विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार
विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद् टोल–फ्री नम्बर ११४९ लाई रूपान्तरण गरी १२३४ नम्बर सञ्चालनमा ल्याइएको हो । नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाबाट १२३४ मा गरिएको फोन राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, सिंहदरबारमा पुग्नेछ भने अन्य ७४ जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा स्वतः ‘राउटिङ’ हुने व्यवस्था मिलाइएको छ ।

मन्त्रालयका अनुसार विपद्सम्बन्धी सूचना, समस्या, गुनासा तथा सुझावका लागि नागरिकले अब आफ्नै जिल्लाको आपत्कालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्नसक्ने भएकाले उद्धार, समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले शासकीय सुधार कार्यसूचीअनुसार नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्दै नागरिक सेवालाई परिणाममुखी, जवाफदेही र प्रभावकारी बनाउने नीति लिएको थियो । सोही नीतिअनुसार सबै ७७ जिल्लाका आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान
तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर
जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही
ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेजी भएको जनाएको छ ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०८२–८३ का लागि २०८२ चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकामा सो अवधिभित्र नवीकरण नगरेका ४४ वटा निर्माण व्यवसायीको इजाजतपत्र स्वतः खारेजी भएको सूचनामा उल्लेख गरिएको छ ।

मन्त्रालयले सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम स्वतः खारेज भएको सूचनामा उल्लेख गरिएको छ । मन्त्रालयले सोही ऐनको दफा ७(४) प्रयोजनाको लागि मन्त्रालयको सचिवस्तरको गत असार १७ गतेको निर्णयानुसार सूचना प्रकाशन गरेर जानकारी दिएको हो ।
गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे
विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन
पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
राष्ट्र बैंकको निर्देशन- निष्क्रिय खाता घटाउने कार्ययोजना लागू गर्नू
विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण
ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा
डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा
सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

डुबानबाट प्रभावित सुकुम्वासीहरूको अवस्था बुझ्न त्यसतर्फ गएका अन्सारी र उनको टिमलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले लछारपछार गर्दै उनलाई जबरजस्ती प्रहरी भ्यानमा हालेर लगेको थियो ।
घटनाप्रति नेपाल जेन-जी मुभमेन्ट अलायन्सले आपत्ति जनाएको छ।
कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)
बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु
कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)
सिनामङ्गल–बानेश्वर क्षेत्रमा वाग्मती सफाइ, दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)
अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन
आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग गर्दै उनका आफन्त, साथीभाइ तथा समर्थकहरूले शनिबार वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा गणेश नेपालीलाई न्याय दिलाउन सरकारसँग माग गरेका थिए।

प्रदर्शनमा मुगुका पूर्व दलित सभासदहरू, फिल्म निर्देशक मिनभान बानलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।
प्रदर्शनका क्रममा सहभागीहरू सडकतर्फ जान खोजेपछि नेपाल प्रहरीले रोक्ने प्रयास गरेको थियो। त्यस क्रममा केहीबेर प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको थियो। पछि प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि प्रदर्शन शान्तिपूर्ण रूपमा जारी रहेको थियो।
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन
काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी
समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित
सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण
माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन
१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर
इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै अमेरिकी सेना त्यसका लागि तयार रहेको र इरानलाई लक्षित गरी प्रहार गर्न एक हजार क्षेप्यास्त्रहरू पूर्ण तयारी अवस्थामा राखिएको बताएका छन् ।
सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले इस्लामिक गणतन्त्र इरानमाथि क्षेप्यास्त्रहरू ताकेर पूर्ण तयारी अवस्थामा राखिएको बताए।

यदि इरानी सरकारले विश्वका विभिन्न स्थानमा व्यक्त गरेको(संयुक्त राज्य अमेरिकाका बहालवाला राष्ट्रपति को हत्या गर्ने वा हत्याको प्रयास गर्ने(धम्कीलाई कार्यान्वयन गर्यो भने, त्यसको लगत्तै हजारौं थप क्षेप्यास्त्रहरू प्रहार गरिने उनले बताए।
यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकाले समझदारी पत्रको उल्लंघन गरेको आरोप लगाए ।
कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु
न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति
भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु
म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित
आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी












प्रतिक्रिया