१५ अंक बढ्यो नेप्से, कारोबार ५ अर्ब ५५ करोड पुग्यो
बैंकिङ समूहमा देखिएको उच्च वृद्धिको प्रभावले मंगलबार सेयर बजार परिसूचक नेप्से १५.३९ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६३८ अंकमा पुगेको छ ।
बजारमा सूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ३ अर्ब ८२ करोड रुपैयाँको सेयर कारोबार भएकामा मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

आज १६५ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको घटेको छ भने तीन कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबारमा बैंकिङ समूह सबैभन्दा बढी १.२४ प्रतिशतले बढेको छ । यस्तै विकास बैंक १.०४, व्यापार ०.९७ र होटल तथा पर्यटन समूह ०.९४ प्रतिशतले बढेका छन् ।
सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
नेपाल–युरोप व्यापारिक सम्बन्ध विस्तारमा उद्योगमन्त्री साहको जोड
उपत्यकामा एकै दिन ७७४ सवारीचालक कारबाहीमा
सुन्तलाले पहेँलपुर कालीमाटी बजारमा (तस्बिरहरू)
भैरहवा हवाई रुटमा भारतसँग ऐतिहासिक ब्रेक थ्रु : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने विषयमा भारतसँग ऐतिहासिक ’ब्रेक थ्रु’ भएको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री वाग्लेले लुम्बिनीलगायत सन्दर्भमा हालसम्म एकतर्फी रहेको हवाई रुटलाई दुईतर्फी बनाउने सहमति १०–१२ वर्षदेखिको प्रयासपछि आएको ठूलो कूटनीतिक पहल र ऐतिहासिक ’ब्रेक थ्रु’ रहेको बताएका हुन् ।
आगामी दिनमा महेन्द्रनगर, जनकपुरलगायत अन्य नाका तथा अन्य अन्तर्राष्ट्रिय सहरहरूसँग हवाई कनेक्टिभिटी विस्तार गरिने उनले बताए ।
बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग
चौरासी पूजाको खर्चबाट आश्रमलाई दुई लाख ६५ हजार सहयोग
हलेसीमा उद्यमी बन्दै महिला, सरसफाइका सामग्री उत्पादन सुरु
दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग
सुनकोशी–मरिण ठेक्का रद्द प्रकरण : सार्वजनिक लेखा समितिले माग्यो ७ दिनभित्र कागजात
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले आवश्यक कागजात माग गरेको छ ।
समितिले ठेक्का रद्द गर्ने निर्णयसँग सम्बन्धित सम्पूर्ण कागजात ७ दिनभित्र उपलब्ध गराउन जलस्रोत तथा सिँचाइ विभागलाई निर्देशन दिएको हो ।

मङ्गलबार बसेको समितिको बैठकमा आयोजनाको ठेक्का रद्द गरिएको विषयमा विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल भएको थियो । छलफलपछि समितिका सभापति भरतबहादुर खड्काले आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाने कर्मचारीविरुद्ध मुद्दा
अझै सञ्चालनमा आएन निगाले सिमेन्ट, स्थानीय अर्थतन्त्र प्रभावित














प्रतिक्रिया