१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी
नेपालका प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको नेतृत्वबारे भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले गम्भीर प्रश्न उठाएको छ। इन्डिया टुडेले सोमबार प्रकाशन गरेको एक विश्लेषणात्मक रिपोर्टमा बालेन प्रधानमन्त्री बनेको १५० दिनमै उनको राजनीतिक कमजोर हुँदै गएको उल्लेख गरेको छ।
‘हाउ नेपाल्स जेन–जी हिरो बालेन शाह लस्ट हिज पोलिटिकल साइन इन जस्ट १५० डेज’ शीर्षकको रिपोर्टमा बालेनलाई सुरुमा पुरानो राजनीतिक प्रणाली तोड्ने युवा नेताका रूपमा हेरिए पनि अहिले उनैप्रति जनअसन्तुष्टि बढ्दै गएको उल्लेख छ।

रिपोर्टले भारतबाट ल्याइने सामानमा भन्सार कडाइ, नेपाल–भारत सीमा विवादमा बालेनको अभिव्यक्ति, कूटनीतिक उतारचढाव, राइड सेयरिङ चालक गणेश नेपालीको आत्मदाह, भूमिहीनको विरोध तथा धार्मिक तनावलाई बालेन सरकारका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरेको छ।
त्यस्तै, संसद्मा बालेनको न्यून उपस्थिति र आफ्नै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग बढ्दो दूरीलाई समेत इन्डिया टुडेले सरकारका लागि अर्को गम्भीर संकेतका रूपमा औँल्याएको छ। रिपोर्टअनुसार प्रधानमन्त्री बनेपछि बालेन प्रतिनिधिसभाका ३९ बैठकमध्ये पाँचवटामा मात्रै सहभागी भएका छन्।
सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना
विशेष सेवा ऐनसम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत
राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग
फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय
सरकारलाई अन्जनको चेतावनी, ‘निजी क्षेत्रलाई बेवास्ता गरे भुइँको टिप्दा पोल्टाको पनि झर्ला’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल ३६ वर्षयताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित नाडा अटो शो उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका हुन्।

अध्यक्ष श्रेष्ठले अहिले निजी क्षेत्रले शिथिल बजार, कमजोर मनोबल र चुनौतीपूर्ण व्यावसायिक वातावरणको सामना गरिरहेको तितो यथार्थ पनि सुनाएका छन् ।
‘देशको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण घडीमा छ। निजी क्षेत्रले अहिले शिथिल बजार, कमजोर मानसिकता र चुनौतीपूर्ण व्यापार व्यवसायको सामना गरिरहेको छ’, उनले भने, ’झन्डै ३६ वर्षको मेरो व्यावसायिक यात्रामा व्यवसायीहरूको मनोबल यति कमजोर भएको कहिल्यै देखेको थिइनँ।’
कुसुमको दीपकलाई चेतावनी- ‘अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको छु’ नभन्नुहोस्
प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्मा उपस्थित हुने
घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव
मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…
बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा
बागमतीमा नयाँ सरकारको संकट उस्तै : राप्रपाको विवाद र नेकपाको असन्तुष्टिबीच बहिष्कार गर्न कांग्रेस ह्विप
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मंगलबार फेरि प्रदेशसभाबाट विश्वासको मत लिने प्रयास गरेका छन्।
सत्ता गठबन्धनभित्रको विवादका कारण सोमबार बस्न नसकेको प्रदेशसभा बैठक मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको थियो । तर सत्तारुढ दलहरूको किचलो अहिलेसम्म कायमै छ।

मुख्यमन्त्री थापाका लागि विश्वासको मत लिनु सामान्य संवैधानिक प्रक्रिया भए पनि सत्ता गठबन्धनभित्रै देखिएको असन्तुष्टि, राप्रपाको आन्तरिक विवाद र मुख्यमन्त्रीको नियुक्तिविरुद्ध अदालतमा परेको रिटका कारण प्रक्रिया पेचिलो बनेको छ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी नहुन आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ।
बालेनबारे सुदनको कटाक्ष : जनताले देशको चाबी दिए, ड्राइभर एम्बुलेन्सको परेछ
लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण
कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो
भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन
गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय
वीरगञ्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु
सरकारले गठन गरेको चिनी मिल अध्ययन कार्यदलले वीरगञ्जस्थित चिनी मिलको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर (सिडिई) श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले पिपरास्थित चिनी मिल परिसरमा पुगेर कारखानाको वर्तमान अवस्थाबारे अध्ययन गरेको हो।

कार्यदलका संयोजक यादवका अनुसार स्थलगत अध्ययनका क्रममा कारखाना भवनलगायत भौतिक संरचना, मेसिनरी तथा पार्टपुर्जाको अवस्था र तिनको पुनःउपयोगको सम्भावनाबारे जानकारी लिइएको छ।
सरकारले यही भदौ १ गते चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन गर्न यादवको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा मन्त्रालयका शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्मा सदस्य हुन्।
गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)
अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटायो
अमेरिकाले सिरियालाई करिब ४७ वर्षपछि ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’ को सूचीबाट हटाएको छ। अमेरिकी प्रशासनका अनुसार यो निर्णयको मुख्य उद्देश्य सिरियामा विदेशी लगानीको वातावरण सहज बनाउनु र देशलाई पुनः विश्व अर्थतन्त्रसँग जोड्नु हो।
सिरिया सूचीबाट हटेसँगै अमेरिकाको उक्त सूचीमा अब इरान, उत्तर कोरिया र क्युबा गरी तीन देश मात्र बाँकी छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो निर्णयले सिरियालाई आर्थिक समृद्धिको दिशामा अघि बढ्न नयाँ अवसर प्रदान गर्ने बताएका छन्। सिरियालाई उक्त सूचीबाट हटाउने प्रस्ताव पहिलोपटक गत वर्ष जुलाईमा अघि बढाइएको थियो।
अमेरिकी वित्तमन्त्री स्कट बेसेंटले पनि निर्णयको स्वागत गर्दै यसबाट सिरियामा विदेशी लगानी बढ्न सक्ने र त्यसले देशको राजनीतिक तथा आर्थिक स्थिरता मजबुत बनाउन सहयोग पुग्ने बताएका छन्।
हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु
अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा
शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा
अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार
इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी
दक्षिण सुडानमा दुई शान्तिरक्षकको हत्या
पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति
इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध
पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटे, सरकारी पेस्तोलबाट गोली चलाए












प्रतिक्रिया