आजका समाचार : माधवसहित पाँच उम्मेदवारविरुद्ध उजुरी, देशभर चुनावी चहलपहल, दलित किनारामा र इरान-अमेरिका तनाव बढ्यो « Khabarhub

आजका समाचार : माधवसहित पाँच उम्मेदवारविरुद्ध उजुरी, देशभर चुनावी चहलपहल, दलित किनारामा र इरान-अमेरिका तनाव बढ्यो


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सोमबार मनोनयन दर्ता भएसँगै उजुरी पर्न थालेको छ। ठूला दलका शीर्ष नेताहरूसहितका उम्मेदवारहरूविरूद्ध जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमै उजुरी दर्ता हुन थालेको हो ।

ती उम्मेदवारहरूविरुद्ध दाबी तथा विरोधसहितका उजुरी दर्ता भएका निर्वाचन आयोगले जनाएको छ।

आयोगकाभ अनुसार नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरीविरुद्ध उम्मेदवारी खारेज गर्न मागसहित उजुरी परेको हो ।

नेपाल गृहजिल्ला रौतहट क्षेत्र नम्बर१ बाट उम्मेदवार छन्। नेपालविरुद्ध काभ्रेको साँगास्थित पतञ्जलि योगपीठको जग्गा बिक्री प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन छ ।

सरकारवादी फौजदारीका रुपमा रहेको उक्त भ्रष्टाचार मुद्दाको अन्तिम छिनोफानो हुन बाँकी नै रहेको अवस्थामा नेपालले उम्मेदवारका रुपमा योग्य हुन नसक्ने जिकिरसहित उजुरी परेको हो ।

नागरिक उन्मुक्ति पार्टी नेपालबाट कैलाली क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका चौधरी टीकापुर हत्याकाण्डका प्रमुख दोषी हुन् । उनीविरुद्ध पनि उजुरी दर्ता भएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताएका छन् ।

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपामा ९ प्रतिशत मात्रै महिला उम्मेदवार  

चुनावी मैदानमा चार पूर्वप्रधानमन्त्री : जोगाउन सक्लान् त विरासत ?

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

चुनावमा दलित किन फेरि किनारामा
नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत छ । तर फागुन २१ म हुने आसन्न निर्वाचनका लागि नयाँदेखि पुराना सबै राजनीतिक दलले उम्मेदवार छनोट गर्दा जनसाङ्ख्यिक बनोटलाई फेरि पनि गौण बनाएको तथ्याकंले देखाएको छ ।

दलले प्रत्यक्ष तर्फको निर्वाचनमा महिला, पिछडिएको क्षेत्र, दलित लगायत पक्षलाई समेट्ने विषयमा विगतमा जस्तै यसपालिको उम्मेदवार छनोटमा पनि कन्जुस्याइँ देखाएका छन् ।

यो कुनै एक दलमा मात्र नभई परिवर्तन, सामाजिक न्याय र समान अवसरका नारा बोकेर चुनावी मैदानमा उत्रिएका सबैमा देखिएको छ ।

अचम्म त के छ भने, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ समावेशीताकै मुद्दा लिएर १० वर्षे सशस्त्र युद्ध हुँदै सरकारमा पुगे । तर, अहिले हालसालै बाम एकताका नाममा गठन भएको उनकै पार्टी नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० को बाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ जम्मा २ जना दलित प्रतिनिधिले मात्रै उम्मेदवारी पाएका छन् ।

जसमा कञ्चनपुर–३ बाट मानबहादुर सुनार र स्याङ्जा–२ बाट पदम विश्वकर्मा रहेका छन् । ०७९ मंसिरमा भएको निर्वाचनमा कञ्चनपुर ३ मा नेपाली कांग्रेसका नेता रमेश लेखकले ३० हजार ५७५ मत ल्याएर विजयी भएका थिए भने स्याङ्जा २ मा कांग्रेसकै धनराज गुरुङले ३१ हजार ४६६ मत ल्याएर विजयी भएका थिए । विगतको मतको आधारमा हेर्दा यसपटकको चुनावमा नेकपा विजयसम्म पुग्ने अनुमान गर्न गाह्रो छ ।

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

आसन्न निर्वाचनमा १६० जना महिलाले स्वतन्त्र प्रतिस्पर्धा गर्दै  

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

कोशी सरकार र कर्मचारी सञ्चय कोषबीच पेन्सन व्यवस्थापनका लागि सम्झौता

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त रहेका छन् ।

संयोजक दाहालले सिस्ने गाउँपालिका–५ रुमालबारास्थित ‘जनयुद्ध’का सहिद परिवारजनसँग घरमै पुगेर भेटघाट गरे । सहिद सीता घर्तीकी आमा सावित्रीले जनयुद्धका नायक रुकुमपूर्वबाट प्रतिनिधिसभामा उम्मेदवार बन्दा सिङ्गो रुकुमेली जनता उत्साहित बनेको बताए।

अर्का सहिद बन्दना परियारकी दिदी चेतनाले सशस्त्र युद्धका नेतृत्वकर्ता नै उम्मेदवार बनेर आउँदा रुकुमपूर्वका जनतामा नयाँ आशा पलाएको बताए। सहिद जीवन काजी (चन्द्रबहादुर) थापाकी ८६ वर्षीया आमा चन्द्रकुमारीले सहिदका सपना पूरा गर्न सुझाव दिए ।

