आजका समाचार : सरकारले राम्रो नगरे मतदाता बोल्ने रविलाई डर, चुनदेवी गगनविरुद्ध सक्रिय हुँदै देउवा, गरिमाका परिवार र सरकारबीच तीनबुँदे सहमति र अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा नमिसिन इरानको चेतावनी « Khabarhub

आजका समाचार : सरकारले राम्रो नगरे मतदाता बोल्ने रविलाई डर, चुनदेवी गगनविरुद्ध सक्रिय हुँदै देउवा, गरिमाका परिवार र सरकारबीच तीनबुँदे सहमति र अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा नमिसिन इरानको चेतावनी


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे घण्टीमा भोट हालेका मतदाताले प्रश्न गर्ने अवस्था आउन नदिन पार्टी पंक्ति गम्भीर भएर काम गर्नुपर्ने बताएका छन्।

रास्वपाले केन्द्रीय सदस्यहरूका लागि शनिबार र आइतबार काठमाडौंमा आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमको पहिलो शृंखलाको समापन सम्बोधन गर्दै लामिछानेले सरकार गठन भएको पहिलो वर्ष जग बलियो बनाउनमै केन्द्रित हुने भएकाले तत्काल सबै काम देखिन नसक्ने बताए।

‘सरकारले पहिलो वर्ष जग हाल्नुपरेकाले खासै काम देखिँदैनन्। सय दिन पूरा भएपछि सरकारले अन्तरक्रिया गरेको छ। मन्त्रीहरू झन् सक्रिय हुनु भएको छ,’ उनले भने, ‘सरकार जग बलियो बनाउन लागेकाले धैर्य गरौँ।’

सरकारका कामबारे नागरिकले उठाएका प्रश्नको जवाफ पार्टीले दिनुपर्ने लामिछानेको भनाइ थियो। त्यसका लागि आफू स्वयं मधेश यात्रामा जान लागेको र पार्टीका अन्य नेताहरू पनि गाउँगाउँ पुग्ने उनले बताए।

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले’

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ ।

गृह मन्त्रालयमा शनिबार साँझ गृहमन्त्री सुधन गुरुङ, सम्बन्धित मन्त्रालयका मन्त्रीहरू र पीडित बालिकाका आमाबुवाबीच भएको छलफलपछि सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति अनुसार यस्ता जघन्य अपराधसम्बन्धी विद्यमान कानुनी व्यवस्था पुनरावलोकन गरी संशोधन प्रस्ताव तयार पार्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सात सदस्यीय ‘गरिमा न्याय सङ्कल्प समिति’ गठन गर्नेछ । समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ ।

यस्तै, पीडित परिवारको माग अनुसार बालिका गरिमाको सालिक निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गर्ने र अभिभावकले आफ्नै रीतिरिवाज अनुसार अन्त्येष्टि गर्ने सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै नेपालमा दोषीलाई मृत्युदण्डको सजाय दिनुपर्ने आवाज उठिरहेको छ । यद्यपि नेपालको कानुनमा मृत्युदण्डसम्बन्धी प्रावधान छैन ।

नेपालको संविधान २०७२ को मौलिक हक र कर्तव्यसम्बन्धी धारा १६ को उपधारा २ ले नै मृत्युदण्डसम्बन्धी सजाय उन्मूलन गरेको छ । उक्त धारामा लेखिएको छ- ‘कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून बनाइने छैन ।’

कतिपय मुलुकमा यस्ता जघन्य अपराध गर्ने अपराधीहरूमाथि कडा कारबाही गर्न र महिलाहरूका लागि समाजलाई सुरक्षित बनाउन कडा कानुन र सजायको व्यवस्था गरिएको छ । विश्वका कुन मुलुकमा बलात्कारका अपराधीलाई कस्तो सजाय दिइन्छ ?

भारत : अप्रिल २०१३ को एन्टि-रेप बिल अनुसार अपराधीहरूलाई १४ वर्षदेखि आजीवन कारावास र गम्भीर प्रकृतिका घटनामा मृत्युदण्डसम्मको सजाय हुने प्रावधान छ ।

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

दमास्कसबाहिर इजरायली ड्रोन आक्रमणको कुवेतद्वारा निन्दा

अमेरिकासँग मिलेर सरकारविरोधी प्रदर्शन गरेको आरोपमा एक जनालाई इरानमा मृत्युदण्ड

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ७ : ४२ बजे

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको