आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण | Khabarhub Khabarhub

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने
अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌ बढीमा ११ सदस्यीय हुने दाबी गरेकी छिन्‌ । बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै कार्कीले वर्तमान सरकारमा मन्त्रीहरूको सङ्ख्या ११ भन्दा बढी नहुने बताएकी हुन्‌ ।

‘मन्त्रीहरू पनि कुनै राजनीतिक दल निकटका हुँदैनन्‌, गैरराजनीतिक र कुनै संस्थामा काम गरेकालाई ल्याउँछौँ, त्यस्ता व्यक्ति खोजिरहेका छौँ, चुनाव नलड्ने व्यक्तिलाई मात्रै मन्त्री बनाउँछौँ’, कार्कीले भनेकी छिन् ।

कार्की नेतृत्वको मन्त्रिपरिषद्‌मा यसअघि तीन जनाले कार्यभार सम्हालिसकेका छन्‌ । अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ नियुक्त भएका हुन्‌ ।

प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार जाँदै भारतीय राजदूत

कैलाश ढुंगेललाई प्रश्न- एमालेको नेतृत्व कहिले फेर्ने ?

स्रोत जुगाडमा अन्तरिम सरकार : शहरी मन्त्रालयका कयौँ योजना काटिन सक्ने

अर्थमन्त्रीद्वारा निजी क्षेत्रसँग छलफल

सरकारले निजी क्षेत्र लक्षित इन्टिग्रेटेड बिजनेस रिकभरी योजना ल्याउने

प्रधानमन्त्रीको प्रस्ताव : मन्त्री बन्नुस्, सन्दुक रूइतको जवाफ : बिरामीलाई छोड्न सक्दिनँ

प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रूइतसँग छलफल गरेकी छन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रूइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा. रूइतसँग आग्रह गरेकी हुन् ।
जवाफमा डा. रूइतले सरकारलाई सहयोग गर्ने तर मन्त्री बनेर सहभागी हुन नसक्ने जवाफ दिएका छन् ।

छलफलपछि डा. रूइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने पत्रकारहरूलाई बताएका छन् । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले आफ्नो जिम्मेवारी नछाड्ने बताएका हुन् ।

अग्नि सापकोटाले भने- जेन-जीको आन्दोलनमा गणतन्त्र विरोधी घुसेर ध्वंसात्मक कार्य गरे

हाकिम बन्ने त्यो लिगलिगे दौड, अहिले मन्त्री र कर्मचारी

निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

गृहमन्त्री अर्यालले प्रहरीलाई भने- उच्च मनोबलसहित काममा खट्नुहोस्

जेन-जी आन्दोलनपछि पहिलो पटक पेरिसडाँडामा प्रचण्ड, भने : नयाँ र भब्य कार्यालय बनाउँछौँ


सडकको अवस्था हेरेर अग्रिम ‘टिकट बुकिङ’ खुला गरिने
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडकको अवस्था हेरेर मात्रै दसैँका लागि अग्रिम ‘बुकिङ’ खुला हुने जनाएको छ ।

आज यातायात व्यवस्था विभागमा भएको छलफलमा मुलुकका विभिन्न स्थानमा सडक पूर्ण रूपमा सञ्चालन हुन नसक्दा बाहिरदेखि सार्वजनिक यातायात उपत्यका आउन समय लागेकाले अग्रिम टिकट बुकिङ खुलाउन समस्या भएको महासङ्घले जनाएको हो ।

‘सडक सुधार हुन नसक्दा उपत्यकादेखि बाहिर जान र आउनै समस्या छ । हामीले धेरै दिन अघिदेखि बुकिङ खुला गर्ने तर सवारीसाधन फर्केर आइपुगेन भने के गर्ने रु झन् समस्या हुन्छ । तसर्थ सडकको अवस्था हेरेर मात्रै अग्रिम बुकिङ खुलाउन सकिन्छ,’ महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले भने, ‘तर आम नागरिकले बसपार्कमा गएर दुई–तीन दिनअघिको टिकट लिन चाहनुभएमा रोकेका छैनौँ । टिकट अहिले पनि खुला छ ।’

चाडपर्वमा यातायात सेवा प्रभावकारी बनाइँदै, भाडा नबढाइने

मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त संरचनाको अवलोकन

महेश बस्नेतले भने- पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउँछौँ

निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

बिर्तामोड नगरपालिकामा सरसफाइ

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

स्थानीयवासी प्रहरी कार्यालय पुनःनिर्माणमा जुट्दै

‘किसुनजीको आश्रम जलेको देख्दा आँखा रसाउँछन्’

सन्तनेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को ललितपुर, ठैव बाडेगाउँस्थित आश्रमको अवलोकनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको पहलमा भाय प्रमोद भट्टराईसहित सोमबार दिउँसो पुग्यौँ । त्यहाँ पुग्दा आश्रमको दृष्य अत्यन्त हृदयविदारक देखियो ।

अतिवादीहरूको जत्थाले भदौ २४ गते अपराह्न १ बजेतिर आश्रममा समेत पुगेर बितन्डा मच्चाएछन् । सन्तनेताले आफ्नो सम्पत्तिका नाममा देशका भावी पिढीका लागि छाडेर जानुभएपछि जतनसाथ राखिएका, दुई–दुई पटक प्रधानमन्त्री भएर सरकारी निवासमा जाँदा र फिर्ता आउँदा सँगै ल्याउनुभएका उहाँका बाकस (ट्यांका), छाता र सुराहीका साथ साथै सबै नोटबुक र डायरी, अप्राप्य पुस्तक र अभिलेख ध्वस्त बनाएछन् ।

संकलित फोटोका साथै उहाँले प्रत्येक दिन बिहान वाचन गर्ने श्रीमद्भागवत गीताको पुस्तक र अन्य धार्मिक पुस्तक, जतनसाथ राखिएका उहाँका व्यक्तिगत उपयोगका सम्पूर्ण वस्तु आगो लगाएर ध्वस्त बनाएछन् ।

धरान फर्केपछि आक्रोश पोख्दै रुवाबासी गर्दै हर्क : फकाउँदै बालेन भन्छन्- एकतर्फी नै सही साँचो माया गरेको छु

सिभिल अस्पतालबाट ३ सय ६६ जना डिस्चार्ज, ९ जनाको उपचार हुँदै 

आगजनी र तोडफोडका घटनाको छानबिन गर्न माग

आन्तरिक राजस्व कार्यालयद्वारा करदाता सेवा सुरु 

मन्त्री आवासको प्रारम्भिक क्षति विवरण संकलन सुरु

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मंगलबार शिक्षण अस्पतालबाट शवयात्रा सहित पशुपति आर्यघाट पुगेर जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले शहीदको पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान अर्पण गरेका थिए भने सुरक्षा निकायले सलामी अर्पण गरेको छ ।

केही शहीदहरूको पार्थिक शरीरलाई अन्त्येष्टिका लागि गृह जिल्ला लगिएको छ ।

विश्वकर्मा पूजाका लागि मूर्तिहरू तयार (तस्बिरहरू)

नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते

निषेधाज्ञा हटाएपछि जनजीवन सामान्य

जेन-जी प्रदर्शन : ४१ जनाको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईयो 

जेन-जी सहिदको शवयात्रा : ६ जनाको शव हेलिकप्टरबाट गाउँ लगिने (तस्बिरहरू)

धरान पुगेर मेयर हर्कले भने- ‘भारतीय दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएँ’

गाजामा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी

एक रातको तीव्र हवाई आक्रमणपछि इजरायली सेनाले मंगलबार गाजा सहरमा ‘हमासको सैन्य पूर्वाधार नष्ट गर्न’ व्यापक अपरेसन सुरु भएको घोषणा गर्दै बासिन्दाहरूलाई दक्षिणतर्फ सर्न चेतावनी दिएको छ ।

यो घोषणा सेनाका प्रवक्ता अविचे अद्राईले गरेका हुन् । यसअघि रक्षामन्त्री इजरायल काट्जले ‘गाजा जलिरहेको छ’ भनेका छन् ।


अपरेसनले इजरायल–हमास युद्धलाई थप तीव्र बनाएको छ र हप्तौँको कूटनीतिपछि पनि युद्धविराम सम्भावना अझ टाढिएको छ । बन्धक परिवारको विरोध – गाजामा अझै बन्धक रहेका परिवारहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निवास अगाडि भेला भई अपरेसन रोक्न माग गरेका छन् । कतिपयले पाल हालेर घरबाहिर रातभरै विरोध प्रदर्शन गरे ।

अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाहीमा ३१ तालिबान लडाकूको मृत्यु

विश्वभर उथलपुथल ल्याएका २१ औँ शताब्दीका पाँच क्रान्ति

बङ्गलादेशमा युनुसको नेतृत्वमा चुनाव गर्न चुनौती

इजरायल एक्लो बन्दै गएपछि नेतान्याहुले भने- आत्मनिर्भर बन्नु आवश्यक छ


























प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ७ : ३४ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा