आजका समाचार : बालेनलाई इरानको बधाई, राजनीति उथलपुथलसहित गयो वर्ष ८२, कांग्रेसमा बढ्दो विवादबीच बोलाइयो बैठक र खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत « Khabarhub

आजका समाचार : बालेनलाई इरानको बधाई, राजनीति उथलपुथलसहित गयो वर्ष ८२, कांग्रेसमा बढ्दो विवादबीच बोलाइयो बैठक र खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

बालेनलाई बधाई दिँदै इरानी राष्ट्रपतिले भने- नेपालसँग सहकार्य विस्तार गर्न तयार छौँ
इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन् ।

गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका बालेनलाई सोमबार बधाई दिँदै पेजेश्कियनले दुई देशबीच समग्र सहकार्य विस्तार गर्न इरान तयार रहेको बताएका छन्। सोमबार प्रधानमन्त्री बालेनलाई पठाएको सन्देशमा राष्ट्रपति पेजेश्कियानले भनेका छन्, ‘इरान र नेपालबीच विगत ६ दशकदेखि कायम रहेको मित्रवत् सम्बन्धलाई हामी उच्च मूल्यांकन गर्छौं। यो सम्बन्ध सधैं आपसी सम्मान र साझा हितमा आधारित रहेको छ।’

उनले नेपालसँग आर्थिक, व्यापारिक, ऊर्जा, पर्यटन, कृषि र शैक्षिक क्षेत्रमा सहकार्य विस्तार गर्न इरान पूर्ण रूपमा तयार रहेको बताएका छन्।

राष्ट्रपति पेजेश्कियानले प्रधानमन्त्री वालेन्द्रलाई कार्यकालको सफलताको शुभकामना दिँदै नेपालका जनतालाई प्रगति र समृद्धिको कामना गरेका छन्।

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन स् परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति अझै तय नभइसकेको बताएका छन् ।

हिन्द महासागरसम्बन्धी सम्मेलनमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री खनालले यस्तो जानकारी दिएका हुन् ।

नयाँ सरकारका प्राथमिकता निर्धारण भइसकेपछि बल्ल प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण हुने उनले बताए । उनले दुबै देशको मन्त्रालयका प्राविधिक संयन्त्रहरुले काम पूरा गरिसकेपछि प्रधानमन्त्री शाहले भारत भ्रमण गर्ने बताए ।

प्रधानमन्त्रीमा नियुक्त हुनेबित्तिकै शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ सन्देशमै भ्रमणको निम्तो दिएको उल्लेख गरे ।

फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी

शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

सम्पत्तिबारे शंका गरिएपछि गृहमन्त्रीले भने : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन


कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने नभई व्यवस्थित र अद्यावधिक गर्ने अभियान सुरु गरिएको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनीहरूले पछिल्लो समय ‘क्रियाशील सदस्यता खारेज हुँदैछ’ भन्ने भ्रम फैलिएको भन्दै त्यसलाई असत्य र भ्रामक प्रचारको संज्ञा दिएका छन्।

पार्टीले सदस्यता प्रणालीलाई सुदृढ, पारदर्शी र प्रभावकारी बनाउन अद्यावधिक प्रक्रिया अघि बढाएको उनीहरूको भनाइ छ।

महामन्त्रीद्वयले यस अभियानले संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले नवीकरण प्रक्रियाले पार्टीभित्र अनुशासन, उत्तरदायित्व र एकता थप सुदृढ हुने बताएका छन् ।

विगतका अनुभवबाट सिक्दै यसपटक सदस्यता व्यवस्थापनमा प्रविधिको प्रयोग र प्रक्रियागत सुधार गरिएको पनि उनीहरूले बताएका छन्।

महामन्त्रीद्वयले सम्पूर्ण क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता अद्यावधिक गर्न तथा नयाँ सदस्यहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गर्दै संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।

गगनलाई पूर्णबहादुरको चुनौती : कुनै नेताको आवेगले कसैको क्रियाशील सदस्यता खारेज गर्न सक्दैन

