आजका समाचार : सुनसरी घटनाबारे सरकारको अचम्म लाग्दो मौन, प्रश्नबाट भागे प्रवक्ता, वालेन्द्र रास्वपा वरिष्ठ नेता, रविले राखे सर्वदलीय बैठक र शेख हसिना बंगलादेश फर्किँदै « Khabarhub

आजका समाचार : सुनसरी घटनाबारे सरकारको अचम्म लाग्दो मौन, प्रश्नबाट भागे प्रवक्ता, वालेन्द्र रास्वपा वरिष्ठ नेता, रविले राखे सर्वदलीय बैठक र शेख हसिना बंगलादेश फर्किँदै


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे
गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि वालेन्द्र शाह नेतृत्वको सरकारको भूमिकाबारे प्रश्न उठिरहँदा बुधबार मन्त्रिपरिषद्को बैठक बस्यो ।

बुधबार अपराह्न ४ बजे बसेको यो बैठकमा प्रधानमन्त्री वालेन्द्रसहित सबैजसो क्याबिनेटका सदस्य सहभागी थिए। देशको आन्तरिक सुरक्षाको जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ पनि बैठकमा थिए ।

तर मन्त्रिपरिषद्को उक्त बैठकले सुनसरीको तनावबारे एक शब्द पनि औपचारिक निर्णयमा कञ्जुस्याइँ गरेको छ।

बैठकपछि निर्णय सार्वजनिक गर्न सिंहदरबार परिसरमा उभिएका सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल उल्टे सुनसरी तनावबारे जवाफ नदिई हतार हतार बाटो लागे ।

बैठकबाट खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेकोसहित विभिन्न आठवटा विधेयकलाई संघीय संसद्मा लैजान स्वीकृति दिने निर्णय भएको पोखरेलले बताए ।

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’

फोहर व्यवस्थापन सुधार गर्न सञ्चारमन्त्रीको निर्देशन, बञ्चरेडाँडाका समस्या समाधानमा जोड

‘राष्ट्रिय यातायात नीति २०८३’ स्वीकृत, विद्युतीय सवारी र सुरक्षामा विशेष जोड

सभामुख अर्यालले गरे दलका नेतासँग छुट्टाछुट्टै छलफल

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत
प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेतामा मनोनीत भएका छन्।

बुधबार काठमाडौंको वनस्थलीस्थित घण्टीघरमा बसेको केन्द्रीय समिति बैठकले वालेन्द्रलाई चितवनमा भएको पहिलो महाधिवेशनको निर्णयअनुसार वरिष्ठ नेतामा मनोनीत गरेको हो ।

केन्द्रीय सदस्यमा पनि मनोनयन नदिएका वालेन्द्र चितवन महाधिवेशनमा सर्वसम्मत वरिष्ठ नेता बनाउने निर्णय भएको थियो । त्यही निर्णयअनुसार सभापति रवि लामिछानेले बुधबारको बैठकबाट उनलाई वरिष्ठ नेतामा मनोनीत गरेका हुन्।

उता उपसभापतिसहितका विभिन्न पदमा अझै निर्णय आउन बाँकी छ। रास्वपाको पहिलो महाधिवेशन २०८३ असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। तर महाधिवेशनको डेढ महिनापछि मात्रै रास्वपा केन्द्रीय कमिटीलाई पूर्णता दिन लागिएको हो ।

एउटा प्रश्न : ‘यो देशका प्रधानमन्त्री वालेन्द्र हुन् कि रवि लामिछाने ?’

रवि लामिछानेले दिए गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली

सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन : कसलाई के भने ?

सुनसरी घटनाबारे सुरक्षा प्रमुखसँग ब्रिफिङ लिँदै प्रधानमन्त्रीले भने : सामाजिक सद्‍भाव बिथोल्नेमाथि निगरानी राख्नू

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन रु
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्। जारी सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै नेकपा संयोजक प्रचण्डले यस्तो संवेदनशील समयमा राजनीतिक दलहरूले परिपक्वता, संवाद र उच्च जिम्मेवारी प्रदर्शन गर्नुपर्नेमा जोड दिएका हुन्।

विगतमा भूकम्प, बाढी-पहिरोजस्ता विपद्का बेला होस् या संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, मुलुकले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गराउँदै उनले आज पनि त्यस्तै ऐक्यबद्धताको आवश्यकता रहेको बताए। राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार किन साझा समाधानतर्फ अग्रसर हुन सकिरहेको छैन भन्दै उनले गम्भीर प्रश्नसमेत उठाए। साथै, संवादका लागि बैठक आह्वान गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिए।

संयोजक प्रचण्डले सरकारलाई अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्न आग्रह गर्दै प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दलहरूलाई विश्वासमा लिएर सर्वदलीय सहमतिको पहल गर्नुपर्ने बताए। संसद्‍मा पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी देखिन नसकेको टिप्पणी गर्दै उनले बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने स्पष्ट पारे।

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

सर्वदलीय बैठकमा प्रश्न: यो देशमा प्रधानमन्त्री र गृहमन्त्री छन् कि छैनन् ?

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित समारोहमा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराए।

उक्त समारोहमा कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ, पूर्वमुख्यमन्त्रीत्रय यामलाल कँडेल, जीवनबहादुर शाही, राजकुमार शर्मा, उपसभामुख यशोदा न्यौपाने, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारी, प्रदेशसभाका सदस्यहरू, प्रमुख सचिव, प्रदेश सचिव तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

गुणस्तर मापदण्ड नपुगेको उच्च रक्तचापको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

संस्कृति मन्त्रालयको बजेट खर्च ३१.६८ प्रतिशतमा सीमित, पुँजीगत खर्च १६ प्रतिशत मात्रै

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु यथावत् (तस्बिरहरू)

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

इरान युद्धमा साउदीको पनि प्रवेश : अमेरिकासँग मिलेर इराकमा आक्रमण, इरान समर्थक २० लडाकु मारिए
इरानसँग जारी तनावका बीच साउदी अरब पनि युद्धको मोर्चामा सक्रिय रूपमा देखिएको छ। साउदी अरबले अमेरिकासँग मिलेर मंगलबार राति इराकमा इरान समर्थित पपुलर मोबिलाइजेशन फोर्सका लडाकुहरूको अड्डामाथि हवाई आक्रमण गरेको छ।

समाचार एजेन्सी एएफपीका अनुसार उक्त आक्रमणमा कम्तीमा २० लडाकुको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

अमेरिकी सेनाले ती अड्डाबाट अमेरिकी सैनिक र साउदी अरबका ऊर्जा पूर्वाधारमाथि आक्रमणको तयारी भइरहेको दाबी गरेको छ।

आक्रमण भएको केही घण्टापछि इरानले जवाफी कारबाहीस्वरूप जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै धेरै ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। यद्यपि ती सबै मिसाइललाई बाटोमै अवरोध ९इन्टरसेप्ट० गरिएको अमेरिकी पक्षले जनाएको छ।

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

ट्रम्प-नेतन्याहु भेटिरहेकै बेला जब इरानले अमेरिकी सेनामाथि हान्यो ब्यालिस्टिक मिसाइल

युवा आन्दोलनले मोदी सरकारलाई दबाब

हसिनाले भनिन्- जेल जानुपरे पनि यही वर्षभित्र स्वदेश फर्किन्छु














प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ८ : ०४ बजे

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन