काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।
खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।
दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीले भनिन्- औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन
प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् ।

आज पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिकवान् जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिइन् ।
घट्दै काठमाडौंको प्रदूषण, आज प्रदूषित सहरको १८ औँ स्थानमा
शंकर पोखरेलप्रति रविको आक्रोश : मलाई संसद्बाट छलछाम गरेर निकाल्ने यहीँ छन्
जीवन बदलिने आशामै छन् बोटे समुदाय
धरहराको नयाँ संरचनामा पार्किङ व्यवस्थापन काठमाडौं महानगर गर्ने
‘निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक’
गृहमन्त्रीसहितको टोलीद्वारा धरहरा क्षेत्रको अनुगमन
प्रधानमन्त्रीद्वारा प्रदेशको निर्वाचन सुरक्षा व्यवस्था सम्बन्धमा जानकारी
रास्वपा कार्यकर्ताले झण्डा जलाएपछि एमालेले निकाल्यो राँके जुलुस, जलाइयो बालेनको पुत्ला (तस्बिरहरु)
रास्वपाका कार्यकर्ताले पार्टीको झण्डा जलाएको विरोधमा नेकपा एमालेका जनसंगठनहरुले राँके जुलुस निकालेका छन् । बिहीबार राति दाङको तुलसीपुरमा पार्टीको झण्डा जलाएको विरोधमा उनीहरुले शुक्रबार साँझ राँके जुलुस निकालेका हुन् ।

जुलुसमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको पुत्ला समेत जलाइएको थियो ।
एमालेको झण्डा जलाएको आरोपमा ५५ वर्षीय बस्नेत पक्राउ
कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा बागी उठ्नेहरूलाई कारबाही गर्ने
राजा वीरेन्द्रको शालिकमा रास्वपा कार्यकर्ताको अभद्र व्यवहार, राप्रपाले जनायो कडा आपत्ति
रोकिएन रास्वपा छोड्ने क्रम, बाराका सहसचिवले त्यागे साधारण सदस्यता
कांग्रेसबाट आएका खनाललाई टिकट दिएपछि वडा सभापति हरिजनले छाडे रास्वपा
रास्वपा कार्यकर्ताले झण्डा जलाएको घटनामा एमालेको कडा आपत्ति
रास्वपाले स्थगित गर्यो भैरहवा र पोखराको चुनावी सभा
चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ
कांग्रेस-एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आयोः उपेन्द्र यादव
यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्रको भिजन १०
नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । ऐतिहासिक(सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार १० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।
सभापति गगनकुमार थापा, उपसभापति एवम् निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल, मधेस प्रदेशका सभापतिसहित नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।
प्रतिज्ञापत्र सार्वजनिक भएको सन्दर्भमा कांग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी भिजन १० का बुँदाबारेमा जानकारी गराएको छ ।

कांग्रेसले आमनिर्वाचनबाट बहुमत सहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको जनाएको छ ।कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र संकल्पको आत्मवोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्न सक्ने भावना, कार्ययोजना र आधारसहितको प्रतिज्ञापत्र प्रस्तुत गरेको पार्टी प्रवक्ता देवराज चालिसेले दाबी गरे ।
पत्रकार सम्मलेलनमा उनले प्रतिज्ञा पत्रका हरेक अक्षरका प्रष्ट अर्थ रहेको बताए । प्रतिज्ञा पत्रमा उल्लेखित योजना कार्यान्वयनका आधारमा कार्यसम्पादन मूल्यांकन हुनुपर्ने कांग्रेसको चाहना रहेको उनको भनाइ छ । सम्मानित भएर बाँच्न पाउने नेपालदेखि समुन्नतिमा लम्कने नेपालसम्मको योजना कांग्रेसले अघि सारेको छ । प्रतिज्ञापत्र केवल देखाउन मात्रै नभई कार्यान्वयन गरेर समुन्नत नेपाल सम्मानित नेपालीको नारालाई व्यवहारमा ल्याउने प्रतिबद्धता कांग्रेसको छ ।
यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्रको भिजन १०
कांग्रेसको भिजन : मुलुकको समृद्धिको मुख्य सारथी किसानलाई बनाउने
ममता शर्मा भन्छिन् : दागैदाग भएकाको बिगबिगी देखेपछि रास्वपा छाडेर कांग्रेसमा प्रवेश गरेँ
लोकतन्त्रलाई हाइज्याक हुनबाट जोगाउन कांग्रेस बदलिएर आएको छ : सभापति थापा
रास्वपा छोडे लगत्तै कांग्रेस प्रवेश गर्दै ममता शर्मा
कांग्रेसको लक्ष्य : बहुमतसहित लोकतान्त्रिक र लोकहितकारी सरकार
छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल बनाउँछौ : कांग्रेस
गगनले राष्ट्रिय सभा गृहमा भोलि जनताका प्रश्नको जवाफ दिने
कांग्रेस भिजन- अवैध तरिकाले सम्पत्ति थुपार्नेलाई नियन्त्रण गर्ने
कांग्रेसको प्रतिज्ञा पत्र : नागरिक स्वास्थ्यको जिम्मेवारी राज्यले लिने
गगनको नीति : छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल बनाउने
कांग्रेसले जनकपुरबाट सार्वजनिक गर्यो चुनावी प्रतिज्ञा पत्र
ड्रोनबाट यस्तो देखियो जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभा (तस्बिरहरू)
एमाले उम्मेदवार र नेताहरूलाई ओलीको निर्देशन : भ्रम चिर्दै जनताको घरघरमा पुग्नू
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको घर घर पुग्न पार्टीका उम्मेदवारलाई निर्देशन दिएका छन् । फागुन २१ का लागि घोषित निर्वाचनको मिति नजिकिँदै गर्दा एमाले अध्यक्ष ओलीले पार्टीका मूलभूत एजेन्डा लिएर जनताको घर घरमा पुग्न सबै उम्मेदवार र नेतालाई निर्देशन दिएका हुन् ।
काठमाडौं फर्किने क्रममा झापाको बिर्तामोडस्थित होटल हेभनमा बोलाएर ओलीले जनस्तरका भ्रम चिर्ने गरी जनताका घरमा पुग्न उम्मेदवार र अगुवा नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उम्मेदवार र अगुवा नेता कार्यकर्ताको छलफलमा सहभागी झापा क्षेत्र नम्बर ४ निर्वाचन परिचालन कमिटीका संयोजक मनोज ताम्लीले परिणाम निकाल्ने गरी लाग्न अध्यक्ष ओलीले निर्देशन दिएको बताए।
‘सबै नेता कार्यकर्ता परिणाम निकाल्ने गरी निर्वाचनमा खटिनुपर्छ’, अध्यक्ष ओलीको भनाइ उल्लेख गर्दै संयोजक ताम्लीले भने, ‘जनस्तरमा रहेका भ्रम चिर्न जनताका घर(घरमा पुग्न पनि उहाँको विशेष निर्देशन छ ।’
निर्वाचन विरोधी भन्दै धमाधम धरपकड : धर्मेन्द्रपछि ऋषि कट्टेल पनि समातिए
भोजपुरमा चुनावी गस्तीमा निस्केको सेनाको टोली सवार बस दुर्घटना, ११ जना घाइते
मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइँदै
पर्वले समुदायबीच सम्बन्ध मजबुत बनाउँछ : राष्ट्रियसभा अध्यक्ष दाहाल
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री
निर्वाचन अस्वीकार गर्दै पूर्वराजाले भने : पहिले राष्ट्रिय समस्याको समाधान हुनु पर्छ
प्रचण्डलाई व्यङ्ग्य गर्दै बालेनले भने, ‘स्वीजरल्याडको बाउ बडिमालिका यहीँ छ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले बडिमालिका स्वीजरल्याड भन्दा बढी सौन्दर्यताले भरिपूर्ण रहेको बताएका छन् ।
बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाललाई स्वीजरल्याड बनाउँछु भन्ने प्रचण्डलाई व्यङ्ग्य गर्दै उक्त कुरा भनेका हुन् ।

