एसिया « Khabarhub

बाङ्लादेशमा आगलागी, ९ जनाको मृत्यु

एजेन्सी– बाङ्लादेशको बन्दरगाह शहर चटगाउँको सुकुम्बासी बस्तीमा आगलागी हुँदा कम्तीमा ९ जनाको ज्यान गएको छ । आगलागीले चटगाउँको सुकुम्बासी वस्तीका २ सय भन्दा धेरै घर नष्ट भएको अधिकारीले जनाएका छन् । घटनामा अरु ५० जना घाइते भएका छन् । विद्युत सर्ट भई आगलागीको भएको हुनसक्ने जनाइएको छ ।