Live on
Your Voice, Your Power
काठमाडौँ- इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई १-० गोलले हराएको हो । युभेन्ट्सको जितमा मानुएल लोकाटेलीले ८६औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै युभेन्ट्स ७ खेलमा ११ अंकसहित आठौँ स्थानमा उक्लिएको छ । टोरिनो ८ अंकसहित ११औँ स्थानमा छ ।