Khabarhub

सरकारले जारी गरेको अध्यादेशले पार्टीलाई कुनै प्रकारको असर गर्दैन : राजपा

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारले पार्टी फुटाउनका लागि अध्यादेश ल्याएको भन्दै त्यसविरुद्ध एकजुट हुन आग्रह गरेको छ । राजपा संयोजक शरतसिंह भण्डारीले मंगलबार विज्ञप्ति जारी गर्दै अध्यादेशले पार्टीलाई कुनै प्रकारको असर नपर्ने भन्दै औपचारिक धारणा सार्वजनिक गरेका हुन् । विज्ञप्तिमा जनताले दिएको म्यान्डेटविपरित दलसम्बन्धी कानुन संशोधन गरेर राजनीति र देशको स्थायित्वप्रति बेइमानी गरिएको उल्लेख…