Khabarhub

राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध गर्दै नेपाल खेलकुद महासंघद्वारा प्रदर्शन (फोटोफिचर)

काठमाडौँ– सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोध गर्दै नेपाल खेलकुद महासंघले प्रदर्शन गरेको छ । महासंघले बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा विरोध प्रदर्शन गरेका हुन् । वर्तमान सरकारले जारी गरेको अध्यादेशले मुलुकलाई अस्थिरतातर्फ धकेलेको र समग्र राजनीतिक प्रणाली प्रतिगमनतिर ढल्किएको भन्दै विरोध गरिएको महासंघले जनाएको छ । प्रदर्शनमा सहभागीहरुले भूमि आयोगलाई निरन्तरता दिनुपर्ने समेत माग गरे…