आजका समाचार : नेपाली आकाश झन असुरक्षित, भोलि आधा झण्डा झुकाइँदै र बाइडेनले राष्ट्रलाई सम्बोधन गर्ने  | Khabarhub Khabarhub

आजका समाचार : नेपाली आकाश झन असुरक्षित, भोलि आधा झण्डा झुकाइँदै र बाइडेनले राष्ट्रलाई सम्बोधन गर्ने 


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


11.2k
Shares
  • change font
  • change font
  • change font

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना
त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।

त्रिभवुन विमानस्थल स्रोतका अनुसार उक्त जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो । उक्त जहाज काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएको जानकारी आएको छ ।

दुर्घटनामा परेपछि जहाजमा आगो लागेको छ । जहाजमा लागेको आगोले ठूलो धुवाँको मुस्लो निस्किएको छ ।

दुर्घटनाका कारण विमानमा लागेको आगो निभाउन अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली खटिएको छ ।

विमान दुर्घटनास्थलमा प्रधानमन्त्री ओली, कारण बुझ्न अधिकारीहरूलाई निर्देशन

त्रिवि शिक्षण अस्पतालमा जहाज दुर्घटनाका १८ शव

उद्धार गरिएका पाइलट शाक्यको निधारमा चोट, अवस्था स्थिर

विमान दुर्घटनाका १८ शवको पोस्टमार्टम गरिसक्न ७२ घण्टा लाग्ने

प्राधिकरणले भन्यो- सौर्यको जहाज दुर्घटनामा १८ जनाको मृत्यु, एकजना घाइते

प्रहरी भन्छ- सौर्यको जहाज दुर्घटनामा १५ को मृत्यु, चारजनाको उपचार हुँदै

सुरक्षाकर्मीले कन्टेनरबाट निकालेका थिए सौर्यका घाइते पाइलटलाई

सौर्यको जहाज दुर्घटनामा बाबुआमा र नाबालकले गुमाए ज्यान

सौर्य एअरलाइन्सको जहाजमा सवार १९ जनाको नामावली

सौर्यका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल पठाइयो

आफ्नै कर्मचारी र इन्जिनियर बोकेर पोखरा जाँदै थियो सौर्यको जहाज

दुर्घटनामा परेको सौर्यको विमान २१ वर्ष ४ महिना पुरानो

विमानस्थलकै डिलमा भयावह दुर्घटना, २५ तस्बिरहरु

सौर्यको जहाज दुर्घटनाबारे छानबिन आयोग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने
त्रिभुवन विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरिएको छ ।

बुधबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले छानबिनआयोग गठन गरेको छ ।


मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।

कर्णको संयोजकमा गठित समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ। आगामी दिन यस्ता दुर्घटना हुन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको गुरुङले बताए ।

प्राधिकरणका अधिकारीसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ, छानबिन समिति बनाइने

बाग्मती किनारका पूर्वाधार प्रयोगमा ल्याउन उपप्रधानमन्त्री सिंहको निर्देशन

बीआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी  

बुद्धदर्शन अन्धविश्वास होइन, वैज्ञानिक तथ्यमा आधारित छ : प्रधानमन्त्री

अर्थमन्त्री र सीबीफीनबीच दिगो आर्थिक एवं बैंकिङ विकासबारे छलफल

नेपालको वीरता र सौर्यको इतिहास विश्वमा प्रचार गरौँ : राष्ट्रपति

प्रधानमन्त्री ओली भन्छन्- संविधान संशोधन हुन्छ तर धर्मनिरपेक्षता तलमाथि हुँदैन

निर्मला कुर्मीको मृत्यु प्रकरणका आरोपी बदशाहलाई मन्त्री पद ‘पुरस्कार’
नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा ठगी र कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका एकजना प्रदेशसभा सदस्यलाई मन्त्री बनाएको छ ।

प्रदेश सभा सदस्य बादशाह कुर्मीलाई कांग्रेसले विनाविभागीय मन्त्री बनाएको हो ।


प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार कुर्मीलाई विनाविभागीय मन्त्री बनाएका हुन् । आचार्य कांग्रेसको समर्थनमा एमालेबाट मुख्यमन्त्री भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेकाअनुसार कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान जारी छ ।

बागमतीका मुख्यमन्त्री लामाले लिए शपथ, आजै मन्त्रिपरिषद् विस्तार

अधुरा योजनाको विवरण उपलब्ध गराउन मन्त्री यादवको निर्देशन

ट्राफिक कारबाहीबाट १७ करोड राजस्व संकलन

नेपालको राहदानीको विश्व वरियतामा सुधार

अमेरिकी राष्ट्रपति बाइडेनले राष्ट्रवासीका नाममा सम्बोधन गर्ने
अमेरिकी राष्ट्रपति जो बाइडेनले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । सो सम्बोधनमा आफू नोभेम्बरमा हुने चुनावबाट किन पछि हटेको भन्ने बारे व्याख्या गर्ने बताइएको छ ।

उपराष्ट्रपति कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच बाइडेनको राष्ट्रपतीय उम्मेद्वारबाट फिर्ता हुने निर्णयका विषयमा जारी सवाल जवाफबीच बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले राजीनामा दिने ऐतिहासिक निर्णय गरे पनि आफ्नो कार्यकाल अझै पूरा नभएको र आफू बाँकी काम गर्न सक्षम रहेको धारण राख्नेछन्।

थाइ अदालतले प्रधानमन्त्री थाभिसिनको मुद्दामा अगस्ट १४ मा फैसला गर्ने

उत्तर चीनमा भारी वर्षा र बाढीजन्य जोखिमको चेतावनी

रूसमा जापानी व्यापारीलाई प्रतिबन्ध, टोकियोद्वारा विरोध

गर्मीका कारण पाकिस्तानमा विद्यालय बन्द

अमेरिकी सिक्रेट सर्भिसका उपनिर्देशक कार्यवाहक प्रमुखमा नियुक्त

 

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ८ : ०२ बजे

चितवनमा डेंगु सङ्क्रमण बढ्दै, दुई हजार बढी सङ्क्रमित

चितवन– चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये दुई हजार

अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीलाई

स्टकहोम– अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकी तीन अर्थशास्त्रीलाई संयुक्त

पौडी खेल्ने क्रममा बेपत्ता बालिकाको शव भेटियो

फुङ्लिङ – ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा

नयाँदिल्लीमा आतिशबाजी गर्न प्रतिबन्ध

एजेन्सी – वायु प्रदुषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी नयाँदिल्लीमा

मेची–महाकाली उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार

बनियानी– झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आज मेची–महाकाली राष्ट्रिय उद्धार