आजका समाचार : गगन झरे मधेशतिर, बालेन र हर्कविरुद्ध उजुरी, समानुपातिकतर्फको मतपत्र तयार र रूस-युक्रेन युद्धबारे त्रिपक्षीय वार्ता « Khabarhub

आजका समाचार : गगन झरे मधेशतिर, बालेन र हर्कविरुद्ध उजुरी, समानुपातिकतर्फको मतपत्र तयार र रूस-युक्रेन युद्धबारे त्रिपक्षीय वार्ता


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

समानुपातिकतर्फको मतपत्रको छपाइ सकियो, प्रत्यक्षतर्फको सुरू

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ ।

सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतका अधिकारीहरूले मतपत्र छपाई स्थलजनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइको कामको निरीक्षण समेत गरेका छन् ।

निरीक्षणपछि प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाई सुरु भएको जानकारी दिए ।

मतपत्र छाप्ने काम करिब १५ दिनभित्र सम्पन्न हुने उनले बताए। उनले समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाई कार्य सम्पन्न भएको जानकारी दिए । आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने योजना रहेको भण्डारीको भनाइ छ ।

चन्द्रकला पौडेललाई बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णय

प्रतिनिधिसभाको निर्वाचनमा सरकार र ६ हजार बढी उम्मेदवारको औपचारिक खर्च नै ३७ अर्ब बढी हुने

स्वास्थ्यमन्त्री गौतमद्वारा जीपी कोइराला उपचार केन्द्रको निरीक्षण

दल र उम्मेदवारका ‘एजेन्डा’मा मतदाताको चासो

गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेट

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार

परराष्ट्रमन्त्री शर्मासँग गैरआवासीय नेपाली सङ्घको भेट

राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन

ओली र गगनलक्षित बालेनको अभिव्यक्तिविरूद्ध निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । निर्वाचन आचारसंहिता, प्रचलित कानुन तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानीपूर्ण अभिव्यक्ति दिएको भन्दै उजुरी परेको हो ।

धर्मराज तिमिल्सिनाले उजुरी दिएका हुन् । केही दिनअघि बालेनले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति गगनकुमार थापालक्षित अभिव्यक्ति दिएका थिए ।

निर्वाचनपछिको प्रधानमन्त्रीको उम्मेदवारहरूको पब्लिक डिबेट गर्ने विषयमा चर्चा चलिरहेको छ ।

मधेशलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न सकिँदैन : गगन थापा 

गुडिरहेको गाडीबाट सडकमा पछारिए बालेन समर्थक, पाँचजना घाइते

चुनाव प्रचारमा बालबालिका : हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

नेपालगञ्ज पुगे बालेन, स्वागत गर्नेको भीड (तस्बिरहरू)

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त

काठमाडौं- ८ : विराजभक्त र सुमनको टक्कर, कसले बाजी मार्ला

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

कांग्रेस सभापति थापा सर्लाहीमा

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी नेतृत्वको अधिनायकवादी शैली नरोकिए पार्टी फुट्ने चेतावनी दिएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेता हरिबोल गजुरेललाई गरिएको कारबाहीप्रति कडा आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता नभए पार्टी एकीकरण भई नसक्दै विशृङ्खलता तिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुने उल्लेख गरेका छन् ।

खनालले गजुरेलजस्ता वरिष्ठ नेतालाई स्पष्टीकरणको मौकासमेत नदिई निष्कासन गर्नु आश्चर्यजनक र कठोर निर्णय भएको टिप्पणी गरेका छन् ।

उनले पार्टीका अन्य घटकबाट आएका नेताहरूलाई जानकारी नै नदिई सञ्चारमाध्यमबाट कारबाहीको खबर सार्वजनिक गरिनु विधि र पद्धति विपरीत भएको टिप्पणी गरेका छन् ।

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक उम्मेदवारको विवरण अपूरो

महोत्तरीबाट सात पूर्वमन्त्री चुनावी मैदानमा

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

नगद कारोबारको सीमा बढाउन चन्द्र ढकालको आग्रह

विधायन व्यवस्था समितिले गर्‍यो चलचित्र विधेयक पारित

बाँकेमा प्रतिनिधिसभा सदस्यको निर्वाचन तयारी तीव्र, तीन लाख ५० हजारभन्दा बढी मतदाता

पूर्वराजा शाह जनकपुरमा

सुनको मूल्य सवा तीन लाख पुग्दा पनि बजारमा चहलपहल

नेपाली बजारमा एक पछि अर्को दिन आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज साताको दोस्रो सोमबार सुनको मूल्य तोलाको ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो आइतबार सुनको मूल्य तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य तोलामा ५ हजार २ सयले बढेको छ ।

आज नयाँ सडक क्षेत्रको सुनचाँदी पसल देखिएको चहलपहल ।

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको अनुरोध

भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा दोस्रो भागको बाघ गणना सकियो

आयातित स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउन  विभागको आग्रह

यूक्रेन-अमेरिका-रूस त्रिपक्षीय वार्ता, शान्ति प्रक्रियामा आशा बढ्यो

यूक्रेन, अमेरिका र रूसबीच भएको त्रिपक्षीय वार्ताले रूस–यूक्रेन युद्ध अन्त्यतर्फ नयाँ सम्भावना खोलिएको छ। यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार अमेरिकाबाट प्रस्ताव गरिएको यूक्रेनको सुरक्षा ग्यारेन्टीसम्बन्धी दस्तावेज पूर्ण रूपमा तयार भइसकेको जानकारी दिएका छन्।

दुई दिनसम्म चलेको वार्तापछि तयार भएको उक्त दस्तावेजमा तीनै देशका उच्चस्तरीय राजनीतिक तथा सैन्य प्रतिनिधिहरू सहभागी थिए। राष्ट्रपति जेलेन्स्कीका अनुसार अब दस्तावेजमा हस्ताक्षरको मिति तय हुन बाँकी छ। हस्ताक्षरपछि यसलाई अमेरिकी कङ्ग्रेस र यूक्रेनी संसदबाट अनुमोदन गरिनेछ।

जेलेन्स्कीले यूक्रेन सन् २०२७ सम्म युरोपेली सङ्घको सदस्य बन्ने लक्ष्यमा अघि बढिरहेको उल्लेख गर्दै यसलाई देशको ‘आर्थिक सुरक्षा ग्यारेन्टी’को महत्त्वपूर्ण आधारका रूपमा व्याख्या गरे। वार्ता युएईको राजधानी अबु धाबीमा सम्पन्न भएको थियो। वार्ताका क्रममा रूस र यूक्रेनबीचका आधारभूत मतभेद यथावत् रहेको पनि उनले स्वीकार गरे।

दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै

भूमध्यसागरमा डुङ्गा डुब्दा ५० जना बेपत्ता

अफगानिस्तानमा कार्बन मोनो-अक्साइड विषाक्तताका कारण चार जनाको मृत्यु

अमेरिकामा निजी जहाज उडानका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय

आप्रवासन प्रहरीले आफ्नै नागरिकको हत्या गरेपछि अमेरिकामा ‘जर्ज फ्लोयड प्रदर्शन’को झल्को

भारतको गणतन्त्र दिवस : कर्तव्य पथमा शक्ति प्रदर्शन, युद्धक ट्यांकरदेखि लडाकु जेटसम्म उतारियो

भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प

बेइजिङ-अबुधाबी सिधा उडान सुरु






























प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ८ : ०० बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।