आजका समाचार : नेपाललाई अर्को झट्का, एमसीसी पनि बन्द, अहिल्यै एमालेलाई लाग्यो ८४ को चुनाव | Khabarhub Khabarhub

आजका समाचार : नेपाललाई अर्को झट्का, एमसीसी पनि बन्द, अहिल्यै एमालेलाई लाग्यो ८४ को चुनाव


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

‘अरु सरकार जान्छ, जान्छ भन्छन्, एमाले मिस ०८४ मा लागिसक्यो’
प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरूले सरकार जान्छ जान्छ भनेर नचाहिँदो हल्ला गरेको बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको ‘युथ सेलिब्रेशन’ कार्यक्रमलाई छोटो सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिले विरोधीहरू सरकार जान्छ जान्छ जान्छ भन्न थालेका छन् । लोकतन्त्रमा हामीलाई सरकार स्थिर चाहिन्छ । त्यहीअनुसार हामी मिलेर व्यवस्थालाई बलियो बनाउन लागिरहेका छौँ’, उनले भने, ‘चिन्ता सरकारको गर्ने, हामी होइन चुनाव हेर्ने हो । हामीले मिसन ०८४ भनिरहेका छौँ । अब तपाईंहरू सबैजना मिसन ०८४ मा लाग्नुस् ।’

उनले आफूहरूले अहिलेको संसद्को बनावट अनुसार सकेसम्म सरकारमा रहेर देशलाई अघि बढाउन खोजेको बताए । ‘सरकार चलाउने जे गर्ने हामी गरिरहेका छौँ । संसद्को बनावट अनुसार ठीक ढंगले देश अघि लैजाने कुरामा ध्यान दिएका छौँ’, उनले भने, ‘एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन अब तपाईंहरू लाग्नुस् । एमालेलाई कमजोर बनाउन अनेक प्रयास भइरहेका छन्, जनमत फुटाउने प्रयास भइरहेका छन् । त्यसविरुद्ध सबै जुट्नुस् ।’

महाधिवेशनका लागि ध्रुवीकरण बढिरहँदा शशांक कोइरालाको चियापान

शंकर पोखरेलको गुनासो- देश र विकासको पक्षमा उभिएकैले एमालेमाथि आक्रमण भयो

प्रधानमन्त्री ओलीले राजावादी सिद्धान्तलाई दिए ‘पाखण्डी’को संज्ञा

प्रधानमन्त्रीको तर्क- राष्ट्रवादी अडान र दृष्टिकोणको कारण राष्ट्रविरोधी तत्त्व एमालेविरुद्ध खनिए

‘एमसीसी’ बन्द गर्ने ‘डज’को घोषणा, नेपालले पाउने ५० करोड डलर के होला ?

राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा : महासचिव पोखरेल

शिक्षामन्त्री पन्तले भने- शिक्षक आन्दोलनबारे जानकार छु, समस्या पनि थाहा छ
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बिहीबार सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका छ्न ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । त्यसक्रममा पन्तले शिक्षकहरू २३ दिनदेखि आन्दोलनरत रहेको जनाउँदै उक्त समस्या समाधानका लागि सबै शक्ति लगाउने बताएका छ्न ।

‘भर्खरै त मन्त्रालयमा आएँ, समस्याबारे जानकारी पाएको छु । सबै विषयमा जानकारी लिइसकेको छैन’, उनले भने, ‘शिक्षकका माग र समस्याबारे राम्ररी जानकारी लिइसकेपछि विस्तृतमा आफ्नो विचार व्यक्त गरौँला ।’

पन्तले आफूले पहिलेबाटै शिक्षकहरूलाई सडकमा राख्न नहुने बताइरहेको पनि स्मरण गराए । ‘शिक्षकहरूलाई सडकमा राख्नु हुँदैन भन्दै आएको छु । म उहाँहरूलाई घर फर्काउने गरी समस्याको समाधान गर्न प्रयत्न गर्ने छु ।’

रघुजी पन्तले लिए शिक्षा मन्त्रीको शपथ
वार्तामार्फत शिक्षकको समस्या समाधान गरिन्छ : नवनियुक्त शिक्षामन्त्री

विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्नेछौँ : रास्वपा

गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक : मन्त्री खड्का

महेश बस्नेतको दाबी- गभर्नर नियुक्तिमा ‘डिल’ गरेको प्रमाण भेटिएपछि ऊर्जा राज्यमन्त्रीलाई बर्खास्त गरियो

भोलिको संसद्‌मा पहिलो सम्बोधन प्रधानमन्त्रीले गर्ने

सत्तारुढ कांग्रेसनिकट विद्यार्थीले घेरे प्रधानमन्त्री निवास, ८ जना पक्राउ
नेपाल शिक्षक महासंघको काठमाडौंमा जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदर्शनमा उत्रिएका सत्तारुढ नेपाली कांग्रेसको भ्रतृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरू पक्राउ परेका छन् । शिक्षक आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेविसंघका नेताहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्यहरू विनोदराज जोशी, विवेक आचार्य, उपाशना अधिकारी, जितेन्द्र तिमिल्सिना (आर।आर ।क्याम्पस इकाई सभापति), सुमित भट्टराई, मनिष भट्टराई, आदर्श तिवारी र हिमाल बिष्ट रहेका छन् ।

नेविसंघका प्रवक्ता सुरज सेजुवालले शान्तिपूर्ण प्रदर्शन आफूहरूको अधिकार भएको भन्दै दमनको जवाफ आन्दोलनले दिने बताए । उनले पक्राउ परेका विद्यार्थी नेताहरूको रिहाइ नभएसम्म संघर्ष नरोकिने पनि बताए ।