सहिद परिवारको कुरा सुनेपछि संयोजक दाहालले सहिदका सपना आफूले बिर्सनै नसक्ने बताए। सहिदको सम्मानमा राज्यका तर्फबाट विभिन्न योजना अघि बढेको जानकारी गराए।

घरदैलो अभियानका क्रममा उनले रुकुमपूर्वका पुराना कम्युनिष्ट नेता, कार्यकर्ता तथा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मतदान गर्न अपिल गरे।

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

विधायन व्यवस्थापन समितिबाट पर्यटन विधेयक पारित

पूर्वस्वास्थ्य सचिव मिश्रा मुछिएको १४ करोडको भ्रष्टाचार मुद्दामा मागियो पाँच लाख धराैटी

कोशी सरकार र कर्मचारी सञ्चय कोषबीच पेन्सन व्यवस्थापनका लागि सम्झौता

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

प्रतिनिधिसभा निर्वाचन : झापामा १५ महिलासहित ९० जना मैदानमा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा १५ महिलासहित ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा ९० जनाले उम्मेदवारी दर्ता गराएकामा दुई स्वातन्त्रसहित १५ जना महिला रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १५ जना महिलाको सङ्ख्या कूल उम्मेदवारीको करिब १७ प्रतिशत मात्र हो । जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले एक जना पनि महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छैन ।

क्षेत्र नं २ मा सबैभन्दा बढी महिलाको उम्मेदवारी परेको छ । यहाँ नेपाली कांग्रेसकी सरिता प्रसाईं, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०बाट धर्मशीला चापागाईं, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट इन्दिरा रानामगर, श्रम संस्कृति पार्टीबाट चन्द्रकुमारी गारु र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती चुनावी मैदानमा छन् । यस क्षेत्रमा एमालेकातर्फबाट पूर्वसभामुख देवराज घिमिरेको मनोनयन दर्ता भएको छ ।

रास्वपाका उम्मेदवार गणेश र बालेनबीच भेटवार्ता

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

इन्दिरा रानामगरको घरमै पुगेर समर्थन गर्दै बालेन

सरकारमा रहेर सेवा गर्नु गौरव र जिम्मेवारी दुवै : मन्त्री श्रेष्ठ

दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ। ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन्।

विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने र लामो राजनीतिक पृष्ठभूमि तथा संसदीय अभ्यासमा घुलेकादेखि पहिलोपटक आकांक्षी देखिएकासम्मबाट मनोनयन दर्ता भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिदा ६ पूर्वअर्थमन्त्री र एक पूर्वअर्थराज्यमन्त्री सङ्घीय सांसद बन्ने प्रतिस्पर्धामा होमिएका छन्।

पूर्व अर्थमन्त्रीसमेत रहेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पाँच पटकसम्म अर्थमन्त्री बनेका निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेल, समान दुईपटक अर्थमन्त्री भएका वर्षमान पुन र जनार्दन शर्मा, अर्थमन्त्रीको जिम्मेवारी सम्हाले पनि वार्षिक बजेट ल्याउन नपाएका ज्ञानेन्द्रबहादुर कार्की र अघिल्लोपटक समानुपातिक सांसद रहेर अर्थमन्त्री बनेका डा प्रकाशशरण महत आसन्न निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छन्। पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर जबरा पनि प्रत्यक्षतर्फका उम्मेदवार छन्।

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

प्रतिनिधिसभा निर्वाचन : आज योग्यता नपुगेका उम्मेदवारकाविरुद्ध उजुरी दिन सकिने

युवा संघका दमक अध्यक्ष नै बालेनतर्फ..

दमकमा युवादेखि वृद्धासम्मलाई भेट्न व्यस्त ओली

इरान-अमेरिका तनाव चर्कियो

इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राज्य अमेरिकाविरुद्ध अहिलेसम्मकै सबैभन्दा प्रत्यक्ष चेतावनी दिएका छन् ।

उनले यदि इरानमाथि नयाँ आक्रमण भयो भने इस्लामिक गणतन्त्रले उपलब्ध सबै सैन्य क्षमताबाट जबाफी कारबाही गर्ने स्पष्ट सन्देश दिएका हुन् ।

द वाल स्ट्रिट जर्नलमा प्रकाशित आफ्नो अभिमत लेखमार्फत विदेशमन्त्री अराघचीले इरानका सशस्त्र फौज पूर्ण रूपमा तयार रहेको बताउँदै सन् २०२५ को जुनमा इजरायलसँग भएको १२ दिने युद्धका बेला अपनाइएको संयम अब दोहोरिन नसक्ने संकेत गरे। उनका अनुसार, यस्तो अवस्था उत्पन्न भएमा त्यसको असर केवल इरान वा इजरायलमै सीमित नहुने, सम्पूर्ण क्षेत्र र विश्वभरका सर्वसाधारण प्रभावित हुनेछन् ।

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

भन्सार शुल्कमार्फत अमेरिकी व्यापार नीतिमा परिवर्तनको प्रयास

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

नेतान्याहु ट्रम्पको शान्ति बोर्डमा सहभागी

आबे हत्या प्रकरणमा आजीवन सजाय

डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव

आजका समाचार



























प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ७ : ५४ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक