Live on
Your Voice, Your Power
काठमाडौं– सशस्त्र प्रहरीले शुक्रबार मुलुकभर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सशस्त्र प्रहरी ऐन जारी भएको अवसर पारेर सशस्त्र प्रहरी बलले मुलुकभर शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो । ‘सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम’ अन्तर्गत सशस्त्र प्रहरी बलको प्रधान कार्यालय लगायत देशका सबै प्रदेशहरुमा रहेका बाहिनी मुख्यालयहरुमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान…