बिना दबाबमा काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसंगत अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।
प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लव परिसरमा नवनिर्मित ‘द ब्लु प्याभिलियन’ भवनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ठिक ढंगले चले सरकारका तर्फबाट कुनै हस्तक्षेप नहुने स्पष्ट पारे ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/oli-1-768x413.jpg)
प्रहरीलाई अनावश्यकरुपमा त्रसित नभएर न्याय स्थापनामा दृढ ढंगले अगाडि बढ्न प्रधानमन्त्रीको आग्रह थियो ।
‘तपाईँहरू जनताको अपेक्षाअनुसार चल्नुपर्छ । जनताले प्रहरीबाट निष्पक्ष र राम्रो व्यवहारको अपेक्षा गरेको छ । त्यसैले तपाईँहरूले संविधान र कानुनबमोजिम देश र जनताको हितलाई शिरमा राखेर काम गर्नुस्,’ प्रधानमन्त्री ओलीले भने ।
नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
क्यान्सरलाई न्यूनिकरण गर्न सचेतना कार्यक्रम आवश्यक :मन्त्री पौडेल
उपप्रधानमन्त्री सिंहबाट आगलागी भएको खानेपानी मन्त्रालयको निरीक्षण
आगजनीबाट खानेपानीमन्त्रीको कार्यकक्षमा क्षति, सहरी विकासबाट मर्मत–सम्भार सुरु
सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री
केजरीवालकै शैलीमा रवि लामिछानेको पनि विलय हुन्छ : महेश बस्नेत
विकास–निर्माणका कामलाई प्राथमिकता दिन सांसद भण्डारीको आग्रह
अबको तीन वर्षमा देखिने गरी काम गर्नुपर्छ : गगन थापा
गणतन्त्रपछि आफ्नो पहिचान जोगाउने अवसर प्राप्त भयो : मन्त्री गुरुङ
आगलागीबाट मन्त्रालयका महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन : मन्त्री यादव
२०८४ माओवादीको हुन्छ, कसैले रोक्न सक्दैन : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताएका छन् ।
अनेरास्ववियू क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/prachand-2-768x512.jpg)
२०६४ मा जस्तै अहिले देशव्यापी लहर आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले थप उत्साह र प्रेरणा दिइरहेको बताए ।
‘२०६४ मा यस्तै उभार थियो, नेतृत्व जता गयो, उतै छुन खोज्ने, बोल्न खोज्ने अवस्था थियो, जनतामा ठूलो आकर्षण थियो, अहिले त्यस्तै देखिएको छ’– उनले भने– ‘म बिहानको मर्निङ वाकदेखि दिनभरि जनताकै बीचमा खट्ने गरेको छु, जनताकै उत्साह र प्रेरणाबाट यो सम्भव भएको छ, म जीवनभर यो अभियान जारी राख्ने छु ।’
आफू ७० वर्षे वृद्ध भइसकेको र अहिले विद्यार्थी संगठनमा ३२ वर्षमुनिका साथीहरू आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको बीचमा जान अब नयाँ खालको प्रतिष्पर्धा गर्न आवश्यक रहेको बताए। नयाँ पुस्ताका लागि मेहनत र संघर्ष आवश्यक रहेको उल्लेख गर्दै उनले बिहान ५ बजेदेखि रातिसम्म मेहनतका लागि आफूबाट सिक्न पनि आग्रह गरे।
माधवको टिप्पणी- ओलीले पदका लागि नयाँ गठबन्धन गरे
‘प्रतिपक्षको भूमिकालाई अवसरका रूपमा लिन्छौँ’
समाजवाद निर्माणको मुख्य आधार कृषि : प्रचण्ड
समाजवादी पार्टीको महाधिवेशन आइतबारदेखि
वर्तमान व्यवस्थाको हकदार माओवादी हो : वर्षमान पुन
वर्षमानलाई शंकर पोखरेलको फोन-अध्यादेशमा सहयोग गर्न आग्रह
अध्यादेश लोकतन्त्रको भावना विपरीत उपाध्यक्ष श्रेष्ठ
बागमती प्रदेशसभा : विधेयक छलफलका लागि समितिमा पठाइयो
बागमती प्रदेशसभाको बैठकले चार वटा संशोधनसहितका विधेयक सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउन स्वीकृति प्रदान गरेको छ ।
प्रदेशसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री किरण थापा मगरको तर्फको श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पेस गरेको ‘मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ लाई शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको हो ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/Bagmati-pradesh-768x397.jpg)
उद्योग, वाणिज्य भूमी तथा प्रशासनमन्त्री शुकमाया तामाङले ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रोदशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’लाई पर्यटन तथा वातारण समितिमा पठाइएको छ ।
‘स्काउटले असल नागरिक निर्माणमा योगदान गरिरहेको छ’
वरिष्ठ पत्रकार होमनाथ दाहाल सम्मानित
जब विद्रोह उठ्छ साहित्यले इतिहास लेख्छ : खगेन्द्र संग्रौला
मधेश राज्यको राजनीतिक खेलको सिकार मात्रै भयो : सांसद परियार
नेपालका पाँच विश्वविद्यालयबीच सहकार्यका लागि सम्झौता
उज्यालोको यात्रा प्राधिकरणको मात्र नभइ सबै नेपालीको साझा हो : कुलमान घिसिङ
२७ वर्षपछि दिल्लीमा भाजपाको ‘कमब्याक’
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले २७ वर्ष लामो प्रतीक्षापछि दिल्ली विधान सभामा पुनरागमन गर्ने सम्भावना देखिएको छ । जारी मतगणनाको सुरुवाती रूझानमा भाजपा ४६ सिटमा अगाडि देखिएको छ।
दिल्लीमा लगातार दुईपल्ट सरकार चलाइसकेको आम आदमी पार्टीलाई भाजपाले उछिनेको छ । अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीको मात्र २४ सिटमा अगाडि देखिएको छ ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/13delhibjp.jpg)
१५ वर्षसम्म लगातार दिल्लीमा शासन सत्ता चलाएको कांग्रेस (आई)ले खाता खुल्ने सम्भावना नै नरहेको भारतीय सञ्चार माध्यमहरूमा समाचारहरू प्रकाशित छन् । दिल्लीका ७० सिटमध्ये कांग्रेसले जारी मतगणनामा कहीँ पनि अग्रता लिएको छैन । मत प्रतिशतको हिसाबले पनि कांग्रेसको अवस्था दयनीय देखिएको छ ।
दिल्ली विधानसभामा भाजपाको अग्रता देखिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बेलुकी कार्यकर्तालाई सम्बोधन गर्ने तयारी गरेका छन् ।
युसएडका कर्मचारी बिदा गर्ने ट्रम्पको निर्णयलाई अदालतले रोक्यो
दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवाल पराजित
दिल्लीकी मुख्यमन्त्री आतिशीसँग भाजपाका बिधुडी पराजित
दिल्ली विधानसभा निर्वाचन : जनताले पत्याएनन् कांग्रेसलाई
दिल्लीका पूर्वउपमुख्यमन्त्री सिसोदिया पनि पराजित
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता
दिल्ली निर्वाचनमा विकास र सुशासनको जित : मोदी
प्रतिक्रिया