सरकारका काम सोचविचारपूर्ण छन्, दुखमनाउ गर्नुपर्दैन : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले चालेका कदमहरू योजनाबद्ध र सोचविचारपूर्ण रहेको दाबी गरेका छन् । ललितपुरमा आइतबार आयोजित पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको कार्यशैलीप्रति पूर्ण भरोसा प्रकट गरे ।
सभापति लामिछानेले अहिलेसम्म सरकारका कामबाट दुखमनाउ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरे । सम्बोधनका क्रममा लामिछानेले सांसदहरूलाई कुनै पनि संकोच नमानी निर्धक्क भएर काम गर्न आग्रह गरे । सरकारका कामका कारण क्यामेरा देख्दा भाग्नुपर्ने परिस्थिति सिर्जना नभएको उनको तर्क थियो ।

सुकुम्वासीको उठिबासबारे रविको टिप्पणी : सरकारको काम राम्रो छ, अतिरञ्जित गरेर मान्छे नउचाल्नू
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले अनावश्यक विषयहरूलाई धेरै उचालेर आमनागरिकमा आशंका पैदा नगर्न आग्रह गरेका छन् ।
पार्टीले सांसदहरूका लागि आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको आइतबार ललितपुरमा समापन गर्दै सभापति लामिछानले यस्तो बताएका हुन् ।
वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बनाएको डेढ महिनायता थिति बसाल्ने अभियानमा आफूहरू रहेको भन्दै अनावश्यक विषयलाई धेरै उचालेर आमनागरिकमा आशंका पैदा नगर्न राजनीतिक दलहरूलाई आग्रह गरे ।
कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँ : सभापति लामिछाने
मौन बस्ने प्रधानमन्त्रीको गल्ती चोख्याउन अपजसको भारी बोक्दै सभापति
जीवनी होइन इतिहास लेख्न राजनीतिमा आएको हुँ : सभापति लामिछाने
प्रधानमन्त्री बालेनसँगको सहकार्य दीगो हुन्छ : सभापति लामिछाने
प्रधानन्यायाधीशको चयन विधि गलत भए बहस गरौँ : लामिछाने
रास्वपा सांसदहरूलाई पढाउन रवि स्टाफ कलेज पुग्दा… (तस्बिरहरू)
सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने
सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले बताए । नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उनले जानकारी दिए ।
उक्त धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ । राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न ३ः४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ ।
मधेशका चार दलको निर्णय : कांग्रेसकै सरकारलाई निरन्तरता दिने
सत्तारूढ चार दलले मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेका छन् । आइतबार सत्तारुढ चार दलले यही सरकारलाई निरन्तरता दिँदै वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनुपर्ने निर्णय गरेका हुन् ।
उनीहरूले साझा विज्ञप्तिमार्फत् यथाशीघ्र चाँडो मुख्यमन्त्री यादवले विश्वासको मत लिने पनि निर्णय गरेको जनाएका छन् । कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो ।
गत वैशाख २२ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने भएको हो ।
प्रचण्डको चिन्ता : नेपालका कम्युनिस्टलाई सखाप पार्न ठूलो डिजाइन हुँदैछ
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्टहरूको आधार सिद्याउने योजना भइरहेको बताएका छन् ।
आइतबार नेकपा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित २६ औँ निर्मल लामा स्मृति सभामा प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरू निकै ठूलो डिजाइनअन्तर्गत लागिपरेको बताएका हुन् ।

गत निर्वाचनमा कम्युनिस्टहरूलाई सखाप पार्ने रणनीतिअन्तर्गत भएका पर्दाभित्रका खेलहरु बिस्तारै बाहिर आउने उनले बताए।
अध्यादेशबाट हटाइए पुराना, तर सरकारसँग छैन नयाँ ल्याउने नयाँ तरिका
सुकुम्वासी समस्याको दीर्घकालीन समाधान आवश्यक छ : अध्यक्ष घिसिङ
वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय
यातायात व्यवसायी महासंघको महाधिवेशन पोखरामा सुरु
अभिनय छाडेर राजनीतिमा होमिएको दुई वर्षमै विजय बने तमिलनाडुका मुख्यमन्त्री
तमिलगा भेत्री कडगम (टीभीके) का प्रमुख तथा अभिनेताबाट राजनीतिज्ञ बनेका सी. जोसेफ विजय तमिलनाडुको नवौँ मुख्यमन्त्री बनेका छन्। उनले आइतबार तमिल भाषामा पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ ग्रहण कार्यक्रममा कांग्रेस नेता राहुल गान्धी पनि उपस्थित थिए।

शपथ लिने क्रममा विजयले निर्धारित पाठभन्दा बाहिर गएर बोल्न थालेपछि राज्यपाल आरिफ मोहम्मद खानले रोक्दै लिखित पाठ मात्रै पढ्न आग्रह गरे। विजयसँगै अन्य ९ मन्त्रीले पनि शपथ लिएका छन्।
उनीहरूमा एन आनन्द, आधव अर्जुन, डा. केजी अरुणराज, केए सेंगोट्टैयन, पी. वेङ्कटरमणन, आर. निर्मलकुमार, राजमोहन, डा. टीके प्रभु तथा सेल्वी एस. कीर्तना रहेका छन्।
मुख्यमन्त्री बनेपछि विजयको सम्बोधन : धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित नयाँ युग सुरू भयो
अमेरिका पक्षधर देशले हर्मुजमा कठिनाइको सामना गर्नुपर्ने इरानको चेतावनी














प्रतिक्रिया