आजका समाचार : प्रदेश सरकारले एमालेमा भाँडभैलो, साना दलको अर्को मोर्चा बन्दै, पत्रकारसँग भड्किए प्रचण्ड र उपनिर्वाचनमा भाजपालाई धक्का « Khabarhub

आजका समाचार : प्रदेश सरकारले एमालेमा भाँडभैलो, साना दलको अर्को मोर्चा बन्दै, पत्रकारसँग भड्किए प्रचण्ड र उपनिर्वाचनमा भाजपालाई धक्का


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनीहरूले किसानका समस्या समाधान, युवालाई स्वदेशमै रोजगारी सिर्जना, आपसी सद्भाव कायम गर्न तथा मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गरेका हुन् ।

सांसद सम्झना देवकोटाले कोशी प्रदेशको सुनसरी र मधेस प्रदेशमा देखिएको साम्प्रदायिक तनाव न्यूनीकरणका लागि सरकार र स्थानीय तहले सक्रिय पहल गर्नुपर्ने बताइन् ।

उनले युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै समाजमा आपसी सद्भाव कायम गर्नतर्फ सरकार अग्रसर हुनुपर्ने बताइन् ।

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान

इञ्जिनियरको भूमिकामा पूर्वाधार विकास र गुणस्तर निर्भर रहन्छ : मन्त्री श्रेष्ठ

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच  भेटवार्ता

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

बागमतीको गाँठो नफुकेपछि ओ‌‌लीले सबै सांसदलाई गुन्डुमा झिकाए

नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा सत्ता साझेदारी गर्ने निर्णयले नेकपा एमालेभित्र एकपछि अर्को कलह जन्माएको छ। एमाले अध्यक्ष ओलीले कोशी र लुम्बिनीका मुख्यमन्त्री फेर्ने तथा बागमतीमा दलका नेता जगन्नाथ थपलियाको विकल्प खोज्ने निर्णयले तनाव बढाएको हो।

कोशीमा ओलीले प्रदेश इन्चार्जसमेत रहेका सचिव शेरधन राईलाई आफ्नो कारिन्दाका रुपमा खटाएर मुख्यमन्त्री हिक्मत कार्कीलाई हट्न दबाब बढाइरहेका छन् ।

तर कार्कीले भने आफू निर्विकल्प नरहे पनि वर्तमान परिवेशमा पार्टीलाई एकताबद्ध गर्ने काम गर्ने बताए । उनले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बनेको सरकार भएकाले यसलाई दृष्टिगत गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

सोमबार एमालेका सांसदहरूको छलफल कार्यक्रममा २९ जना प्रदेश सांसदहरू सहभागी थिए । एमालेका कोशी प्रदेशमा उपसभामुख सहित ४० जना प्रदेश सांसद रहेका छन् ।

उता बागमतीमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलको साथ पाएर मुख्यमन्त्री बन्ने दौडमा रहेका संसदीय दलका नेता जगन्नाथ खतिवडालाई तनाव भएको छ।

कोशीमा हिक्मत हटाउन शेरधन कार्ड खेलाउँदै ओली, धमाधम सांसद फकाउँदै

मधेशमा बढ्दो धार्मिक तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामा प्रश्न

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

जागरण अभियान सञ्चालन गर्दै एमाले

अध्यक्षले दिएको निर्देशन कार्यान्वयन गर्छौँ : शेरधन राई

पत्रकारको प्रश्नले रिसाएका प्रचण्डले भने : मरेपछि स्थिरता हुन्छ
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सोमबार २४ औँ बोद्ले स्मृति दिवस कार्यक्रममा सहभागी हुन पुगे ।

अन्य कम्युनिस्ट पार्टीका नेताहरू पनि सहभागी उक्त कार्यक्रममा पुगेका प्रचण्डलाई पत्रकारले घेरा हाले ।

काठमाडौंको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा केही पत्रकारमध्ये एकजनाले चर्को स्वरमा प्रचण्डलाई प्रश्न गर्न थाले ।

‘प्रचण्डजी सुन्नुस्न यो जहिले पनि एमाले, कांग्रेस, माओवादी‘ केही बेर अल्मलिँदै , एमाले, कांग्रेस, माओवादीमा जानु हुन्छ जहिले पनि, तपाईं कहिले स्थिर हुनुहुन्छ ?’

सम्भवत ती पत्रकारको यो प्रश्नले प्रचण्डलाई रिस उठेको हुनसक्छ । त्यसपछि उनी अनुहारो भाव विगार्दै पछाडि फर्किएर जवाफ दिन्छन्, ‘मरेपछि’। त्यसपछि प्रश्न सोध्ने पत्रकार गलल्ल हाँस्न थाल्छन् ।

कांग्रेसद्वारा विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली गठन

कांग्रेस संसदीय बैठक : सुनसरीलगायतका घटनाको न्यायिक छानबिनको माग

जनार्दनको पहलमा छुट्टै राजनीतिक मोर्चा : उपेन्द्र, प्रभु, सीके र रेशमसमेत जोडिँदै

१५ बुँदे माग राख्दै वीर अस्पतालका नर्स आन्दोलित

विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौँ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चितता, श्रम शोषणको अन्त्य लगायतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाइ जीवनमा जोखिम, नर्सिङ सुधारको स्पष्ट रोड म्याप, नर्स बचाऔँ स्वास्थ्य बचाऔँ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

माइतीघर डुबान समस्या : दीर्घकालीन समाधानको खोजी गरिँदै

मधेसमा चहलपहल बढ्दै

तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दस वर्षमा बनेन

बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता

सुनकोशीमा कार खस्दा तीन जना बेपत्ता, खोजी गर्न गोताखोर परिचालन

कक्रोचको बलमा जनसुराजले उठायो टाउको

भारत बिहार राज्यको बाँकीपुरमा भाजपाको गढ भत्काउँदै वैकल्पिक राजनीतिक दल जनसुराज पार्टीका संस्थापक प्रशान्त किशोरले सहज जित हासिल गरेका छन् ।

गत जुलाई ३० मा सम्पन्न उपनिर्वाचनको मतपरिणाम अनुसार सबै ३२ चरणको मतगणना सकिँदा किशोरले ६४ हजार १५१ मत प्राप्त गर्दै भाजपा उम्मेदवार नीरज कुमार सिन्हालाई पराजित गरेका हुन् । सिन्हाले कुल ४४ हजार ८२७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, राष्ट्रिय जनता दल (आरजेडी) की रेखा कुमारी तेस्रो स्थानमा छिन् । उनले १४ हजार २७२ मत ल्याएकी छिन् ।

बाँकीपुरलाई भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनको परम्परागत निर्वाचन क्षेत्र मानिन्छ । उनी यस क्षेत्रबाट लगातार पाँच पटक विधायक निर्वाचित भएका थिए ।

पीके भनेर चिनिने प्रशान्त किशोरको जितलाई भारतमा हालै भएको ककरोच आन्दोलनसँग पनि जोडेर हेरिएको छ । परम्परागत राजनीतिक दलभन्दा फरक विषयलाई राजनीतिक मुद्दा बनाउँदै आएको जनसुराज पार्टीले सुशासन र सामाजिक न्यायको पक्षमा तथा भ्रष्टाचार र राजनीतिक विरोधमा अभियान सञ्चालन गर्दै आएको छ ।

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

सैन्य ‘कू’ पछि पहिलो पटक आङ साङ सुकीको फोटो सार्वजनिक (तस्बिरहरु)

भाजपालाई धक्का : बिहारको बाँकीपुरमा प्रशान्त किशोरको जित निश्चितप्रायः

अष्ट्रेलियामा बर्डफ्लुका कारण समुद्री चरा मरे

जन्तर-मन्तरमा कक्रोचको प्रदर्शन : विद्यार्थीविरुद्ध मुद्दा नचलाइने, २७ सयभन्दा बढीको जाहेरी यथावत

ट्रम्पको ‘शान्ति योजना’ सार्वजनिक भएकै समय गाजामा इजरायली आक्रमण: १९ जनाको मृत्यु



















प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ७ : ५९ बजे

नुवाकोटका आईटी अधिकृत एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं – नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र

सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

कायरो – सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी

साउनको तेस्रो सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

काठमाडौं – यस वर्षको साउनको तेस्रो सोमबार आज लाखौँ भक्तजनले

सुडानी सेनाको ड्रोन आक्रमणमा ३५ जनाको मृत्यु

कायरो- सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी सेनाले गरेको