आजका समाचार : मनोजकुमार शर्मा नयाँ प्रधानन्यायाधीश, सांसदको बायोमेट्रिक विवरण संकलन, सरकारविरुद्ध सुकुम्वासी संगठित हुँदै र चुनावपछि पश्चिम बंगालमा तनाव चुलियो « Khabarhub

आजका समाचार : मनोजकुमार शर्मा नयाँ प्रधानन्यायाधीश, सांसदको बायोमेट्रिक विवरण संकलन, सरकारविरुद्ध सुकुम्वासी संगठित हुँदै र चुनावपछि पश्चिम बंगालमा तनाव चुलियो


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस
प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपरान्ह बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा डा। मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ।

वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै शर्माले देशको न्यायिक क्षेत्रको नेतृत्व गर्न लागेका हुन् । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहको निर्देशनमा बोलाइएको बैठकमा सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको हो

अब शर्मा संसदीय सुनुवाइ छिचोलेपछि प्रधानन्यायाधीशमा बहाल हुनेछन् । यस बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी सहभागी थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मंगलबार जारी गरेलगत्तै परिषदको बैठक बोलाइएको हो ।

कीर्तिपुर हत्या प्रकरण : प्रहरीले सार्वजनिक गर्‍यो तीन आरोपी

पूर्वअर्थमन्त्री कार्कीसहितविरुद्ध भ्रष्टाचार मुद्दा, तीन अर्ब ६२ करोड बिगो मागदाबी

संघीय संसदमा अब विद्युतीय हाजिरी, सांसदको बायोमेट्रिक विवरण संकलन गर्न सुरु
संघीय संसद् सचिवालयले विद्युतीय हाजिरी प्रयोजनका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरेको छ ।

संघीय संसद् अन्तर्गत विभिन्न बैठकहरूमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि संसद् सचिवालयले बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरेको हो ।

संसद् बैठक र संसदीय समितिमा यसअघि कागजी हाजिरी गर्ने गरिएकोमा अव भने विद्युतीय हाजिरी प्रणाली सुरु गरिने समेत संसद् सचिवालयले जनाएको छ ।

बायोमेट्रिक विवरणसँगै सांसदहरूको औपचारिक तस्बिर खिचिने भएकाले सांसदहरूलाई औपचारिक पोसाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन समेत सचिवालयले अनुरोध गरेको छ ।

सांसदहरूको बायोमेट्रिक विवरण संकलन गर्ने कार्य बैशाख २८ गतेसम्म जारी रहने सचिवालयले जानकारी दिएको छ ।

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

मिडिया ट्रायल भयो, कानुनी उपचार खोज्छु : पूर्वसञ्चारमन्त्री खरेल

लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरूको आग्रह

सिंहदरबारमा संवैधानिक परिषद् बैठक, नयाँ प्रधानन्यायाधीशको टुङ्गो लगाउँदै

१६ युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन सरकारले थाल्यो नयाँ पहल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागिएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले श्रम सम्झौताका लागि मन्त्रालयबाट पहल गर्दा सम्बन्धित देशबाट जवाफ आउन ढिलाइ भएकाले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागिएको बताएका हुन् । उनले अहिले १३ देशसँग मात्रै द्विपक्षीय श्रम सम्झौता भए पनि १७८ देशमा नेपाली श्रमिकहरू रहेको उल्लेख गरे ।

मन्त्री यादवले वैदेशिक रोजगार प्रक्रियामा भइरहेको आर्थिक ठगी र श्रम शोषण नियन्त्रण गर्ने प्रयास भइरहेको बताए । श्रमका लागि विभिन्न देशमा जाने नागरिकमध्ये ४८ प्रतिशतले व्यक्तिगत श्रम स्वीकृति लिने गरेको उनले बताए।

मन्त्री यादवले विभिन्न देशमा महिला घरेलु श्रमिकहरू गैरकानूनी बाटोबाट जाने गरेकाले समस्या पर्दा राज्यले केही गर्न नसकेको उल्लेख गरे । उनले पछिल्लो समय युद्धका कारण विदेशमा मृत्यु भएका श्रमिकहरूको शव ल्याउन केही ढिलाइ भएको भन्दै अव भने ढिलाइ नहुने स्पष्ट पारे ।

नेपाली वामपन्थको भविष्य चुनावी परिणामले नभइ जनसम्बन्धले निर्धारण गर्छ : शंकर पोखरेल

संघीयता खारेज गर्न सरकारलाई एमाले नेता बास्कोटाको सुझाव

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय सांस्कृतिक दूतमा फु छियाङ नियुक्त

स्वास्थ्य प्रतिष्ठानमा निमित्त निर्देशक नियुक्त

साझा प्रकाशनलाई पूर्ववत् अवस्थामा ल्याउन माग

बुटवलमा सुकुम्वासीको विरोध प्रदर्शन, सरकारविरुद्ध नाराबाजी
भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बस्तीमाथि राज्यले डोजर आतंक मच्चाएको भन्दै बिहीबार बुटवलमा विरोध प्रदर्शन भएको छ । राज्यले डोजर आतंक मच्चाएको भन्दै नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबास संघर्ष समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरूले हाम्रो कर वैध, हाम्रो मत वैध, हामी कसरी अवैध बालेन सरकार भन्दै नाराबाजी गरेका थिए । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको विरोध र्‍याली ट्राफिक चोक पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा संघर्ष समितिका सल्लाहकार विरेन्द्र विकले कर र मत दिने नागरिकलाई अवैध बनाउने कार्य वर्तमान सरकारले गरेको बताए ।

उनले आफूहरूलाई अवैध भने वालेन सरकार पनि वैध हुन नसक्ने जिकिर गर्नुभयो । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बोसवासीमाथि डोजर चलाउन मत नदिएको भन्दै उनले आफूहरूको विषयमा गम्भीर हुन माग गरे।

सीमा नाकामा कडाइ गरिएपछि महोत्तरीमा तस्करी नियन्त्रण

हुरीबतास र चट्याङ बढेसँगै सतर्कता अपनाउन प्राधिकरणको आग्रह

कर्णालीका ७९ स्थानीय तहमा एक चौथाइ दरबन्दी रिक्त

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय सांस्कृतिक दूतमा फु छियाङ नियुक्त

मेचीनगरका कक्षाकोठामा दुर्व्यसन रोकथाम गर्ने अभियान 

तुइन खोलामा ढुंगो खसेर लाग्दा कारमा आगलागी, जलेर पूरै नष्ट

पृथ्वी राजमार्गअन्तर्गत नारायणगढ–मुग्लिङ सडक खण्डमा बुधबार दिउँसो कारमा आगलागी हुँदा क्षतिग्रस्त भएको छ। घटनामा मानवीय क्षति भने नभएको चितवन प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार बिहीबार दिउँसो करिब ३:१५ बजे तुइन खोला क्षेत्रमा नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको बीएडी ४०१४ नम्बरको कारमा सडक माथिबाट ढुंगा खसेर पेट्रोल ट्याङ्कीमा लागेपछि आगलागी भएको हो।

ढुंगा खस्ने क्रम निरन्तर रहेको उक्त स्थानमा कारमा आगो लागेपछि तत्काल निभाउने प्रयास गरिएको थियो। आगलागी करिब १५स्३५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

घटनामा कार पूर्ण रूपमा क्षति भए पनि मानवीय हानी नभएको र सडक अवरोध नदेखिएको बताइएको छ। कार घटनास्थलमै रहेका छन् । अहिले कार हटाउने प्रक्रिया भइरहेको छ।

मेचीनगरका कक्षाकोठामा दुर्व्यसन रोकथाम गर्ने अभियान 

हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार

खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

दुई दिनअघि थुनाबाट छुटेका थिए कीर्तिपुरमा विपिनलाई चक्कु हान्ने युवक !

सुन्धारा जेलबाट भागेका कैदी आठ महिनापछि काभ्रेबाट समातिए

म्याग्दीबाट इजाजत नभएका बन्दुक बरामद

तमिल नाडुमा जितेका विजयलाई संकट, बहुमत जुटाउन नसक्दा राज्यपालले गराएनन् मुख्यमन्त्रीको शपथ
भारतको तामिल नाडू राज्यमा नयाँ सरकार गठनको विषय अझै अन्योलमा परेको छ। तमिळगा भेट्री कझगम ९टिभीके० प्रमुख विजयले कांग्रेसको समर्थनसहित सरकार गठनको दाबी पेश गरेका थिए । तर राज्यपाल आर। एन। रविले बहुमत पुष्टि नगरी शपथ ग्रहण हुन नसक्ने स्पष्ट पारेका छन्।

विजय बिहीबार फेरि राजभवन पुगेर राज्यपालसँग भेटवार्ता गरेका थिए। तर राज्यपालले केवल सबैभन्दा ठूलो दल हुनु मात्रै सरकार गठनका लागि पर्याप्त नहुने संकेत दिएका छन्।

राज्यपाल अहिले पनि आफ्नो अडानमा कायम छन् । विजयले पहिले विधानसभाभित्र स्पष्ट बहुमत देखाउनुपर्ने उनको मत छ।

२३४ सदस्यीय विधानसभा मा सरकार बनाउन ११८ सांसदको समर्थन आवश्यक पर्ने भएकाले उक्त संख्या पुष्टि गर्नुपर्ने राजभवनको धारणा छ।

गत अप्रिल २३ मा भएको विधानसभा निर्वाचनमा टिभीकेले १०८ सिट जित्दै सबैभन्दा ठूलो दल बनेको थियो। तर विजय स्वयम् दुई क्षेत्रबाट निर्वाचित भएकाले नियमअनुसार एक सिट छोड्नुपर्ने हुन्छ। त्यसपछि पार्टीको सीट संख्या १०७ मा झर्नेछ।

मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो

गाजामा भोकमरी र विस्थापनको संकट गहिरिँदै

वेस्ट ब्यांकमा इजरायली सेनाको गिरफ्तारी अभियान, १७ प्यालेस्टिनी पक्राउ

मध्यपूर्व संकटको प्रभावबीच सेबुमा आसियान बैठक

साउदी अरेबियाले एयर स्पेस नदिँदा एक दिनमै तुहियो ट्रम्पको ‘प्रोजेक्ट फ्रीडम’

ट्रम्प भन्छन् : सहमति हुन लाग्यो, इरानको जवाफ : अतिरञ्जित कुरा फैल्याइयो

इरानको अडान : परमाणु कार्यक्रमबारे कसैसँग कुनै वार्ता हुँदैन

ममता बेनर्जीलाई जसले हराए, उनैका पीएको गोली हानेर हत्या






















प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ८ : ०४ बजे

लिपुलेकबारे वार्तामा बस्न भारत तयार, चीनले दिएन कुनै प्रतिक्रिया

काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्तामा बस्न

प्रधानन्यायाधीश सिफारिसबारे धारणा बनाउन बारले डाक्यो बैठक

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल

आफ्नो कारणले बदमान रामकृष्णलाई रविले यसरी लगाए मस्का

काठमाडौं – फिल्म निर्माता बनेका गायक रामकृष्ण ढकाल राष्ट्रिय स्वतन्त्र

सुदन न यता न उता

काठमाडौं- कोशी प्रदेशमा नेकपा माओवादीको नेताका रुपमा राम्रो प्रभाव बनाएका