अमेरिका / क्यानडा « Khabarhub

अत्यावश्यक बाहेक अन्तर्राष्ट्रिय यात्रा नगर्न क्यानेडेली प्रधानमन्त्रीको आह्वान

ओटावा– क्यानाडाका नागरिकलाई अत्यावश्यक बाहेक अन्य भ्रमण स्थगित गर्न प्रधानमन्त्री जस्टिन ट्रुडोले आग्रह गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन सक्ने भएकाले विशेष गरेर अन्तर्राष्ट्रिय यात्रा रोक्न उनले आह्वान गरेका हुन् । साथै उनले आफू पनि क्वारेन्टाइनमा बसिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि उनकी श्रीमती सोफियालाई कोराना भाइरसको सङ्क्रमण भएको सार्वजनिक भएको थियो…