ चीन भ्रमण भएको केही सातापछि आइतबार बेइजिङमा सम्पन्न भएको हो । त्यस अवसरमा उत्तर कोरियाका विदेशमन्त्री चो सोन–हुईले वाङसँग भेटवार्ता गरेका थिए ।

वाङले भने, ‘चीन–उत्तर कोरिया सम्बन्धलाई कायम राख्नु, सुदृढ पार्नु र विकास गर्नु चिनियाँ सरकारको अटल रणनीतिक नीति हो । चीन अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा उत्तर कोरियासँग सहकार्य र समन्वय बढाउन इच्छुक छ । हामी सबै प्रकारका आधिपत्यवादको विरोध गर्दै दुवै पक्षको साझा हित र अन्तर्राष्ट्रिय निष्पक्षता तथा न्यायको रक्षा गर्न प्रतिबद्ध छौँ ।’
इरानद्वारा इजरायलको मोसादका जासुसी आरोपितलाई मृत्यु दण्ड
अमेरिकाको मोर्मोन चर्चमा सशस्त्र आक्रमण, चार भक्तजनको मृत्यु
बेलायतमा आप्रवासीका लागि कडा नियम लागू गर्ने तयारी
गाजा सम्झौता कायम राख्न ट्रम्पलाई इजरायली बन्धक परिवारहरूको आग्रह
गाजा शान्ति योजनामा प्रधानमन्त्री नेतान्याहूलाई दबाब दिने राष्ट्रपति ट्रम्पको घोषणा
प्रतिक्रिया