Khabarhub

खोलाको गिट्टीबालुवा दोहन गर्नेलाई कारबाही गर्न थालेपछि आन्दोलन !

नवलपुर– पूर्वी नवलपरासीमा नदीजन्य वस्तुको दोहान गर्दै आएका ट्याक्टरहरुलाई कारबाही थालिएपछि ट्याक्टर व्यवसायी आन्दोलित भएका छन् । नवलपरासीपूर्व बिनयीखोला, अरुणखोला, पत्थरखोला लगायतका खोलाहरुबाट नदीजन्य वस्तुको दोहन तीब्र हुँदा प्रहरी प्रशासनले कारबाही थालेको छ । बिहीबार मात्रै विनयी त्रिवेणी २ मा रहेको विनयी खोलाबाट खोलाको गिटी, बालुवा चोरी गर्दै गरेका १७ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो…