देश/प्रदेश « Khabarhub

मेलम्चीका बाढी पीडितलाई काठमाडौँ महानगरको सहयोग

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्वोधन गर्ने क्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेका हुन् । मेलम्ची नदीमा आएको बाढीबाट भएको धनजनको क्षतिपछिको राहत तथा उद्धार कार्य गर्न महानगरले सहयोग घोषणा गरेको हो…