नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा उपस्थित नेता, कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै सभापति थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहीताका रूपमा लिएको भन्दै नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका हुन् । महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उल्लेख गर्दै सभापति थापाले अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाफदेहिता बढाउनुपर्ने धारणा राखे ।

उनले अहिले नागरिक र कांग्रेसबीचको विश्वास टुटेको उल्लेख गर्दै त्यसलाई पुनःस्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । महाधिवेशनबाट पारित प्रतिवेदनहरू अध्ययन गर्न एक साताको समय दिइएको जानकारी दिँदै थापाले सबैको सुझाव प्राप्त भएपछि पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना बनाइने बताए ।
कांग्रेसलाई विगतमा व्यक्तिगत फाइदा लिनेहरूको स्वार्थभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रको मान्यताअनुसार अघि बढाउनुपर्ने उनले बताए । सभापति थापाले मतगणनाको अन्तिम परिणाम आएसँगै जित्नेले सबै कुरा पायो र हार्नेले गुमायो भन्ने परिभाषालाई बदल्नुपर्ने र जित–हारको कुरा सकिनुपर्ने उल्लेख गरे ।
नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी
प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई
निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश
गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’
गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म
सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ।
मन्त्रालयले नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा प्रयोग भइरहेका नेलिस, एलआरएमआईएस तथा मेरो कित्ता व्यवस्थापनका लागि खरिद गरिएका हार्डवेयर र सफ्टवेयरको वास्तविक अवस्था अध्ययन गर्न समिति गठन गरेको हो। मन्त्रालयको २०८३ भदौ २३ गतेको निर्णयअनुसार गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

समितिले खरिद गरिएका हार्डवेयर तथा सफ्टवेयरको वास्तविक अवस्था, प्रयोग, गुणस्तर र उपयोगिताबारे अध्ययन गर्नेछ। मन्त्रालयका सहसचिव धोलकराज ढकालको संयोजकत्वमा गठित समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना प्रविधि निर्देशक प्रतिनिधि, मन्त्रालयका उपसचिव देवेन्द्र सापकोटा, उपसचिव रामचन्द्र रेग्मी, लेखा अधिकृत दिगम्बर रिजाल र शाखा अधिकृत लोकमणि खनाल सदस्य छन्।
कम्प्युटर इन्जिनियर दुबेश श्रेष्ठ सदस्य सचिव रहेका छन्। समितिलाई हार्डवेयर तथा सफ्टवेयर खरिदसम्बन्धी सम्पूर्ण विवरण र कागजात अध्ययन गर्ने जिम्मेवारी दिइएको छ।
सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ
स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह
बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश
बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने
शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल
एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन दिनसम्म चलेको उक्त बैठकले १३ जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ ।
मनोनयन हुनेहरूमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडेरिया विष्ट (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी(पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथ प्रसाद साह (सिराहा), तेजमान कन्दङ्वा (तेह्रथुम), टंक आङ्बुहोङ (ताप्लेजुङ), नविन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी ९रुपन्देही० छन् ।
पार्टीका महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस वक्तव्यअनुसार, बैठकले साङ्गठनिक सुदृढीकरण र विभिन्न तहका अधिवेशन तथा भेलाहरू आयोजना गर्ने तालिका समेत निर्धारण गरेको छ ।

जसअन्तर्गत पार्टीका वडास्तरका कमिटीहरूको अधिवेशन आगामी मङ्सीर २६ गते र नगर तथा गाउँपालिका तहका कमिटीहरूको अधिवेशन पुस ४ गतेभित्र सम्पन्न गर्ने निर्णय गरिएको छ । यसैगरी, आगामी मङ्सीरको पहिलो साता राष्ट्रिय भेला आयोजना गरिनेछ, जसमा प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहनेछ।
पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेलाहरू समेत आयोजना गरिने जानकारी दिइएको छ। बैठकले मधेस प्रदेश सभामा पार्टीका सभासद जैनब खातुनको निधन भएकाले समानुपातिकतर्फको उक्त रिक्त स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा सिफारिस पठाउने निर्णय गरेको छ।
आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला
निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति
कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास
धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँतर्फ खाद्यान्न बोकेर हिँडेका मालवाहक गाडी र यात्रुवाहक बस अलपत्र परेका छन् ।
राजमार्ग अवरुद्ध हुँदा चालक तथा सहचालकहरू भरतपुरको केन्द्रीय बसपार्क अगाडिको मुख्य सडकमै खाना पकाएर बस्न र रात बिताउन बाध्य भएका छन् ।

बडादसैँ नजिकिँदै गर्दा चामललगायत अत्यावश्यक खाद्य सामग्री बोकेका गाडी लामो समयदेखि रोकिएका छन् । भरतपुरको मुख्य सडकमा मालवाहक गाडीको लामो लस्कर लागेको छ ।
शुक्रबार रातिदेखि रोकिएका चालक विशाल राजपुतका अनुसार सडक अवरुद्ध हुँदा खाद्यान्न समयमै गन्तव्यमा पुर्याउन समस्या भएको छ । चालक तथा सहचालकले सडकछेउमै चुल्हो बालेर खाना पकाउने र रात बिताउने गरेका छन् ।
पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास
जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु
पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय
घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू)
पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध
भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ
भारतमा दर्जनौँ विपक्षी नेताहरू पक्राउ परेका छन् । प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै राजधानीमा प्रदर्शन चलिरहेका बेला विपक्षी नेताहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, केरलाका पूर्वमुख्यमन्त्री पिनरायी विजयन्, दिल्लीका पूर्वमुख्यमन्त्री अरवीन्द केजरीवाल समेत छन् ।
यसका साथै तृणमूल कांग्रेसका नेताहरु डेरेक ओब्रायन, डोला सेन र अरु सदस्यहरु पनि पक्राउ परेको पीटीआईले जनाएको छ । उनीहरुलाई साउथ एभिन्यूबाट पक्राउ गरिएको हो ।

त्यसैगरी, वृन्दा कराट र एमए बेबीसहित भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका अरु नेताहरु पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी–लिबरेशनका नेता दिपाङ्कर भट्टाचार्य, राजनीतिक अभियन्ताहरु प्रशान्त भूषण र योगेन्द्र यादव समेत छन् । त्यस्तै, अखिल भारतीय विद्यार्थी संघकी नेतृ नेहा बोरालाई पनि पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतमा ६० जना कानुन व्यवसायी पक्राउ
मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो
प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने
भारतीय युट्युबर ध्रुव राठी पक्राउ
ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त
इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह
भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा














प्रतिक्रिया