आजका समाचार : जाँचबुझ आयोगको प्रतिवेदन चुनावको भोलिपल्ट आउने, ओली र बालेन दुवै झापाको चुनावी अभियानमा, मतपेटिका धमाधम जिल्लातिर र फिलिपिनो उपराष्ट्रपतिविरुद्ध महाभियोग « Khabarhub

आजका समाचार : जाँचबुझ आयोगको प्रतिवेदन चुनावको भोलिपल्ट आउने, ओली र बालेन दुवै झापाको चुनावी अभियानमा, मतपेटिका धमाधम जिल्लातिर र फिलिपिनो उपराष्ट्रपतिविरुद्ध महाभियोग


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सरकारले तेस्रो पटक थप्यो जाँचबुझ आयोगको म्याद

सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । अहिले सम्म म्याद तीन पटक थपिएको छ ।

मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता अर्यालले जानकारी दिए ।

सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित

‘संविधान कार्यान्वयनका लागि कानुन निर्माण सरकारको प्राथमिकतामा’

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

एसियाली खेलकुद लक्षित प्रशिक्षणलाई निरन्तरता दिन प्रधानमन्त्री कार्कीको निर्देशन

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि विभिन्न आरोप लगाउने गरेको बताएका छन् ।

सोमबार झापाको गौरीगञ्जमा स्थानीय मतदातासँग छलफलका क्रममा अध्यक्ष ओलीले भदौ २३ र २४ गते जेन(जीहरूको आन्दोलनमा आपराधिक तत्व घुसेर विध्वंस मच्चाएको बताए ।

तिनै आपराधिक तत्वहरूले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरेको पनि उनले बताए।

तत्कालीन प्रधानमन्त्रीको हैसियतमा आफूले कसैलाई गोली चलाउन आदेश नदिएको दोहोर्‍याउँदै अध्यक्ष ओलीले संसद् भवन, सिंहदरबार जलाउने कोसिस गरेर प्रहरीलाई गोली चलाउने वातावरण आपराधिक तत्वले नै बनाएको धारणा राखे।

झापा ५ मा ‘गुइँठा’को राजनीति !

लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादी चलखेल नेपालमा पनि देखियो : प्रचण्ड

प्रचण्डले रास्वपालाई भने : साम्राज्यवादले लगानी गरेका पपुलिस्टहरू सामाजिक सञ्जालमा स्टन्ट गर्दैछन्

राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत

सनम हत्या प्रकरण : सुन तस्करीका मुख्य नाइके गोरेलाई थप १० वर्ष कैद सजाय

जादु गरेजस्तो गरेर पूर्वाधारको समस्या समाधान हुँदैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले अबको पाँच वर्षमा पूर्वाधार विकासमा अर्थतन्त्रको नयाँ मोडल प्रयोग गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा सक्रिय थापाले जादु गरेजस्तो पूर्वाधारणको समस्या समाधान नहुने भन्दै यस्तो बताएका हुन् । थापाले ठेक्का तोडेर जादु गरेजस्तो गर्दा पूर्वाधारको समस्या समाधान नहुने भन्दै यस्तो बताएका हुन् ।

‘हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ। यसले विकासको लागत त बढाएको छ’, उनले भनेका छन्, ‘सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता हो।’

उनले पूर्वाधार समयमै बनाउने योजना सुनाउँदै पाँच वर्षमा नेपालले परिवर्तन गर्न सक्छ भन्ने उदाहरण कांग्रेसले पेश गर्ने बताए ।

यस्तो छ बागलुङ–१ को चुनावी गणित

सनम हत्या प्रकरण : सुन तस्करीका मुख्य नाइके गोरेलाई थप १० वर्ष कैद सजाय

क्षमताभन्दा बढी ढुवानी गर्ने सवारीमाथि कारबाही गर्न यातायात व्यवसायी महासंघको माग

प्रतिनिधिसभा सदस्य निर्वाचन : रोचक बन्दै मकवानपुर २ को चुनावी माहौल

प्रतिनिधिसभा निर्वाचन : रुपन्देही–३ मा ३६ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै

निर्वाचन सामग्री धमाधम जिल्लातिर

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपेटिका लगायतका सामग्री ढुवानी गरिरहेको छ ।

आयोगले अघिल्लो हप्ताबाट नै मतपेटिका लगायतका सामाग्री ढुवानी सुरु गरेको हो ।

आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गरिने बताएको छ ।

नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिममा 

बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

दललाई जनतामुखी घोषणापत्र बनाउन सुझाव

नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या उच्च, किशोरमै लत लाग्ने प्रवृत्ति बढ्दो

बिहानदेखि धुम्म काठमाडौंको आकाश दिउँसो केही खुल्यो

जलाइएको सिंहदरबार अगाडि भारतले दिएका गाडी (तस्बिरहरू)

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा छ वर्षको जेल सजाय
इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई छ वर्षको जेल सजाय सुनाएको छ ।

वकिल मुस्तफा निलीले भनेका छन्, “सरकारविरोधी प्रदर्शनमा भेला गर्ने र अपराध गर्ने अभियानमा सहभागी भएको आरोपमा छ वर्षको जेल सजाय सुनाइएको छ ।’’

मोहम्मदीलाई प्रचार गतिविधिको लागि डेढ वर्षको थप जेल सजाय पनि सुनाइएको छ र उनलाई दुई वर्षको लागि दक्षिण खोरासानको पूर्वी प्रान्तको खोस्फ शहरमा जानबाट प्रतिबन्ध लगाइएको लगाइएको छ ।

इरानी कानुनअनुसार जेल सजाय र यो प्रतिबनध सँगै लागु हुनेछन् ।

चुनावी जितलाई रूढीवादी एजेन्डामा रूपान्तरण गर्दै ताकाइची

लिबियामा १४० जना अवैध आप्रवासीलाई निर्वासन

डुटेर्टेविरुद्ध तेस्रो महाभियोग दर्ता

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एपस्टेन पीडितप्रति वेल्स दम्पतीको चिन्ता

पाकिस्तानमा पोलियो विरोधी अभियान : चार करोड बालबालिकालाई लगाइयो खोप 

जर्मन युनियनको आग्रह : स्वदेशी लडाकू जेट विकास गर्नुपर्ने

प्रमुख ऐतिहासिक मामिलामा विवेकपूर्ण हुन जापानसँग चीनको आग्रह





















प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ७ : ५० बजे

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु