आजका समाचार : एमालेकाे हिरक महाेत्सवदेखि अर्थसचिवमा मधु मरासिनीसम्म | Khabarhub Khabarhub

आजका समाचार : एमालेकाे हिरक महाेत्सवदेखि अर्थसचिवमा मधु मरासिनीसम्म


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा पूर्वराष्ट्रपति भण्डारी ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित, कतारका राजाको नेपाल भ्रमण : भोलि सार्वजनिक बिदा, लगानी सहजीकरण सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय, उपनिर्वाचनमा मतदातालाई यातायातको व्यवस्था मिलाउन गृहलाई निर्देशन, सन्दीपको पुनरावेदन मुद्दा ‘हेर्न नभ्याइने’, इजरायली सेनाका इन्टेलिजेन्स प्रमुखले दिए राजीनामालगायका समाचारले प्रमुख स्थान पाए। 

पूर्वराष्ट्रपति भण्डारी ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित

नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेको छ ।

ललितपुरको गोदावरीमा नेकपा स्थापनाको हीरक महोत्सवको विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेका हुन् ।

कतारका राजाको नेपाल भ्रमण : भोलि सार्वजनिक बिदा

कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले वैशाख ११ गते सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रीपरिषद्को आजको बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।

लगानी सहजीकरण सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले लगानी सम्मेलनलाई लक्षित गर्दै विभिन्न अध्यादेश ल्याउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केही ऐनहरू अध्यादेशमार्फत ल्याउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् । उनले भनिन्,‘लगानी सहजीकरण सम्बन्धी केही ऐनहरू अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश भएको छ ।’

गठबन्धन कति दिन टिक्छ, टुङ्गो छैन : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबारे शंका व्यक्त गरेका छन् ।

नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालको अहिलेको राजनीति जटिल भएको बताउँदै वर्तमान गठबन्धन लामो समय जानेमा शंका व्यक्त गरेका हुन् ।

उपनिर्वाचनमा मतदातालाई यातायातको व्यवस्था मिलाउन गृहलाई निर्देशन

निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनमा मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिएको छ । सोमबार बसेको आयोगको बैठकले गृह मन्त्रालयलाई सो निर्देशन दिएको हो ।

इलाम-२ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (१) मा उपनिर्वाचन हुँदै छ ।

माओवादी आन्दोलनको यात्रा जारी छ : उपाध्यक्ष सापकोटा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले माओवादी आन्दोलनको यात्रा जारी रहेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोक जिल्ला कमिटीको आइतबार नवौँ पूर्ण बैठकमा उनले माओवादी पार्टी मात्रै नभएर विचारसहितको आन्दोलन पनि भएकाले निराश नभएर निरन्तर पार्टी र आन्दोलनमा लाग्न आग्रह गरे ।

सन्दीपको पुनरावेदन मुद्दा ‘हेर्न नभ्याइने’

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा सोमबार तोकिएको सुनुवाइ स्थगित भएको छ ।

आफूलाई दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको फैसलाप्रति सन्दीपले गरेको पुनरावेदनमा उच्च अदालत पाटनमा हुने भनिएको सुनुवाइ स्थगित भभएको हो ।

विशेषले सफाइ दिएपछि अर्थसचिवमा फर्किए मधु मरासिनी

सरकारले मधु मरासिनीलाई अर्थमन्त्रालयको सचिवमा पुनर्वहाली गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो । मरासिनी लामो समयदेखि अर्थमन्त्रालयकै सचिवमा रहेका थिए ।

दार्चुलामा भारतीय आर्थिक सहयोगमा विद्यालय भवन शिलान्यास

भारत सरकारको सहयोगमा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवन बन्ने भएको छ ।

बिहीबार एक कार्यक्रमबिच शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामी र भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिव प्रशान्त कुमार सोनाले नेपाल–भारत विकास सहकार्य अन्तर्गत बन्न लागेको विद्यालय भवनको शिलान्यास गरेका हुन् ।

अन्तर्राष्ट्रिय…

भारतमा लोकसभाको पहिलो नतिजा : कांग्रेसको उम्मेदवारी खारेजपछि भाजपा उम्मेदवार निर्विरोध

भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टीले खाता खोलेको छ ।

गुजरातको सुरत लोकसभा सीटबाट सोमबार भाजपाका उम्मेदवार मुकेश दलाल निर्विरोध विजयी भएका हुन् ।

समाचार अनुसार यहाँ कांग्रेस उम्मेदवार निलेश कुम्भाणीको उम्मेदवारी रद्द गरिएको थियो । उनको उम्मेदवारीमा साक्षीको नाम र हस्ताक्षरमा गडबडी रहेको निर्वाचन आयोगले जनाएको छ ।

इजरायली सेनाका इन्टेलिजेन्स प्रमुखले दिए राजीनामा

इजरायलको सैन्य इन्टेलिजेन्स प्रमुख अहारून हालिवाले राजीनामा दिएका छन् ।

अक्टोबर २०२३ मा इजरायलमाथि हमासको हमलापछि राजीनामा दिने हालिवा पहिलो उच्च सैन्य अधिकारी हुन् ।

माल्दिभ्समा राष्ट्रपति मुइज्जुको पार्टीलाई दुईतिहाइ, भारतलाई अर्को झट्का

माल्दिभ्समा आफूलाई भारतविरोधी नेताका रुपमा उभ्याएका मोहम्मद मुइज्जुको पार्टीले दुईतिहाइ बहुमत ल्याएको छ ।

संसदीय चुनावका क्रममा अहिलेसम्म आएको ८६ सिटको नतिजामा मुइज्जुको पार्टीले ६६ सिटसहित दुईतिहाइ बहुमत ल्याएको छ ।

खेलकुद…

एफए कप : म्यानचेस्टर युनाइटेड फाइनलमा

एफए कप फुटबलमा म्यानचेस्टर युनाइटेड फाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न सेमिफाइनलमा कोभेन्ट्री सिटीलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै म्यानचेस्टर युनाइटेड फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको समय थप गरिएको थियो । थपिएको ३० मिनेटको समयमा दुवै पक्षबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनालाई ३–२ गोलले हराउँदै रियलले जित निकालेको हो ।
रियल मड्रिडका लागि भिनिसियस जुयिर, लुकास भाजक्वेज र जुड बेलिङ्घमले एक–एक गोल गरेका थिए ।

यस्तै, बार्सिलोनाका एन्ड्रियास क्रिस्टेनसेन र फर्मिन लोपेजले एक–एक गोल गरेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ७ : ५३ बजे

इङल्याण्डविरुद्धको टेस्टमा पाकिस्तानको राम्रो सुरुवात

काठमाडौं– पाकिस्तानले इङल्याण्डविरुद्धको टेस्टमा राम्रो सुरुवात गरेको छ । टेस्ट

वर्षाका कारण सुनसरीमा १७ करोड मूल्य बराबरको क्षति

धरान– वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा मात्रै १७ करोड ११

महिलाका मुद्दामा साझा अभियान चलाइने

काठमाडौं– महिलाका मुद्दालाई साझा  सवालका रूपमा उठान गर्ने उद्देश्यले नेपाल

झगडापछि बिरामी परेका एक युवकको मृत्यु

दोलखा – यहाँको बिगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको

यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू

दोलखा– रामेछाप, ओखलढुङ्गा, मन्थली, सोलुखुम्बूलगायतका सवारिसाधन दोलखा हुँदै जाने चापलाई