फुटबल « Khabarhub

कोपा अमेरिका : उरुग्वे र पानामा क्वार्टरफाइनलमा

काठमाडौं– कोपा अमेरिका फुटबलमा उरुग्वे र पानामा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आज बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा उरुग्वे र पानामा क्वार्टरफाइनलमा पुगेका हुन् । उरुग्वेले आफ्नो समूह चरणको अन्तिम खेलमा अमेरिकालाई १–० गोल अन्तरले पराजित गरेको थियो । उरुग्वेको जितमा खेलको ६६औँ मिनेटमा माथियास ओलिभेराले गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो…