आजका समाचार : घुसले पूर्वमन्त्री गुप्ता कारागार पुगे, पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने गगनको जोड, मधेसको मन्त्रिपरिषद्ले पायो पूर्णता र ट्रम्पको दोस्रो कार्यकालमा पहिलो पटक भिटो « Khabarhub

आजका समाचार : घुसले पूर्वमन्त्री गुप्ता कारागार पुगे, पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने गगनको जोड, मधेसको मन्त्रिपरिषद्ले पायो पूर्णता र ट्रम्पको दोस्रो कार्यकालमा पहिलो पटक भिटो


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

चुनावी खर्चबारे आएका समाचारमा निर्वाचन आयोगको स्पष्टिकरण

निर्वाचन आयोगले निर्वाचन खर्चसम्बन्धी विषयमा हालै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘निर्वाचन आयोगले दुःख दियो’ र ‘चुनावी खर्च लुकाउने उम्मेदवार उठ्न नपाउने’ जस्ता शीर्षकमा आएका समाचार भ्रामक भएको आयोगको भनाइ छ।

निर्वाचन ऐन, २०७३ को दफा ३१ अनुसार खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना तोकिएको आयोगले स्पष्ट पारेको छ। तोकिएको मितिमा सम्बन्धित निर्वाचन कार्यालयमा जरिवाना रकम बुझाउने उम्मेदवारका हकमा उम्मेदवारी बदर गर्ने वा थप कारबाही नहुने पनि आयोगले जनाएको छ।

आयोगले सम्मानित अदालतबाट अन्यथा आदेश भएका उम्मेदवारको हकमा भने अदालतको आदेशअनुसार नै प्रक्रिया अघि बढाइने स्पष्ट गरेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले तथ्यमा आधारित सूचना प्रकाशन गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

मुख्यमन्त्री शाहद्वारा लागूऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन

खालिदाको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान

पूर्वमन्त्री राजकुमार गुप्ता कारागार चलान

घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश 

प्रतिनिधिसभा निर्वाचन ६४ दिन बाँकी, ६४ दलले बुझाए समानुपातिकको बन्दसूची

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल 

पुसभित्र विशेष महाधिवेशन गर्ने बाटोमा अगाडि बढ्यौँ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम जनताको परिवर्तनको आकाङ्क्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुने बताएका छन् ।

राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै महामन्त्री थापाले एकले अर्कोलाई विरोध र निषेध गरेर नभइ राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधको साथ अगाडि बढ्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामना गरेका छन् ।

उनले लेखेका छन्– ‘एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधको साथ अगाडि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’

महामन्त्री थापाले पौष मसान्त भित्र पार्टीको विशेष महाधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको उल्लेख गरेका छन् ।

अहिले राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै प्रत्येक कांग्रेस कार्यकर्ताको युगीन जिम्मेवारी रहेको भन्दै थापाले यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढेको स्पष्ट पारेका छन् ।

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव

कुलमानले भने- ‘समानुपातिक सूचीमा मेरो भान्जा र ससुराको नाम छैन’

निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला

बादललाई गोकुलको सुझाव : रुख–सूर्य मिलेपछि समानुपातिक छाडेर चुनाव लडे भो त

समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता

मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको करिब एक महिनापछि प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्रीको नेतृत्वमा गठित सरकारले आज थप छ जना मन्त्री समेटेसँगै मन्त्रिपरिषद् पूर्ण बनेको हो ।

आज जनकपुरधामस्थित मधेस भवनमा छ जना नवनियुक्त मन्त्रीले प्रदेशका प्रदेश प्रमुख डा। सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मनिषकुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास मन्त्रालयले जिम्मेवारी पाएका छन्।

शंकरप्रसाद चौधरीलाई वन तथा वातावरण, श्यामप्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्तकुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय तथा फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

भाषण र झारा टार्ने शैली चल्दैन, काम देखिनुपर्छ : मधेशका कृषिमन्त्री पटेल

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव

फाइवर इन्ट्रानेटबाट सीसीटिभी क्यामरा जडान 

भृकुटीमण्डप अनुगमनमा पुगिन् मन्त्री श्रेष्ठ (तस्बिरहरू)

समाज कल्याण परिषद्को जग्गा र भवन प्रयोगको बक्यौता छिटो उठाउछौँ : मन्त्री श्रेष्ठ

भारतबाट ६५४ मेगावाट विद्युत् आयात अनुमति नवीकरण

भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज ९आइएक्स०को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत् चौबिसै घण्टा (अरटिसी) आयात गर्न अनुमति नवीकरण गरेको हो । यस अघि दिइएको अनुमतिको म्याद बुधबार सकिँदै थियो ।

नेपाल विद्युत् प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० सय टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो ।

१७ पुसबाट १७ चैत ९१ जनवरी–३१ मार्च २०२६० सम्म विद्युत् आयातको अनुमति पाएको हो । १८ चैतबाट १५ भदौ ९१ अप्रिल–३१ अगस्ट २०२६० सम्मको नवीकरण भने पछि गरिने प्राधिकरणले जनाएको छ ।

ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो

तीन दिनदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सहज हुन सकेन

‘अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक’

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी

शीतलहरले दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध (तस्बिरहरू)

चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्छ : राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५ मा ‘लगभग पाँच प्रतिशत’ वृद्धि हुने अपेक्षा गरिएको बताएका छन् ।

उनले ‘धेरै असामान्य’ वर्षको ‘दबाब’ को बाबजुद यस उपलब्धिलाई महत्त्वपूर्ण ठहर गरेको सरकारी समाचार एजेन्सी सिन्ह्वाले रिपोर्ट गरेको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा सीले एक शीर्ष राजनीतिक परामर्शदात्री निकायलाई सम्बोधन गर्दै यो घोषणा गरेका हुन् । वार्षिक विस्तार सरकारले तय गरेको आधिकारिक लक्ष्यसँग मेल खान्छ र सन् २०२४ मा रेकर्ड गरिएको पाँच प्रतिशत वृद्धि बराबर हुनेछ ।

खालिदा जियालाई राजकीय बिदाइ

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

माली र बुर्किना फासोद्वारा अमेरिकी नागरिकमाथि प्रतिबन्ध

गाजाको मानवीय अवस्थाप्रति विश्वव्यापी चिन्ता

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो









 
















प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ७ : ५८ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी