आजका समाचार : खरिपाटीकाका सुकुम्वासी फकाउन मन्त्रीहरूको लर्को, ओमान, बहराइन र जोर्डनमाथि इरानको आक्रमण र विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रा टुंगियो « Khabarhub

आजका समाचार : खरिपाटीकाका सुकुम्वासी फकाउन मन्त्रीहरूको लर्को, ओमान, बहराइन र जोर्डनमाथि इरानको आक्रमण र विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रा टुंगियो


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

सरकार प्रश्नै प्रश्नले घेरिएपछि बालेन आफैं पुगे रवि निवास

प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेबीच आइतबार चार घण्टा लामो वार्ता भएको छ।

काठमाडौंको बूढानीलकण्ठस्थित लामिछानेको निवासमा उनीहरूबीच चार घण्टासम्म वार्ता भएको हो।

आइतबार दिउँसो भएको भेटवार्तामा प्रधानमन्त्री बालेन र लामिछानेबीच पछिल्लो राजनीति अवस्था, सुकुम्बासीको अस्तव्यस्त जीवन र मुलुकको पछिल्लो परिस्थितिबारे छलफल भएको बताइएको छ।

दुवैजनाको सचिवालयका सदस्यहरूले दिएको जानकारी अनुसार रविले वालेन्द्रलाई समय बदलिएकाले परिस्थिति नियालेर काम गर्नुपर्ने सुझाएका थिए ।

कीर्तिपुरबाट खरिपाटी लगिएका सुकुम्वासी फकाउन मन्त्रीहरूको लर्को

सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ: गृहमन्त्री

गणेश नेपाली प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

उता खरिपाटीमा सुकुम्वासी फकाउन आधा दर्जन मन्त्री, यता बूढानीलकण्ठको दैलोमा बालेन

सुकुम्वासी बालबालिकाको वर्तमान र भविष्य दुवै बर्बादीतिर

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

सुरुङ सञ्चालनअघि ‘मर्निङवाक’ गर्नेको रोजाइ बन्यो नागढुंगा-सिस्नेखोला लिंक रोड (तस्बिरहरू)

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वालेन्द्र शाह नेतृत्वको सरकारको आयु धेरै लामो नरहेको बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी खटाएर नियन्त्रणमा लिई भक्तपुरको ठिमीस्थित घरमा छाडिएका उनले यस्तो दाबी गरेका हुन् ।

प्रसाईंले शाह नेतृत्वको सरकार दशैँसम्म मात्रै टिक्ने दाबी गरे । आइतबार घरमै पत्रकार सम्मेलन गर्दै उनले यो सरकार जुन बाटो आएको त्यही बाटो जाने दाबी गरे ।

‘दशैँसम्म हेर तिमीहरू । दशैँसम्म टिकाओ । जुन बाटो आएको थियौ, त्यही बाटो जान्छौँ । जुन तरिकाले बम बारुदको धुलो र आगोको लप्का थियो नि, त्यही तरिकाले तिमीहरू जाँदैछौ’, उनले भने, ‘सिकाएको तिमीहरूले नै हो । अर्काको घरमा आगो लगाउन तिमीहरूले नै सिकाएका होइनौँ ?’

बाटोघाटोको व्यवस्था छैन, सर्वसाधारणमाथि चर्को जरिवाना थोपरेर मर्न बाध्य बनाइयो : दुर्गा प्रसाईँ

सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले दिए एक लाख सहयोग, दिए छोरीलाई पढाउने आश्वासन

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा पूर्णविराम लागेको छ । जारी विश्वकपको क्वार्टरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध गोल गर्न नसकेसँगै मेसीको लगातार ९ खेलको गोलको कीर्तिमान टुङ्गिएको हो ।

स्विट्जरल्यान्डविरुद्धको खेलमा अर्जेन्टिना २–१ ले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरे पनि मेसीले भने व्यक्तिगत गोल थप्न सकेनन् । खेलको १० औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गरेको गोलमा भने मेसीले नै पास (असिस्ट) मिलाएका थिए ।

इङ्ग्ल्यान्डको बराबरीमा टिभी केबलले भूमिका खेलेको भन्दै नर्वेका प्रशिक्षक रूष्ट

स्विट्जरल्यान्डलाई घर पठाउँदा अर्जेन्टिनाले बनायो अनेक कीर्तिमान

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका ११ भारतीयमध्ये १० जनाको उद्धार गरिएको छ भने एकजना अझै बेपत्ता रहेको भारतले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, ‘जीएफएस ग्यालेक्सी’ नामक व्यावसायिक जहाजमाथि आइतबार बिहान ओमानको तट नजिक आक्रमण भएको थियो । घटनापछि खोज तथा उद्धार अभियान जारी रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार जहाजमा रहेका ११ भारतीय नागरिकमध्ये १० जनाको सकुशल उद्धार गरिएको छ भने एकजनाको अवस्था अझै अज्ञात छ । अमेरिकी सेन्ट्रल कमान्डले जहाजमाथिको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराउँदै आगलागी र इन्जिन कक्षमा पुगेको क्षतिका कारण जहाज सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको जनाएको छ ।

पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह

कतारका पूर्वअमिरको निधन

प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ८ : ०५ बजे

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले

गोदावरी नदीबाट एक जनाको उद्धार

कैलाली – कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले

जनता सडकमा ओर्लिसक्दा किन एक बचन बोल्दैनन् रवि ?

काठमाडौं- गत फागुनको चुनावी अभियानका क्रममा वालेन्द्र शाहलाई देखाउँदै राष्ट्रिय

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज – बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा