Khabarhub

नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे के भन्छ चीन ?

काठमाडौं- उत्तरी छिमेकी चीनले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति चासो व्यक्त गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनका क्रममा नेपालमा बनेको नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको बताइन् । उनले मैत्रीपूर्ण छिमेकी र निकट साझेदारका रूपमा चीनले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई महत्व दिँदै आएको बताइन् । साथै पञ्चशीलका सिद्धान्तको पालना गर्न…