देश/प्रदेश « Khabarhub

एमालेको अवरोधका कारण कर्णाली प्रदेशसभा बैठक २७ असारसम्म स्थगित

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको बिहीबारको बैठक अवरुद्ध गरेको छ । बिहीबारको बैठक शुरु हुने बितिकै एमालेका प्रदेशसभा सदस्यहरु उठेर विरोध जनाएका थिए । एमालेले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन चल्न नदिने जनाएका छन् । आफ्नो दलबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिनुपर्ने लगायतका माग राखेर एमालेले सदन अवरुद्ध गरेको हो ।…