रवि र सुमनालक्षित प्रधानमन्त्रीको कटाक्ष- भिजिट भिसामा गएपछि उतैको नागरिकता लिएर, उतै बिहे गरेर फर्किएपछि मन्त्री भएकाहरूले प्रश्न गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षमा रहेका दलहरूले अस्थिरताको पक्षपोषण गरिरहेको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षमा रहेका दलहरूलाई स्थिरता अप्रिय लागेको र अस्थिरताको पक्षपोषण गरिरहेको आरोप लगाएका हुन् ।

अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्ने उनले बताए । प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौँ र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔँ भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा वर्तमान सरकार गठन भएको स्पष्ट पारे ।
लोकतन्त्रका लागि लड्ने र जेलनेल सहितको यातना भोग्ने शक्ति संसदमा रहेको भन्दै उनले वर्तमान प्रणाली ज्यान सरह प्रिय रहेको बताए । त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले देश र जनताका लागि के गर्यो भन्ने प्रश्नबाट बहकाएर अर्थहीन विषयमा विषयान्तर गर्ने प्रयास भइरहेको जिकिर गरे ।
प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी
ओलीको टिप्पणी : रास्वपाका पछि लागेको भीड देखेर दया लाग्छ
५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी छ : मन्त्री पौडेल
संसद्मा ऊर्जामन्त्रीको जवाफ- विद्युत् उत्पादनलाई निरन्तरता दिएका छौँ, लोडसेडिङको कुरा निरर्थक
संसद्बाट प्रधानमन्त्रीले भने- ०८४ सम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार
पूर्वराष्ट्रपतिबारे शेरधन : एमालेले निर्णय गरिसक्यो, अब छलफल र बहसको कुनै अर्थ छैन
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्किन नदिने गरी पार्टीले निर्णय गरिसकेकाले अब कुनै किसिमको बहस र छलफलको अर्थ नभएको बताएका छन् ।
धनकुटाको हिलेमा मंगलबारदेखि जारी कोशी प्रदेश कमिटीको बैठकलाई बुधबार सम्बोधनका क्रममा उनले पूर्वराष्ट्रपतिबारे अब बहस र छलफल गरेर अलमलिनु उचित नहुने बताएका हुन् ।

‘पार्टी केन्द्रीय कमिटीको बैठकले एउटा विषयमा, छलफल, बहस, मतमतान्तर गरिसकेको छ । त्यो विषय भनेको पूर्वराष्ट्रपतिको हो’, उनले भने, ‘एमाले केन्द्रीय कमिटीले पूर्वराष्ट्रपतिबारे पार्टी गरेको निर्णय राजनीतिक हो । त्यो निर्णय एउटा थिति र एउटा प्रणालीका लागि लिएको हो, कुनै व्यक्तिलक्षित होइन ।
एउटा व्यक्ति विशेष भन्दा पनि हामीले राष्ट्रपति संस्थालाई कसरी बुझ्ने, कसरी लैजाने भन्ने हो । यसबारे पार्टीबाट निर्णय भइसकेको छ ।’ उनले थिति र नीतिमा अगाडि देखिएको एमाले नै भएकाले अरूलाई पनि सिकाउन उक्त निर्णय गर्नुपरेको बताए । ‘त्यो निर्णयलाई हामीले कसरी बुझ्ने, यसमा हामीले बुझ्ने भनेको नेपालको गुरू पार्टी एमाले नै हो, अरूले एमालेबाट सिक्दै जाने हुन्’, उनले भने, ‘एउटा नीति र एउटा प्रणालीका लागि पार्टीले राजनीतिक निर्णय गरेको सन्दर्भमा अब थप अरू विषयहरू जोडेर उहाँलाई बहसको पात्र बनाउनु, विवादमा जोड्नु राम्रो हुँदैन ।’
एमालेमा धमाधम प्रदेश कमिटी बैठक, कोशीपछि सुदूरपश्चिम पुग्दै महासचिव पोखरेल
रामहरिले सभामुखलाई बुझाए राजीनामा पत्र
पोखरामा ११ जना भारतीय कालीगढ पक्राउ परेको भन्दै सुनचाँदी रत्न महासंघले गुहार्यो गृहमन्त्री
उपप्रधानमन्त्री सिंहसँग भूमि आयोगका अध्यक्षहरूको भेट : काम गर्दा भोगेका समस्या समाधान गरिदिन आग्रह
वनमन्त्री शाही र एमसीसीका सहायक उपाध्यक्ष विङ्गेलबीच भेट
मन्त्रालयको काम प्रभावकारी बनाइएको छ : उद्योगमन्त्री
खेर गइरहेका काठ उपभोग गर्ने प्रक्रिया सुधार्छौ : मन्त्री शाही
भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गरिनेछ : प्रधानमन्त्री
राप्रपा युवा संघ काठमाडौं विभाजित, अधिवेशन भाँडिदा राणा पक्षद्वारा समानान्तर कमिटी घोषणा
राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला समिति विभाजित भएको छ । राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका छन् ।

आज चाबहिलमा आयोजित जिल्ला अधिवेशनमा दुई पक्षबीच हात हालाहाल भएको थियो । त्यसपछि अध्यक्ष राजेन्द्र लिङ्देनले अधिवेशन स्थगनको घोषणा गरेका थिए ।
उनी कार्यक्रम स्थल छोडेर हिँडेपछि असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको घोषणा गरेको छ ।
राप्रपा युवा संगठनको अधिवेशन स्थगित
राप्रपाको विवाद युवाको अधिवेशनसम्मै पुग्यो, मञ्चमै प्रहरी तैनाथ
राप्रपा युवा संगठनको अधिवेशनमा कडा सुरक्षा तैनाथ (तस्बिरहरू)
राप्रपामा बढ्दो टकरावबीच रेखाको टिप्पणी- विशेष महाधिवेशनको माग भएन र ?
नेपाल वायुसेवा निगमको २३ ठाउँमा जग्गा, कहाँ कति ?
व्यावसायिक क्षेत्रमा अब्बल प्रदर्शन गर्न नसकिरहेको नेपाल वायुसेवा निगम जग्गाको स्वामित्वमा भने दर्जनौँ ठाउँको जमिनको मालिकका रूपमा रहेको देखिएको छ । निगमको नाममा काठमाडौं उपत्यका सहित विभिन्न २३ ठाउँमा ६० रोपनी भन्दा धेरै जमिन रहेको पाइएको हो ।

आर्थिक वर्ष ०८१र८२ को असार मसान्तसम्मको तथ्यांकअनुसार वायु सेवा निगमसँग काठमाडौं उपत्यकाभित्र मात्रै ६९ रोपनी ४ आना भन्दा धेरै जग्गा रहेको छ । जसमध्ये निगमको केन्द्रीय कार्यालय रहेको कान्तिपथ न्युरोडको जग्गाको क्षेत्रफल १४ रोपनी ७ आना १ पैसा १ दाम रहेको छ ।
त्यस्तै, काठमाडौंको सिनामंगलमा निगमको नाममा ३४ रोपनी १३ आना १ पैसा २ दाम जग्गा ९ वटा कित्तामा रहेको छ भने कुलेश्वरमा २७१।०८ वर्गमिटर जग्गा भवन सहित रहेको छ ।
उच्च अदालतका २७ जना न्यायाधीशलाई शपथ
ओम्नीले ६ वर्षदेखि झण्डै दुई करोड हवाई भाडा तिरेन निगमलाई
रविपत्नी निकिताको आरोप- गृहमन्त्रीको निर्देशनमा अदालतको आदेश रोकियो, अन्तर्राष्ट्रिय अदालत जान्छु
कैलालीस्थित कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन
‘बहुध्रुवीय विश्वमा अवसर तथा जोखिम एकैसाथ आउँछन्’
चक्रे मिलन र जितबहादुरसहित १९ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश
नागरिक उन्मुक्तिको अध्यक्षमा रञ्जिता नै कायम, लालवीरले पाएनन् मान्यता
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रञ्जिता श्रेष्ठ नै रहेको निर्णय गरेको छ । नाउपाको राष्ट्रिय भेलाले सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएर आयोगमा दर्ता गरेको भए पनि आयोगले चौधरीलाई मान्यता नदिएपछि रञ्जिता नै आधिकारिक अध्यक्ष रहने भएकी छिन् ।

उक्त निर्णयबारे आयोगले आज जानकारी गराउने आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले जानकारी गराइन् । राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको आयोगको ठहर छ ।
पार्टीका संरक्षक रेशम चौधरी पक्षका बहुमत सदस्यको केन्द्रीय समिति बैठकमार्फत श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाएको थियो ।
पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध
जलगदुल्ला जलविद्युत निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर
इलामको माइखोला चिसापानी खण्डमा जलसतह बढ्यो
विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण लाइन निर्माण : ऊर्जामन्त्री खड्का
जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम गर्नेछु : मुख्यमन्त्री बानियाँ
गोली चलाएर लागूऔषध कारोबारी नियन्त्रणमा
चक्रे मिलन र जितबहादुरसहित १९ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश
दक्षिण कोरियाली राष्ट्रपतिले ट्रम्पसँग शिखर सम्मेलनअघि जापानी प्रधानमन्त्रीसँग भेट गर्ने
दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर सम्मेलनका लागि वाशिङटन जानुअघि आगामी साता टोकियोमा जापानी प्रधानमन्त्री शिगेरु इशिबासँग भेट गर्ने भएका छन् । यसले वैश्विक व्यापार पुनः स्थापना गर्ने ट्रम्पको दबाबले प्रायः झगडा गर्ने दुई छिमेकी जापान र दक्षिण कोरियालाई कसरी नजिक ल्याइरहेको छ भन्ने कुरालाई जोड दिन्छ ।

लीको दुई दिने जापान भ्रमण अगस्ट २३–२४ मा इशिबासँगको व्यक्तिगत सम्बन्धलाई गहिरो बनाउने र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने अवसर हुनेछ ।
उनीहरूको वार्ताले वासिङ्टनसँग त्रिपक्षीय सहयोगलाई सुदृढ पार्ने, ‘क्षेत्रीय शान्ति र स्थिरता’ लाई बढावा दिने र अन्य अन्तर्राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुने राष्ट्रपतिका प्रवक्ता काङ यु–जुङले बुधबार बताए ।
मुस्लिम महिलामाथि हमला भएपछि क्यानडाका प्रधानमन्त्रीको कडा चेतावनी
भारतमा अमेरिकी कर वृद्धिको खतरा
भारत ‘अलिक हठी’ भयो : अमेरिकी अर्थमन्त्री
पक्राउ परेकी दक्षिण कोरियाली पूर्वप्रथम महिला बस्ने जेलमा पङ्खा छ, एसी छैन
ब्राजिलको एक कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु
तीस हजारभन्दा बढी अफगान स्वदेश फिर्ता
म्यान्मारको जुन्ताले ‘व्यवस्थित’ यातना दिइरहेको राष्ट्रसङ्घको रिपोर्ट
प्रतिक्रिया