आजका समाचार : ‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम, पत्रकारमाथि खनिए ओली र अमेरिका-इरान तनाव फेरि बढ्दै « Khabarhub

आजका समाचार : ‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम, पत्रकारमाथि खनिए ओली र अमेरिका-इरान तनाव फेरि बढ्दै


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रविले भने, ‘पार्टी र सरकारबीच प्रभावकारी समन्वय चाहिएको छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार र पार्टीबीच समन्वयमै काम भइरहेको बताएका छन्।

कतिपय अवस्थामा हतारमा निर्णय गर्नुपर्ने भएकाले पार्टी र सरकारबीचको समन्वयमा केही समस्या देखिएको स्वीकार्दै लामिछानेले आगामी दिनमा त्यसलाई सुधार्दै जाने बताएका हुन्।

पार्टी र सरकारबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री वालेन्द्र शाह र आफू गम्भीर रहेको उल्लेख गर्दै उनले अहिलेसम्म पार्टी र सरकारबीच समन्वयमा कुनै गम्भीर समस्या नरहेको बताए।

‘पार्टी, सरकार र संगठन सबै एक ठाउँमा बसेर एकअर्काबीच समन्वय गर्न आवश्यक हुन्छ। कतिपय अवस्थामा समन्वय फितलो भयो होला, किनभने कहिलेकाहीँ हतारमा निर्णय गर्नुपर्ने हुन्छ । सरकार र पार्टीबीच सूचना र सहकार्य भइरहेको छ। यसलाई अझ प्रभावकारी बनाउने विषयमा पनि हामी गम्भीर छौँ,’ लामिछानेले आइतबारको सचिवालय बैठकमा भने।

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छ : सञ्चारमन्त्री

पत्रकारसँग रिसाए ओली : ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पत्रकारसँग आक्रोशित देखिएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकारले प्रश्न गरेपछि ओलीले पत्रकारिताको मर्यादा र उनीहरूको शैलीबारे असन्तुष्टि जनाउँदै ‘बुम ल्याएर थुतुनो नघोच्न’ आग्रह गरे।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको एमाले सचिवालय बैठक समयमै बस्न नसकेपछि ओली करिब आधा घण्टा पार्टी कार्यालयमा बसेर बाहिरिएका हुन्। बैठक दिउँसो ३ बजेका लागि सारिएको छ।

पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरूले कार्यदल, पार्टी पुनर्गठन र पछिल्लो आन्तरिक विवादबारे प्रश्न गर्न खोजेपछि ओलीले पत्रकारहरूलाई प्रश्न गर्ने शैली सुधार्न आग्रह गरे।

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

महासचिवमा रोकेपछि ‘मन दुख्यो’ भनेका प्रदीप ज्ञवालीले किन गरे केपी ओलीकै गुणगान ?

नेकपा बहुमतले भन्यो : दीपक गुटको भेला अनाधिकृत र भ्रमपूर्ण, त्यो सम्मेलन होइन

एमाले बैठकमा नेतृत्व परिवर्तनसम्बन्धी कुनै प्रतिवेदन पेश हुँदैन : पद्मा अर्याल

बैठक बस्न नसकेपछि पार्टी कार्यलयबाट निस्किए केपी ओली

गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक: पूर्णबहादुर खड्का

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको छ ।

आज दिउँसो सडक निर्माणका क्रममा मुग्लिनमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा दुवैतर्फी यातायात प्रभावित भएको थियो ।

पहिरो हटाए पनि सडकमा सवारीसाधनको चापका कारण अझै जाम लागेको छ ।

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

बाढी प्रभावितलाई चिनियाँ सहयोग : खाद्य तथा स्वास्थ्य सामग्रीका साथै ४४९ थान सौर्यबत्ती

भोटेकोशी बाढी : एक हजार ४ सय ३६ जनाको शव भेटियो

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ। अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना दूतावास तथा नागरिकका लागि सुरक्षा सतर्कता जारी गर्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो क्याम्प डेभिड भ्रमण निर्धारित समयभन्दा एक दिनअघि नै समाप्त गरी शनिबार साँझ ह्वाइट हाउस फर्किएका छन्। ट्रम्पले भ्रमण छोट्याएर फर्किनुको कारण ह्वाइट हाउसले सार्वजनिक गरेको छैन।

रुस टुडेका अनुसार अमेरिकी बी–१बी लान्सर बमवर्षक बेलायतस्थित आरएएफ फेयरफोर्ड हवाई अड्डाबाट पूर्ण आफ्टरबर्नरसहित उडेर मध्यपूर्वतर्फ गएको छ।

दक्षिण अफ्रिकी पत्रकार बेपत्ता

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ७ : ५८ बजे

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको