आजका समाचार : सीमा विवादबारे वालेन्द्रको दाबीमा भारतले जवाफ फर्कायो, संसद्‌मा विपक्षीको विरोध यथावत, रविलाई दिल्लीमा स्वागत र भारत-अमेरिका व्यापार सम्झौता नजिक « Khabarhub

आजका समाचार : सीमा विवादबारे वालेन्द्रको दाबीमा भारतले जवाफ फर्कायो, संसद्‌मा विपक्षीको विरोध यथावत, रविलाई दिल्लीमा स्वागत र भारत-अमेरिका व्यापार सम्झौता नजिक


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्रीको भनाइबारे सरकारका प्रवक्ता : हाम्रो सीमा मिचियो भनेर भारतले खबर पठाएको छ
सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले यही आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिको बचाउ गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि बोल्दै उनले बालेन संसद्मा दिएको अभिव्यक्तिको बचाउ गरेका हुन्।

‘नेपालले भारतको भूभाग कब्जा गरेको खबर दिल्लीबाटै आएको भएर अचम्मित छु भन्नू भएको हो’, उनले भने, ‘त्यसबारेमा परराष्ट्र मन्त्रालयले आवश्यक वक्तव्य दिइसकेको छ।’

उनले दुवै छिमेकीको तलमाथि परेको भूमि समस्या मिलाउन पुरानै समितिहरूले काम गरिरहेको बताए । ‘भूमिसम्बन्धी सीमा विवाद मिलाउन पुरानै समितिहरू छन् । प्रधानमन्त्रीले पनि यसबारेमा भन्नु भएको छ’, उनले भने, ‘सीमा विवादबारे भारतले पनि नोट पठाएको छ। नेपालले पनि पठाएको छ। हामीले सीमा विवादसम्बन्धी काम अघि बढाउँदा भारतले पनि हाम्रो सीमा मिचिएको छ भनेर प्रधानमन्त्रीले खबर गरेको भन्नुभएको हो ।’

कार्की आयोगको प्रतिवेदनमा सुरक्षा संयन्त्रको भूमिका अध्ययन गर्ने समितिलाई थप समय

मन्त्रिपरिषद्को निर्णय : सशस्त्र प्रहरीको एआईजीमा अञ्जनीकुमार पोखरेल

मन्त्रिपरिषद्को निर्णय : भूमि समस्या समाधान समितिमा पदाधिकारी नियुक्त, अञ्जनी पोखरेल सशस्त्रको एआईजीमा बढुवा

प्रधानमन्त्रीको भनाइबारे सरकारका प्रवक्ता : हाम्रो सीमा मिचियो भनेर भारतले खबर पठाएको छ

नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य : भारत
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने भारतले प्रष्ट पारेको छ । बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा नेपाल र भारतबीचको सीमा विवाद पूर्ण रूपमा द्विपक्षीय विषय भएको उल्लेख गर्दै यसमा कुनै पनि तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने स्पष्ट पारेका हुन् ।

नेपालका प्रधानमन्त्रीले सीमा सम्बन्धमा व्यक्त गरेका भनाइ र त्यसपछि नेपाली परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यबारे प्रतिक्रिया दिँदै प्रवक्ता जयसवालले दुई देशबीच स्थापित संयन्त्रमार्फत नै यस विषयलाई टुङ्गो लगाइने बताए ।

यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‍मा नेपालले पनि भारतको सीमा मिचेको हुनसक्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री शाहले दुई मुलुकको सीमा विवादका विषयमा इङ्ग्ल्याण्ड सरकारसँग पनि कुराकानी भइरहेको दाबी गरेका थिए ।

यसै विषयमा प्रवक्ता जयवसालले प्रतिक्रिया दिएका हुन् । उनका अनुसार भारत र नेपालबीचको करिब ९८ प्रतिशत सीमा क्षेत्रको सीमाङ्कन भइसकेको छ भने केही सीमित क्षेत्रहरूमा मात्र अझै सहमति हुन बाँकी छ । विशेष गरी गण्डक नदीले आफ्नो बहाव परिवर्तन गर्दा केही स्थानहरूमा प्राविधिक अस्पष्टता र विवाद उत्पन्न भएको उनले उल्लेख गरे ।

सीमा विवादको प्रश्नमा कविन्द्रले भने- प्रधानमन्त्रीबाटै यसको जवाफ आउँछ

रविलाई स्वागत गर्दै भाजपा अध्यक्ष नितिन नवीनले के भने ?

भाजपा मुख्यालयमा बाजागाजा र पुष्पवर्षासहित रवि लामिछानेको भव्य स्वागत

‘हिन्दुस्तान टाइम्स’मा रविको लेख : भारतसँगको सम्बन्धलाई विकास र व्यापारमा केन्द्रित गर्नुपर्नेमा जोड

दिल्ली पुगेका रवि लामिछानेले आज शीर्ष नेतालाई भेट्दै

भारतीय विदेश मन्त्रालयको टिप्पणीपछि प्रधानमन्त्रीसँग भीम रावलले मागे जवाफ

रास्वपा महामन्त्री बुर्लाकोटी भन्छन् : रवि–मोदी भेट हुन सक्छ

विपक्षीको नाराबाजीबीच संसद् बैठक २५ गतेसम्मका लागि स्थगित
विपक्षी दलहरूले वेलमा नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्नेगरी स्थगित गरेको घोषणा दिए ।

दुई घण्टा ढिलोगरी सुरु भएको बैठकमा अहिले विपक्षी दलहरू उठेर विरोध गरेका थिए ।

दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजेमात्रै सुरु भएको थियो ।

विपक्षी दलहरूले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा

विपक्षी दलहरूले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा

राष्ट्रिय सभामा पनि विपक्षीको अवरोध, मागियो प्रधानमन्त्रीको जवाफ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध कांग्रेसभित्रै विद्रोह, बहुमत सांसद विपक्षमा 

कांग्रेसले संसद् बैठकसँगै समितिहरू पनि बहिष्कार गर्ने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्सँगै अब संसदीय समितिका बैठक पनि बहिष्कार गर्ने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्मा उभिएर माफी नमागेसम्मम कांग्रेसले आगामी २५ जेठसम्म संसदीय समितिका बैठकमा सहभागी नहुने दलका नेता भीष्मराज आङ्देम्बेले बताए । प्रतिपक्षीको निरन्तर विरोधका कारण संसद् पनि जेठ २५ सम्मलाई रोकिएको छ।

आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा बालेनले ञनेपालले पनि भारतको भूमि मिचेको रहेछझ भन्ने अभिव्यक्ति दिएपछि कांग्रेसले माफी माग्नुपर्ने भन्दै सदन अवरोध गरिरहेको छ । कांग्रेससँगै अन्य विपक्षी दल पनि विरोधमा उत्रिएका छन् ।

सांसदलाई कानुनभन्दा माथि राख्नेगरी सत्ताको बलमा पेलेर प्रतिनिधि सभा नियमावली पारित गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । अब कांग्रेसले संसदीय समितिका बैठक पनि बहिष्कार गर्ने निर्णय लिएको हो ।

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन अवरोध जारी रहन्छ : प्रमुख सचेतक थापा

प्रधानमन्त्रीज्यू, सदनमा आएर जवाफ दिनुहोस् : सांसद तामाङ

प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा छौँ : गुरु बराल

वीरगञ्जका मेयर सिंहलाई चार लाख १५ हजार धरौटी लिएर रिहा गर्न आदेश

भारत-अमेरिका व्यापार सम्झौता नजिक
भारत र संयुक्त राज्य अमेरिका पहिलो चरणको द्विपक्षीय व्यापार सम्झौतामा लगभग अन्तिम चरणमा पुगेको वाणिज्य मन्त्रीले जानकारी दिएका छन् । दुवै देशबीच लामो समयदेखि जारी वार्ता तीव्र बनेसँगै प्रारम्भिक सम्झौताको ‘करिब ९९ प्रतिशत’ काम पूरा भइसकेको दाबी गरिएको छ ।

अमेरिकी प्रतिनिधिमण्डल दक्षिण र मध्य एसियाका लागि सहायक अमेरिकी व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चको नेतृत्वमा मंगलबार नयाँदिल्ली पुगेपछि तीन दिनसम्म औपचारिक वार्ता सुरु भएको हो । यो वार्तालाई दुवै देशबीच व्यापारिक सम्बन्धलाई नयाँ चरणमा पुर्‍याउने निर्णायक प्रयासका रूपमा हेरिएको छ ।

भारतीय वाणिज्य मन्त्री पियुष गोयलले सोमबार नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै अधिकांश विवादित विषयहरू समाधान भइसकेको बताए । उनका अनुसार अब करिब ९९ प्रतिशत मुद्दा टुङ्गो लागिसकेको छ र केवल केही प्राविधिक तथा अन्तिम विवरणहरूमा छलफल बाँकी छ ।

युक्रेनमा रुसको ठूलो हवाई आक्रमण, १० जनाको मृत्यु

ट्रम्पले नेतन्याहूलाई झपार्दै भने, ‘तिमीलाई सबैले घृणा गर्दैछन्, म नभएको भए जेलमा हुन्थ्यौ’

न्यूयोर्कका मेयरले बहिष्कार गरे इजरायल डे परेड, ६२ वर्षयताकै पहिलो घटना

देशभित्रै घेरिँदै नेतन्याहू, ट्रम्पसामु झुकेको आरोप, सहयोग रोक्न अमेरिकामा पनि दबाब

जापानमा भालु आक्रमण तिव्र पछिल्लो आक्रमणमा चार जना घाइते

अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

संयुक्त राष्ट्रसङ्घद्वारा गाजा पट्टीमा जारी इजरायली आक्रमणको निन्दा

एल निनोको असर फरक–फरक हुने चेतावनी

















प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ७ : ५९ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण

धवल शमशेरलाई राप्रपामै फर्किन अध्यक्ष लिङ्देनको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा

वैवाहिक बलात्कार अभियोगमा न्यायाधीश गिरीलाई सफाइ

काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक बलात्कारको अभियोगबाट जिल्ला न्यायाधीश भुवन