सेना « Khabarhub

तराई-मधेश द्रुतमार्ग : १६ प्रतिशत काम सकियो, तीन वर्षमा पूरा गर्ने लक्ष्य

काठमाडौँ– काठमाडौँलाई तराई–मधेशसँग जोड्ने राष्ट्रिय गौरवको बहुचर्चित आयोजना द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले हालसम्म कुल कामको १६ दशमलव १० प्रतिशत पूरा भएको जनाएको छ । उक्त प्रगति आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्मको हो । कुल कामको १६.२१ प्रतिशत सम्पन्न गर्ने लक्ष्य लिएकोमा दशमलव ११ प्रतिशत कम उपलव्धि हासिल भएको हो ।…