सिनेमा Archives | Page 48 of 127 | Khabarhub Khabarhub

कलाकार सुरवीर पण्डितलाई पितृशोक

काठमाडौं–कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृ शोक परेको छ । उनका ७८ वर्षे पिता लोकबहादुर पण्डितको बुधबार दिउँसो निधन भएको हो । सुरवीरका भाई माधवका अनुसार लोकबहादुर केही वर्ष यता दमको रोगबाट पीडित थिए । उनको ह्याम्स अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । लोकबहादुरको बुधबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएका छन् ।