‘मान्छेले देशलाई स्वीजरल्याड बनाउनुपर्छ भन्छन्, स्वीजरल्याडको बाउ बढीमालिका यहीँ छ किन बनाउनुपर्यो स्वीजरल्याड, स्वीजरल्याडको पराकाष्ट रामारोसन यहीँ छ किन बनाउनुपर्यो स्वीजरल्याड, खप्तड नेशनल पार्क यहीँ छ किन बनाउनुर्यो स्वीजरल्याडरु,’ भन्दै उनले प्रश्न समेत गरे ।
पुराना दलप्रति रविको आक्रोश : अब सबैलाई एकै पटक सिद्याएर सटर बन्द गर्ने हो
धनगढीमा बालेन्द्रको सम्बोधन : सुदूरपश्चिमका गीत काठमाडौंका चोकचोकमा बजाउनुपर्छ
झिक्कै झिक्कै माया तमलाई, आइ लभ यु – बालेनले सुदूरपश्चिममा जे भने
बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यबाट तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारणलाइनको अनुगमन
दल वा निर्वाचन प्रतिनिधिले गाडी प्रयोग गर्न अनुमति लिनुपर्ने
निर्वाचन आयोगले राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले सवारीसाधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनिवार्य अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।

आयोगद्वारा आज जारी गरेको ६४ बुँदे निर्देशनमा एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारीसाधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । निर्वाचन अधिकृतले अनुमति दिएको सवारीसाधनबाहेक अन्य कुनै किसिमको साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न नहुने पनि आयोगको निर्देशन छ ।
एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी
उम्मेदवारहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन
रविको ‘नागरिक करार’ : ‘गफ होइन काम, भाषण होइन परिणाम’
प्रलोपाको चुनावी प्रतिबद्धतापत्र : यस्ता छन् मुख्य नारा र एजेन्डा
नेकपाले आयोगमा बुझायो घोषणापत्र
जनताको जीवनस्तर सुधार्ने किम जोङ उनको वाचा
उत्तर कोरियाली नेता किम जोङ उनले शुक्रबार सुरु भएको सत्तारुढ वर्कर्स पार्टीको सम्मेलन उद्घाटन गर्दै जनताको जीवनस्तर सुधार्ने र राष्ट्रको आर्थिक विकास तीव्र पार्ने प्रतिज्ञा जनाएका छन् ।
सम्मेलनले राज्यको सबै क्षेत्रमा निर्देशन र कार्यान्वयनका योजना प्रस्तुत गर्ने अवसर प्रदान गरेको बताइएका छ ।

किमले भाषणमा भने, ‘हाम्रो पार्टीले आर्थिक निर्माण र जनताको जीवनस्तर सुधार गर्दै राज्य र सामाजिक जीवनका सबै क्षेत्रलाई छिटो रूपान्तरण गर्न आवश्यक ऐतिहासिक कार्यहरूको सामना गरिरहेको छ ।’ उनले सक्रिय र निरन्तर प्रयास बिना कुनै ढिलाइ स्वीकार्य नहुने पनि जोड दिए ।
बाँदरको बच्चाले ओराङउटान खेलौनालाई नै आमा मानेपछि…
सैन्य आक्रमणको निर्णायक जवाफ दिने इरानको चेतावनी
डोनाल्ड ट्रम्पले दक्षिण एसियालाई ठूलो विपत्तिबाट जोगाए : प्रधानमन्त्री शरीफ
बंगलादेशमा नयाँ सरकारमाथि प्रश्न, तारिक रहमानको आलोचना
एपस्टीन फाइल प्रकरण : हरदीप सिंह पुरीमाथि विपक्षको प्रश्न, मन्त्रीद्वारा आरोप अस्वीकार













प्रतिक्रिया