बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?
नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै सबल रहे जस्तो लाग्छ । पछिल्लो तथ्याङ्क अनुसार विदेशी मुद्राको सञ्चिति ऐतिहासिक उचाइमा छ । तर, अर्थतन्त्रको समग्र पक्ष विदेशी मुद्रा सञ्चिति जस्तो स्वस्थ छैन ।
बैंकिङ क्षेत्रमा कर्जाको माग पक्ष कमजोर बनेको छ । लामो समयदेखि कृषि क्षेत्रले गति लिन सकेको छैन । उद्योगहरू क्षमताभन्दा निकै कम क्षमतामा सञ्चालन भइरहेका छन् ।
प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे
विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी
सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन
शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत गरियो ।
विसं २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विधिवत रुपमा नारायणहिटी दरबार सङ्ग्रहालयको रुपमा समुद्घाटन गरे पनि फागुन १५ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो ।

स्थापनाको १७ वर्षमा सो सङ्ग्रहालय ४७ लाख ७७ हजार ७०० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन् । स्थापनादेखि गत मङ्सिर मसान्तसम्म उक्त सङ्ख्याका पर्यटकले सङ्ग्रहालय अवलोकन गरेका हुन् ।
आर्थिक वर्ष २०८१-८२ मा दुई लाख ६० हजारले नारायणहिटी दरबार सङ्ग्रहालयको अवलोकन गरेकोमा चालू आवको साउनदेखि मङ्सिर मसान्तसम्म ४६ हजार ७०० र अवलोकन गरेको नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका सूचना अधिकारी पुरुषोत्तम थापाले जानकारी दिए ।
इनड्राइभले सार्वजनिक गर्यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै
मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु
मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलको दुईतर्फ जोड्ने पहुँच सडक निर्माण सुरु गरिएको छ ।

चार लेनको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुल जोड्न पहुँच सडक पनि निर्माण सुरु गरिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।
पहुँच सडक निर्माणका लागि व्यास–४ तर्फ केही घरटहरा हटाउनुपर्ने र व्यास–५ तर्फ सडक डिभिजन कार्यालय स्थानान्तरण गर्नुपर्ने देखिन्छ । पुल निर्माणको जिम्मा पाएको अन्नक जेडआइष्टी जेभीले चार लेनको पुलको काम ७४ प्रतिशत सम्पन्न भएको जनाएको छ ।
नवलपरासी पूर्वको ‘नमुना सदरमुकाम’ निर्माणले गति लिँदै
ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला
वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात
वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान निर्यात भएको छ ।
गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशत अर्थात् १८ अर्ब ७९ करोड बढीको निर्यात भएको हो ।

जबकी गत आवको पाँच महिनामा भने २१ अर्ब १८ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा यो नाका हुँदै हुने निर्यातमा उल्लेखनीय वृद्धि भएको बताए ।
पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै
२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण
नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म नेपालको सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड २१ लाख रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेकोमा ५ महिनाको अवधिमा १ खर्ब १४ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ थपिएको हो । कार्यालयका अनुसार मंसिर मसान्तसम्म नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४५.६६ प्रतिशत पुगेको छ ।
पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा
लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली
आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह
कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता
विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग करिब चार अर्ब १० करोड अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेको छ ।

सार्वजनिक खर्चको अनुगमन गर्ने सरकारी निकाय स्टेट अडिट ब्युरोले सोमबार जानकारी दिँदै बौब्यान टापुमा निर्माणाधीन मुबारक अल–कबीर बन्दरगाह परियोजना पूरा गर्न इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) सम्झौताअन्तर्गत करिब एक अर्ब २८ करोड कुवेती दिनार अर्थात् चार अर्ब १६ करोड ४० लाख अमेरिकी डलर खर्च हुने जनाएको छ ।
फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी
पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु
तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट
वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट सो अवधिमा ३० अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताए ।
काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा
क्यानाडामा उत्पादन र सेवा क्षेत्रमा गिरावट
क्यानाडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन अक्टोबर महिनामा शून्य दशमलव तीन प्रतिशतले घटेको छ। यसले सेप्टेम्बरमा भएको शून्य दशमलव दुई प्रतिशतको वृद्धिलाई उल्ट्याएको क्यानाडाको राष्ट्रिय तथ्यांक निकायले जनाएको छ।

तथ्यांक निकायका अनुसार वस्तु उत्पादन गर्ने र सेवा प्रदान गर्ने दुवै क्षेत्र संकुचित हुँदा कुल उत्पादनमा गिरावट आएको हो। अक्टोबरमा कुल २० मध्ये ११ औद्योगिक क्षेत्र संकुचित भएका छन्।













प्रतिक्रिया