बालेनको दाबी- काठमाडौं टावरमा अर्बौँको नीतिगत भ्रष्टाचार, गुरागाईं केन्द्र सरकारको मिसन बोकेर आए

बालेनलाई कटाक्ष र ओलीको प्रशंसा गर्दै सुनिताको तर्क- स्टन्ट र अरूलाई गाली गरेर देश बन्दैन

सरकारले माग सम्बोधन नगरे आन्दोलन गर्ने क्रसर व्यवसायीको चेतावनी 

सरकारलाई गगन थापाले भने- शिक्षकका मागमा मन्त्रिपरिषद्बाट हुनेजति निर्णय गर्नुपर्‍यो

जनमत-नाउपा एकता वैशाख १७ गते गर्ने तयारी

राष्ट्रको आवश्यकता र जनताको मागअनुसार विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेमा मन्त्रालयसँग सम्बन्धित कलेजका सबै काम रोकिने बताएका छन् ।

आज स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकका प्रतिनिधिहरूबीच भएको वार्तामा उनले निर्वाह भत्ता दिनुपर्ने विषयमा चिकित्सा शिक्षा आयोगले निर्णय गरिसकेको कुरामा तर्क गरिराख्नुको औचित्य नभएको बताए।

मन्त्री पौडेलले भने, ‘निजी मेडिकल कलेजहरूले निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेसम्म मन्त्रालयसँग सरोकार राख्ने कुनै पनि काम अघि बढ्दैन । निर्णयबाट पछि हट्ने कुनै सम्भावना छैन ।’

उनले निजी मेडिकल कलेजले निर्वाह भत्ता ४८ हजार दिनु पर्ने निर्णय कार्यान्वयन गर्नुपर्ने र त्यसपछि कलेजहरूले माग गर्दे आएको स्नातकोत्तरको सिट र शुल्क बढाउने कुरामा वार्ता गर्न सकिने बताए।

मन्त्री पौडेलसहित नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्की, आवासीय चिकित्सकले गठन गरेको सङ्गठन ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समिति’का संयोजक शेषराज घिमिरेलगायतको टोली वार्तामा बसेको थियो ।

यस्तो देखियो एमालेको ‘युथ सेलिब्रेसन’ (तस्बिरहरू)

तीनकुनेमा आगजनी र तोडफोड गरेको आरोपमा थप एक जना पक्राउ

अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

श्रम शोषण भएको भन्दै आवासीय डाक्टरले घेरे मन्त्रालय

खुलेआम घुमिरहेका छन् पक्राउ पुर्जी जारी भएका वडाध्यक्ष, एमाले नेताले संरक्षण दिएको आरोप

काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी 

लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : कार्यवाहक सभापति खड्का

गाजामा इजरायली आक्रमण : २९ जनाको मृत्यु
गाजा पट्टीमा बिहीबार भएका इजरायली हवाई आक्रमणमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। गाजाको नागरिक सुरक्षा विभागका अनुसार, जबालिया शरणार्थी शिविरमा भएको एक आक्रमणमा १० जना प्रहरी अधिकृतको पनि ज्यान गएको हो।

यस आक्रमणमा केही व्यक्तिहरू घाइते भएका छन् र केही घरहरूमा क्षति पुगेको छ। घाइतेहरूलाई गाजा सहरको अल-शिफा अस्पताल लगिएको छ। उद्धारकर्मीहरूले आवश्यक उपकरणको अभावमा उद्धार कार्य गर्न गाह्रो भइरहेको बताएका छन्।

इजरायली सेनाले उक्त स्थान हमास र इस्लामिक जिहाद समूहको कमान्ड केन्द्र भएको दाबी गरेको छ। सेनाले आक्रमण गर्दा सर्वसाधारणलाई क्षति नपुगोस् भनेर सावधानी अपनाएको जनाएको छ।

अन्य हवाई आक्रमणहरू गाजा सहर, खान युनिस र देइर अल-बालाह क्षेत्रमा पनि भएको जनाइएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, मार्च १८ पछि सुरु भएका आक्रमणहरूमा हालसम्म एक हजार ९७८ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ।

पाकिस्तान र इरानबाट एकै दिन छ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

किएभमा रुसी क्षेप्यास्त्र हमलामा ९ जनाको मृत्यु, ६३ घाइते

‘अमेरिका-चीन व्यापार वार्ता जारी रहेको दाबी आधारहीन’ 

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

कश्मीर आक्रमणबारे बिहारबाट मोदीको घोषणा- चरमपन्थीलाई कल्पना गरेभन्दा कडा सजाय हुनेछ

कश्मीरमा चरमपन्थीसँग भिडन्त, भारतीय सेनाका एक जवान मारिए




















प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ८ : २५ बजे

जम्मू–कश्मीर हमलाका आतङ्ककारीबारे सूचना दिनेलाई २० लाख पुरस्कार

काठमाडौं – जम्मू कश्मीरस्थित पहलगाममा २७ जना पर्यटक मारिने गरी

राजावादीको फोटो राख्दै नेता भट्टराईले लेखे : लोकतन्त्र दिवसमा उपस्थित जनसागर

काठमाडौं – नेकपा एमालेका नेता राजन भट्टराईले बिहीबार एमालेले भृकुटीमण्डपमा

अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा

सुनसरी – सुनसरीको बराहक्षेत्र–१ स्थित सप्तकोशी नदीमा बगेर बेपत्ता भएका

आवासीय चिकित्सक भन्छन्ः १९ हजार तलबले के गर्ने ?

काठमाडाैं – जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा आवासीय डेन्टल चिकित्सक डेन्टल

सरकार र आन्दोलित शिक्षकलाई सर्वोच्चले भनेको के हो ? (आदेशसहित)

काठमाडौं – सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरुलाई तीन दिनभित्र विद्यालय फर्कने