कांग्रेस कार्यसम्पादन समिति बैठक वैशाख २ मा बस्ने

अब अधिवेशनतिर लागौँ, अदालततिर होइन : महामन्त्री पौडेल

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला
समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर भाडा नतिर्नेमाथि कारबाही सुरु गरेको छ ।

परिषद्ले लामो समयदेखि भाडा बक्यौता बाँकी रहेका रिपोटर्स क्लवदेखि अन्य कार्यालय र व्यवसाय सञ्चालन गरेका संरचनामा ताला लगाएको हो ।

भाडा बक्यौता बुझाउनका लागि पटक पटक सूचना जारी गर्दा समेत भाडा तिर्न अटेर गरेकाले ताला लगाइएको परिषद्ले जनाएको छ ।

परिषद्ले रिपोटर्स क्लव, काठमाडौं पुस्तकालय, फोटो पत्रकार महासंघ, अपाङ्ग महासंघ लगायत २० वटा संरचनामा ताला लगाइएको परिषद्का सदस्य सचिव सरोज कुमार शर्माले जानकारी दिए । हाल १० करोड भन्दा बढी भाडा उठ्न बाँकी रहेको भन्दै उनले बताए

सदस्यसचिव शर्माले अव भृकुटीमण्डपभित्र रहेका संरचनालाई व्यवस्थित गरिने समेत जानकारी दिए । परिषद्ले ताला लगाइएका कार्यालयलाई सात दिनभित्र बक्यौता बुझाउन निर्देशन दिएको छ ।

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

मदन भण्डारी राजमार्ग : ४३ किलोमिटर कालोपत्र सम्पन्न

बुढाथोक घरबास : परम्परागत घरमा स्थानीय परिकार

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

अखिल क्रान्तिकारीको नारा : सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री (तस्बिरहरू)

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’
इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले सोमबारदेखि इरानी बन्दरगाहमा पूर्ण रूपमा नाकाबन्दी गर्ने घोषणा गरेको छ । अमेरिकी सैन्य अधिकारीका अनुसार सोमबारबाट यो नाकाबन्दी सुरु हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ‘स्ट्रेट अफ हर्मोज’ बाट भित्रिने र बाहिरिने सबै जहाजलाई अमेरिकी नौसेनाले रोक्ने चेतावनी दिएपछि यो स्थिति आएको हो । यद्यपि, अमेरिकाले अन्य मुलुकका लागि उक्त मार्ग भएर जाने जहाजमा भने अवरोध नगर्ने प्रस्ट पारेको छ । इरानसँगको यो बढ्दो तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य पुनः प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ ।

अमेरिकी घोषणा लगत्तै इरानको आईरआरजीसीले कडा प्रतिक्रिया दिएको छ । उक्त समुद्री मार्गमा आउने कुनै पनि सैन्य जहाजलाई ‘कडा कारबाही’ गरिने आईआरजीसीले चेतावनी दिएको हो । इरानी संसदका सभामुख मोहम्मद बागेर घालिबाफले इरान धम्कीका अगाडि कहिल्यै नझुक्ने र आत्मसमर्पण नगर्ने बताएका छन् ।

पाकिस्तानमा भएको भनिएको प्रत्यक्ष वार्ता पनि असफल भएपछि यो वातावरण अशान्त बनेको हो । इरानले आफ्नो परमाणु महत्त्वाकाङ्क्षा नत्यागेका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको ट्रम्पको दाबी छ । तर, इरानी पक्षले भने दुवै देश सम्झौताको निकै नजिक पुगे पनि अमेरिकाको ‘अधिकतम माग’ र अन्तिम समयमा सर्तहरू फेर्ने प्रवृत्तिका कारण वार्ता भाँडिएको आरोप लगाएको छ ।

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

अमेरिकी नाकाबन्दी प्रयासबीच इरानको चेतावनी, बेलायतले ट्रम्पको योजनामा साथ नदिने

इरानमा १६०० बढी मृत्युदण्ड

नेटोसँग ट्रम्प असन्तुष्टि


















प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ८ : ०० बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको