Live on
Your Voice, Your Power
पर्सा– सीमावर्ती शहर भारतको रक्सौलस्थित रेल्वे स्टेशनमा दुई किशोरीको शव फेला परेको छ । कालिकामाई गाउँपालिका–२, भेडीहारीकी १६ वर्षीया निभाकुमारी साह र वडा नं ३, हरिहरपुरकी १७ वर्षीया किरण चौरसियाको शव फेला परेको हो । रेलले किचिएको अवस्थामा दुवैको शव फेला परेको भारतीय प्रहरीले जनाएको छ । दुवै वीरगञ्जस्थित रानीघाटमा डेरा गरी बस्दै आएका थिए…