Khabarhub

भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्ने अनेरास्ववियूका नेता पक्राउ

काठमाडौं- भारतले नेपाल भूमि लिपुलेकमा सडक बनाएको विरोधमा विद्यार्थीहरुले भारतीय दुतावास अगाडि प्रदर्शन गरेका छन्। शनिबार विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास अगाडि लैनचौरमा प्लेकार्ड सहित प्रर्दशन गरेका हुन्। त्यस क्रममा केही विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ। सत्तारुढ नेकपा निकट अनेरास्ववियूका नेता सुदेश पराजुली, केन्द्रीय सदस्यहरु यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाई लगायत दुई दर्जन…