आजका समाचार : जाँचबुझ आयोगको प्रतिवेदन आयो, कार्यान्वयन कठिन, जेष्ठ सांसदले लिए सपथ, युद्धबीच ट्रम्प-मोदी वार्ता  « Khabarhub

आजका समाचार : जाँचबुझ आयोगको प्रतिवेदन आयो, कार्यान्वयन कठिन, जेष्ठ सांसदले लिए सपथ, युद्धबीच ट्रम्प-मोदी वार्ता 


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

आयोगसँग नख्खुका जेलरको बयान : रवि लामिछाने हुलहुज्जत गर्दै जेल तोडेर भागेका हुन्
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ। जनआस्था साप्ताहिकमार्फत् सबैभन्दा पहिले सार्वजनिक यो प्रतिवेदनको ८८९ पृष्ठ लामो प्रतिवेदन खबरहबले पनि प्राप्त गरेको छ।

उक्त प्रतिवेदमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा विवादमा तानिएका विभिन्न व्यक्ति र सरकारी अधिकारीहरूको बयान पनि सामेल गरिएको छ। उक्त प्रतिवेदनमा त्यसबेला ललितपुरस्थित कारागार कार्यालय नख्खुका जेलर सत्यराम जोशीसँग पनि बयान लिएको छ। जोशीले आयोगसँगको बयानमा सहकारी ठगी मुद्दामा नौ महिनादेखि थुनिएका रवि भदौ २४ गते नख्खु कारागार तोडेर भागेको बयान दिएका छन् ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई दिएको बयानमा उनले भदौ २३ गते बेलुकादेखि नै कारागारका कैदीहरूले नाराबाजी र हुलहुज्जत गर्न थालेको उल्लेख गरेका छन् ।

‘भदौ २३ गते बेलुका करिब ७ बजेतिर बाहिर ठूलो भीड आई आगजनी गर्ने ढुंगामुढा गर्ने कार्य गर्न थालेपछि भित्रसमेत कैदी र थुनुवाहरू नाराबाजी गर्न लागे । रवि लामिछाने बाहिर जान हुने हामी किन जान नहुने भन्दै आक्रोशित हुन लागे’, उनले बयानमा भनेका छन्, ‘जिल्ला प्रहरी कार्यालयमा समेत ठूलो समूहले आगजनी तोडफोड गर्ने कार्य गरिरहेको हुँदा थप सुरक्षाकर्मीसमेत आउन सक्ने अवस्था थिएन।’

जेलर जोशीले काठमाडौंको डिल्लीबजारसहितका जेलबाट कैदी थुनुवा भागेको भन्ने सूचना टेलिभिजन लगायतमा त्यसबेला फैलिएको बताएका छन् । ‘रवि लामिछाने जेल तोडेर भागेपछि अन्य जेलका कैदी थुनुवाहरू समेत भाग्न भगाउन थालियो’, उनले भनेका छन्, ‘६६७ जना कैदी-थुनुवा भागेका छन्। जसमध्ये ४०९ जना पुनः आइसकेका छन्। त्यस दिन कारागारमा ४५ लाख जति क्षति भएको छ।’

कार्की आयोगलाई ओलीको बयान : तर्कपूर्ण ढंगले प्रधानमन्त्री यो विषयमा जवाफदेही हुँदैन

सीडीआर डाटाले खोल्यो सुरक्षा अधिकारीको सम्पर्क विवरण, आन्दोलन हुँदा सशस्त्रका आईजी र सुधनको थियो नियमित सम्पर्क

यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

देउवाको बयान : मेरो घरमा पैसा भेटिएको भनिएको भिडियो ‘एआई जेनेरेटेड’ हुनुपर्छ

हाम्रो पार्टीले जेन-जी आन्दोलनलाई समर्थन गरेपनि हिंसात्मक गतिविधिमा संलग्नता छैन : प्रचण्ड

बालेनको बयान : तत्कालीन सरकारले आतंकवादी क्रियाकलाप गर्‍यो, जेन-जी आन्दोलनलाई मेरो समर्थन थिएन

प्रहरी अधिकारीको बयान : प्रदर्शनकारी संसद् भवनमा छिरेपछि सेनाको टोली हतियारसहित बाटो लाग्यो

रमेश लेखकको बयान : गोली चलाउन होइन, आन्दोलनकारीहरूको उद्धार गर्न आदेश दिएको थिएँ
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित कार्की जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ ।

८९८ पृष्ठ लामो प्रतिवेदन जनआस्था साप्ताहिकले बुधबार बिहान सबैभन्दा पहिले सार्वजनिक गरेको थियो । आन्दोलनका क्रममा विवादमा तानिएका विभिन्न व्यक्ति र सरकारी अधिकारीको बयान सामेल गरिएको छ ।

जसमा तत्कालीन गृहमन्त्री रमेश लेखकले प्रहरीले स्वविवेक र स्थलगत अवस्था हेरेर सुरक्षार्थ गोली हान्न सक्ने भएकाले आदेश नदिएको दोहोर्‍याएको पाइएको छ ।

‘प्रहरी महानिरीक्षकले गृहमन्त्रीसँग अन्तिम बल प्रयोगका लागि लिखित वा मौखिक बल प्रयोग गर्ने आदेश नलिने कानूनी व्यवस्था र व्यवहारिक अभ्यास नभएकाले सो नगरिएको कुरा मैले बयानमा स्पष्ट पारेको छु,’ प्रतिवेदनमा उल्लेख छ ।

आफ्नो बचाउ गर्दै रविको बयान : कारागारले दिएको पत्र बनाउन मेरो सहभागिता थिएन

जाँचबुझ आयोगको निष्कर्ष : सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘चुप लागेर’ बस्यो

२३ गतेको बानेश्वर घटनाको प्रमाण सुरक्षित भएन : आयोगको प्रतिवेदन

तत्कालीन गृहसचिव दुवाडीको बयान : रविलाई जेलबाट निकाल्न पत्र लेखेको होइन, त्यो मेरो क्षेत्राधिकारमा पर्दैन

प्रहरी बचाउने शिबराम र गीताकुमारीलाई पुरस्कृत गर्न आयोगले गर्‍यो सिफारिस

घाइतेको उपचारमा खटिएकी कार्कीको बयान : प्रहरीले संयमता अपनाएन

दिलभूषणलाई जाँचबुझ आयोगको प्रश्न : हिल्टन होटल जल्नुमा तपाईंको भिडियो रिपोर्ट मुख्य कारण हो भनिन्छ नि ?

आन्दोलनकारीको आगजनीबाट घाइते भएकी गीताको बयान : प्रहरीलाई बचाउन खोज्दा आफै जलेँ

पूर्वप्रधानमन्त्री खनाल पत्नीको प्रश्न- के छ भन्ने थाह नभई कसरी यहीँ कम्प्यटुर फुटाएर हार्डडिस्क लान्छ ?

राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा अयोजित विशेष कार्यक्रममा राष्ट्रपतिसमक्ष केसीले शपथ लिएका हुन् । शपथ समारोहमा राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसाहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललसँगै संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख र उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन् ।

कांग्रेस बैठक: सभापति थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

जेन-जी आन्दोलन : ओली, लेखक र खापुङलाई १० वर्षसम्म कैद गर्न आयोगको सिफारिस

अमेरिकाले दियो रास्वपा सभापति लामिछानेलाई बधाई

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

कांग्रेसको १५औँ महाधिवेशन असोजमा
नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औ महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौँमा गर्ने गरी मिति संशोधनसहित पारित गरेको हो ।

महाधिवेशन अन्तर्गत भाद्र ३ गतेबाट वडा अधिवेशन सुरु हुने कांग्रेसले जनाएको छ । यसअघि मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले भदौमा महाधिवेशन गर्ने प्रस्ताव गरेको थियो ।

बैठकले महाधिवेशनको प्रक्रिया आरम्भ गर्दै यसका लागि वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनाइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

स्वः घोषणा गर्ने चेतावनीसहित तत्काल भाडा बढाउन व्यवसायीको माग 

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतसहित तीन निकायको वार्षिक प्रतिवेदन पेश

सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी

सिंहदरबारमा तयार भए छ दलका लागि संसदीय दलको कार्यालय (तस्बिरहरू)

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

अमेरिका–इरान वार्ताबारे फैलिएका अड्कलबाजीबीच इरानी राजदूतको स्पष्टिकरण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिपछि अमेरिका र इरानबीच वार्ता हुन लागेको चर्चा चुलिएको अवस्थामा पाकिस्तानस्थित इरानी राजदूत रेजा अमिरी मुघदमले त्यसबारे स्पष्ट प्रतिक्रिया दिएका छन्। अन्तराष्ट्रिय मिडियाहरूले इस्लामिक रिपब्लिक न्यूज एजेन्सीलाई उद्धृत गर्दै राजदूत मुघदमले अमेरिका र इरानबीच हालसम्म कुनै प्रत्यक्ष वार्ता नभएको बताएका छन्।

उनले भने, ‘अन्य देशहरूले गरिरहेका मैत्रीपूर्ण पहललाई अमेरिका–इरानबीच वार्ता भइरहेको रूपमा बुझ्नु हुँदैन। ती प्रयासहरू केवल तेहरान र वाशिङ्टनबीच सम्भावित संवादका लागि वातावरण बनाउन केन्द्रित छन्, जसले युद्ध अन्त्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।’

यसैबीच, समाचार संस्था एपीका अनुसार इरानले अमेरिकाबाट १५ बुँदे प्रस्ताव प्राप्त गरेको छ। उक्त प्रस्तावको उद्देश्य इरान र अमेरिका–इजरायलबीच जारी तनावलाई युद्धविरामतर्फ लैजानु रहेको बताइएको छ। यो जानकारी दुई पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै सार्वजनिक गरिएको हो।

यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले अमेरिका र इरानबीच मध्यस्थता गर्न इच्छुक रहेको बताएका थिए। उनले सामाजिक सञ्जालमार्फत अमेरिका र इरान सहमत भए पाकिस्तान वार्ताको आयोजना गर्न तयार रहेको उल्लेख गरेका छन्।

मोदी–ट्रम्प वार्ता : मध्यपूर्व सुरक्षा र ‘स्ट्रेट अफ हर्मुज’ खुला राख्नेमा जोड

दूतावास प्रवेश प्रकरणले जापान–चीन तनाव थप चर्कियो

अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव, मध्यपूर्वमा तनाव कायमै

शान्ति पहलसँगै द्वन्द्वको दबाब कायम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

तेल भण्डार थप खोल्न जापानको आग्रह

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

इरानको मिसाइल हमला जारी, ट्रम्पसँग वार्ताको संकेतपछि तनाव बढ्यो

दक्षिणी लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु, ३४ घाइते

इराकमा भएको आक्रमणमा सात जना सुरक्षाकर्मीको मृत्यु













 





















प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ८ : ०३ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहति २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना