प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा ९एमाले० ले आज विषयगत सुझावहरू बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई सो सुझाव पत्र हस्तान्तरण गरेका हुन् ।
एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिए पनि त्यस बेला अघिल्लो सरकाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजगीकरणसहित पुनः सुझाव पत्र दिएको महासचिव पोखरेलले अवगत गराए ।

उनले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्गकेन्द्रित संकल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिइएका सुझावहरू पनि कार्यान्वयनका आउन बाँकी रहेको आग्रह गरे ।
प्रधानमन्त्री ओलीले विकासका लागि भिजनरी सोच भएको एमाले जस्तो पार्टीले केन्द्रीय विभागहरूको रायसमेतका आधारमा दिएको सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमामा लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।
मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि सुझाव पेस
सरकारको गति : असोजमा बाढी पहिरो, वैशाखमा क्षति आंकलन
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आव्हान
नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए राजीनामा
बाबुराम भट्टराई भन्छन्- एकले अर्कालाई निषेध गर्नुभन्दा सहकार्य गरी अघि बढौँ
प्रजातान्त्रिक आन्दोलनमा न्यौपानेको योगदान महत्त्वपूर्ण : सभापति देउवा
रास्वपाको केन्द्रीय समितिको बैठक आव्हान
शिक्षकहरूलाई काममा फर्कन सरकारको आह्वान
सरकारले आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन शिक्षकहरूलाई आह्वान गरेको छ ।
बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले नेपाल शिक्षक महासंघले उठाएका मागहरुका सम्बन्धमा सरकार संवेदनशील रहेको र यथोचित सम्बोधन हुने भन्दै आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन शिक्षकहरूलाई आह्वान गरिएको जानकारी दिएका हुन् ।

संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक छिटो पारित गर्न सरकारका तर्फबाट आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय भएको उनले बताए ।
प्रवक्ता गुरुङले शिक्षकहरूको मागप्रति सरकार गम्भीर रहेकाले शिक्षकहरूले पनि अव आफ्ना अडान छाड्नुपर्ने जिकिर गरे । उनले अहिलेको आर्थिक अवस्थालाई हेरेर शिक्षक लगायतका निजामतीको सेवा सुविधा वृद्धि गर्नेबारे पनि अध्ययन भइरहेको बताए ।
शिक्षकहरूको माग अनुसार विद्यालय शिक्षा ऐनलाई सदनबाट फाष्ट ट्रयाकबाट पारित गर्नका लागि अन्य राजनीतिक दलहरूसँग छलफल गरेर अघि बढ्ने उनले बताए ।
शिक्षकलाई काममा फर्किन सरकारको अनुरोध
आन्दोलित शिक्षकबारे सरकारको औपचारिक धारणा- स्कुल फर्किनू, विधेयक यसै अधिवेशनमा पारित हुन्छ
शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्न आवश्यक : मन्त्री भण्डारी
शिक्षा विधेयक लागि कांग्रेसले पहलकदमी लिने, महरलाई दिइयो जिम्मेवारी
तराई-मधेस जागरण अभियान आजदेखि फेरि सुरू
आन्दोलनरत शिक्षक प्रतिनिधिसँग कांग्रेस प्रवक्ता महतको छलफल
सरकारले कार्यशैली बदल्नुपर्छ : महामन्त्री शर्मा
ईयुको सर्वोच्च अदालतमा उपप्रमुख डंगोल, न्यायाधीशहरूसँग अनुभव आदानप्रदान
सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
विस्का नखःको चौथो दिन : रथलाई पोखरीमा स्नान
धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको टोखामा चैत मसान्तदेखि सुरु भएको विस्का नखः ९जात्रा० आज चौथो दिन रथलाई पोखरीमा स्नान गराइन्छ। । नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्षझैँ यस वर्ष पनि चैत मसान्तदेखि वैशाख ४ गतेसम्म पाँच दिन चल्ने गर्छ।
वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दूर जात्रा गरी औपचारिक विस्का जात्रा सुरु हुने गरेको छ । वैशाख २ गते बिहान टोखा नगरपालिकाको वडा नं २ गणेशस्थान थलागटोलमा सिन्दूर जात्रा गरेर नगर परिक्रमा गरिने रथलाई सोही दिन माथिल्लो लाछिमा लगेर बिसाइन्छ ।

वैशाख ३ गते बिहान ६ बजे माथिल्लो लाछिमा सिन्दूर जात्रा गरेर उठाइएको रथ दिउँसो १ बजे वडा नं ३ स्थित हासलटोलमा लगेर बिसाउने चलन छ । बिहान ६ बजेदेखि सुरु भएको रथयात्रालाई गुठी, गुठीयारको घरमा लगेर बाली उठाउने गरिन्छ । दिउँसो १ बजेदेखि ३ बजेसम्म हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ ।
भारतीय पर्यटकलाई सीमापार आवागमन सहज बनाइँदै, धार्मिक र साहसिक पर्यटन प्रवर्द्धनमा जोड
ईसेवाबाट ४ हजार जनाको १ करोडभन्दा बढी चोरी, २२ वर्षीय युवा पक्राउ
प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने
नगरकोट भ्रमण वर्ष : एक लाख पर्यटकको आगमन
ताप्लेजुङमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु
यूएईबाट आएका युवालाई विमानस्थलमा कठालो समात्दै घिच्याउने तीन प्रहरीमाथि कारबाही
एमाले मोरङमा कलह- परशुरामले अपमान गरेको भन्दै जब विनोद ढकाल मञ्च छाडेर हिँडे
फोहोर जथाभावी फ्याँकेपछि एभरेष्ट अस्पताललाई ५० हजार जरिवाना
एल साल्भाडोरबाट नागरिक फिर्ताको प्रयासबारे जानकारी गराउन ट्रम्पलाई अदालतको आदेश
गएको महिना भुल बस एल साल्भाडोरमा लगिएका मेरिल्यान्डका बासिन्दालाई फिर्ता गर्न गरिएको पहलको प्रमाण पेस गर्न सङ्घीय अदालतले अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासन डोनाल्ड ट्रम्प प्रशासनलाई आदेश दिएको छ।
एल साल्भाडोरका २९ वर्षीय किलमार अल्ब्रेगो गार्सियालाई फिर्ता बोलाउन न्यायाधीश पाउला निसले दुई साताको समय दिएकी हुन्।

सरकारले सही ढङ्गले काम गरेको या नगरेको भन्ने विषयमा ध्यान दिने उनले बताइन्। गत साता अदालतले उनलाई फिर्ता बोलाउन आदेश दिएको थियो। आइतबार मात्र अमेरिका भ्रमणमा रहेका एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले उनलाई फिर्ता पठाउन असमर्थ रहेको बताएका थिए।
कानुन मन्त्रालयका अधिवक्ता ड्रिउ एन्गस्टनले भने गार्सिया आफै पोर्टमा आएर कुरा राखेमा आफूहरूले पहल गर्ने बताएका छन्। एक दिन अघि गृह मन्त्रालयका जेसेफ मजाराले गार्सिया प्रवेशद्वारको अमेरिकी पोर्टमा उपस्थित भएमा उनलाई गिरफ्तार गर्ने चेतावनी दिएका थिए।
इजरायलको युद्ध विरामको प्रस्ताव हमासले गर्यो अस्वीकार
कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प
अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ वाणिज्य दूत नियुक्त
अमेरिकासँग व्यापार युद्ध लड्न चीन तयार
चिनियाँ राष्ट्रपति सी र मलेसियाली नेताबीच भेटवार्ता
दक्षिणपूर्वमा सीको सन्देश : अमेरिकाभन्दा भरपर्दो साझेदार चीन हो
गाजामा कुनै मानवीय सहायता जान दिदैनौँ : इजरायली रक्षामन्त्री
प्रतिक्रिया